सुनसरी र जोगबनी विजयी

सुनसरी र जोगबनी विजयी

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा भारत, जोगवनीको प्रशान्त क्रिकेट क्लब र सुनसरी क्रिकेट क्लब अन्तिम आठमा पुगेका छन् । विराटनगर जुटमिलको खेलमैदानमा भएको खेलमा जोगवनीले घरेलु टिम बिसीसीए विराटनगरललाई ६२ रनले र दोस्रो खेलमा सुनसरी क्रिकेट क्लबले आयोजक मिल्स क्रिकेट क्लबलाई ११ रनले हराउँदै दुई टिम अन्तिम आठमा पुगेको हुन् । टस जितेर ब्याटिङ रोजेको जोगवनीले निर्धारित २०...
सन्दर्भ जेठ ३ : ती मदन भण्डारी

सन्दर्भ जेठ ३ : ती मदन भण्डारी

आज जेठ ३ गते । ३१ वर्षअघि आजकै दिन एमालेका चर्चित नेता मदन भण्डारी र जीवराज आश्रितको दासढुंगामा भएको ‘दुर्घटना’ मा निधन भएको थियो । नेताद्वयको स्मृतिमा पार्टीले विभिन्न कार्यक्रम गर्दैछ । स्मृति दिवसका अवसरमा एमालेले काठमाडौंको बल्खुमा आज बिहान आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति तथा भण्डारी पत्नी विद्या भण्डारी पनि सहभागी भएकी छिन् । उनले मदन–आश्रितको सालिकमा माल्यार्पण गरेकी छन् । ‘महारा...
कोशी प्रदेश सरकारमा आज मन्त्रीहरू थपिँदै

कोशी प्रदेश सरकारमा आज मन्त्रीहरू थपिँदै

विराटनगर । कोशी प्रदेश सरकारमा आज मन्त्रीहरु थपिने भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद विस्तार गर्दै मन्त्रीहरु थप गर्ने तयारी गरेका हुन् । वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री कार्कीले त्यसै दिन एमालेका रामबहादुर राना मगर र माओवादीका गणेश उप्रेतीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए । मन्त्रिमण्डल विस्तारका सम्बन्धमा मुख्यमन्त्री कार्कीले माओवादी प्रदेशका...
भेट्रान्स फुटबलः चन्द्रगढी अन्तिम चारमा

भेट्रान्स फुटबलः चन्द्रगढी अन्तिम चारमा

बिर्तामोड । चन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल फर्का...
भीरबाट लडेर ओखलढुंगामा एकजनाको मृत्यु

भीरबाट लडेर ओखलढुंगामा एकजनाको मृत्यु

विराटनगर । ओखलढुंगामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । चिशंखुगढी गाउँपालिका–८ माम्खाका ५६ वर्षीय पदमबहादुर बस्नेतको भीरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ । चिशंखुगढी–८ मा पर्ने रमिते भीर नजिक खानेपानीको पाइप मर्मत गर्ने क्रममा लडेर बस्नेतको हिजो साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकृत प्रहरी निरीक्षक बालिस्टर सिंहले संगालोखबरलाई जानकारी दिए । भीरबाट करिब पाँच सय म...
ठूलो परिमाण गाँजासहित धनकुटाका युवक विराटनगरमा पक्राउ

ठूलो परिमाण गाँजासहित धनकुटाका युवक विराटनगरमा पक्राउ

विराटनगर । ठूलो परिमाण गाँजासहित धनकुटाका एक युवक विराटनगरमा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ मा २५० किलो गाँजासहित उनी पक्राउ परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार गएराति करिब ११ बजेतिर धनकुटाको शहीदभूमि गाउँपालिका–३ का १८ वर्षीय दिवश राईलाई पक्राउ गरिएको हो । केरा लोड गरिएको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको भ्यानमा राखिएको उक्त परिमाणको गाँजासहि...
झापाको दमकमा ब्राउन सुगरसहित चारजना पक्राउ

झापाको दमकमा ब्राउन सुगरसहित चारजना पक्राउ

झापा । झापाको दमकमा प्रतिबन्धित लागूऔषधसहित चारजना व्यक्ति पक्राउ परेका छन् । लागूऔषधिको कारोबार भइरहेको भन्ने सूचना पाएर पुगेको प्रहरी टोलीले उनीहरुलाई दमक नगरपालिका–२ मा पक्राउ गरेको थियो । राति करिब १० बजे प्रहरीको टोली निगरानीका लागि त्यस क्षेत्रमा पुगेको थियो । प्रहरीले दमक–२ का ४३ वर्षीय नेत्र थापा, २६ वर्षीय भेषबहादुर भुजेल, १९ वर्षीय किरण थापा र दमक–५ का २६ वर्षीय प्रकाश लिम्बूलाई पक्रा...
पाहुना आएका दाजुभाइको डुबेर मृत्यु

पाहुना आएका दाजुभाइको डुबेर मृत्यु

तुलसीपुर । भारतबाट पाहुना आएका दाजुभाइको पौडी खेल्ने क्रममा दाङस्थित बबई नदीमा डुबेर मृत्यु भएको छ । नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ । भारतबाट आफ्नी फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए । डुबेर सिकिस...
बन्दले पाँचथर, इलाम, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित

