धनकुटामा अमेरिकन डाक्टरको टोलीलाई बाजागाजासहित भव्य स्वागत (फोटो फिचरसहित)
धनकुटा । निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरका लागि धनकुटा आइपुगेका अमेरिकन डाक्टरहरुको टोलीलाई आइतवार धनकुटामा बाजागाजासहित भव्य स्वागत गरिएको छ । शिविर संचालन तथा व्यवस्थापन मूल समितिको अगुवाइमा जिल्लावासीले डाक्टरहरुलाई स्वागत गरेका हुन् ।
असोज १ देखि १२ गतेसम्म धनकुटा जिल्ला अस्पतालमा शिविर सञ्चालन गरिदैछ । सोही शिविरका लागि अमेरिकन डाक्टरहरुको ४२ सदस्यीय टोली धनकुटा आएको हो । उनीहरुलाई हुल...