बन्दले पाँचथर, इलाम, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित

विराटनगर । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा भइरहेको वन फँडानीको विरोधमा आह्वान गरिएको बन्दका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । मेची राजमार्गमा बिहानैदेखि सवारी साधन चल्न नसक्दा यात्रुहरु गन्तव्य पुग्न पाएका छैनन् । बन्दका कारण इलाम, पाँचथर, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित बनेको छ । पाथीभरा क्षेत्रमा केबुलकार बनाउने तयारीस्वरुप जंगल फँडानी गरिए...
धुलोभित्र निसास्सिएको विराटनगरको एउटा बस्ती (फोटो फिचर)

धुलोभित्र निसास्सिएको विराटनगरको एउटा बस्ती (फोटो फिचर)

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ४ र ५ स्थित गणेश चोकदेखि केसलिया खोलासम्मको करिब ३ किलोमिटर हुलाकी सडक कहिले बनिसक्ला यकिन भन्न सकिँदैन । लामो समयदेखि कछुवाको गतिमा निर्माण भइरहेको उक्त सडक छेउछाउका स्थानिय धुलोका कारण आजित भइसकेका छन् । दैनिक ठूलासाना सवारीसाधनको चाप भइरहने यो सडकमा उड्ने धुलोले व्यापार–व्यवसायमा समेत समस्या निम्त्याएको छ । बर्षामा हिलाम्य र अन्य समयमा धुलाम्य हु...
कोशी प्रदेशका केही स्थानमा आज वर्षाको सम्भावना

कोशी प्रदेशका केही स्थानमा आज वर्षाको सम्भावना

विराटनगर । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही क्षेत्रमा आज पानी पर्ने सम्भावना छ । केही क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली तथा तराईका भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्...
मोरङ, सुनसरी र झापामा व्यावहारिक कानुनी शिक्षा कार्यक्रम

मोरङ, सुनसरी र झापामा व्यावहारिक कानुनी शिक्षा कार्यक्रम

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले कोशी प्रदेशका १२ वटा स्थानीय तहमा ‘कानूनको व्यावहारिक शिक्षा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । न्यायमा पहुँच अभिवृद्धि कार्यक्रमअन्तर्गत विश्वविद्यालयले झापा, मोरङ र सुनसरीका १२ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने भएको हो । मोरङका ६, झापाका ५ र सुनसरीको एउटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन हुनेछ । स्नातक तहका विद्यार्थीले छनौट भएका स्थानीय तहमा गएर ल...
डेढ दशकसम्म विराटनगरको पशु वधशाला अधुरै

डेढ दशकसम्म विराटनगरको पशु वधशाला अधुरै

विराटनगर । विराटनगर महानगरपालिकाले केही दिनअघि माछामासु पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा कुहिएको मासु भेटियो । उक्त मासु अनुगमनको टोलीले जफत गरी नष्ट गर्यो । यो एउटा प्रतिनिधि घटनामात्र हो । नियमित र प्रभावकारी अनुगमन नहुँदा महानगरबासीले स्वस्थकर माछामासु बिरलै मात्र खान पाउँछन् भन्ने यो घटनाले पुष्टि गर्छ । महानगरमा मापदण्डविपरीत सञ्चालित धेरै माछामासु पसल छन् । मापदण्ड पूरा गरेर सञ्च...
धनकुटामा बजार अनुगमन: म्याद गुज्रेका सामान भेटियो

धनकुटामा बजार अनुगमन: म्याद गुज्रेका सामान भेटियो

धनकुटा । धनकुटा नगरपालिका–६ र ७ वडाका किराना पसल तथा हार्डवेयर पसलहरुमा अनुगमन गरी ४७ हजार रुपैयाँभन्दा बढीको सामान जफत गरिएको छ । आज मंगलबार बजार क्षेत्रमा रहेका आधा दर्जनभन्दा पसलहरुमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा बजारमा म्याद गुज्रेका खाद्य सामान पाइएको थियो । त्यस्तै, बढी मूल्य लिएको गुनासोका आधारमा धनकुटा बजारमा रहेका केही किराना पसल, डिलर, ग्यास डिलर, हार्डवेयर पसलहरुको अनुगमन गरिएक...
‘कोशी प्रदेशको विकासका लागि ठोस नीति तथा कार्यक्रम ल्याऊ’

‘कोशी प्रदेशको विकासका लागि ठोस नीति तथा कार्यक्रम ल्याऊ’

विराटनगर । कोशी प्रदेशको बजेटको तयारी तथा सुझाव संकलन सम्बन्धमा आज बसेको प्रदेश सभाको अर्थ समितिको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका तर्फबाट राय सुझाव प्रस्तुत गरिएको छ । महासंघले कोशी प्रदेशका लागि आर्थिक विकासको खम्बा कृषि तथा पशुपालन, उद्योग तथा व्यापार, पर्यटन, जलविद्युत, शिक्षा र स्वास्थ्य क्षेत्रहरु नै मुख्य रहेको ध्यानाकर्षण गराएको छ । आर्थिक क्षेत्रमा कोशी प्रदेश अरु प्र...
पटना र कटिहार क्वाटरफाइलनमा

पटना र कटिहार क्वाटरफाइलनमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा दोस्रो खेलमा भारत कटिहारको टिमले सिरहा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्यो । सिरहाले दिएको १७८ रनको लक्ष्य कटिहारले १४.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । कटिहारको जितको लागि अंकित सिंहले बिस्फोटक ब्याटिङ गरे । उनले ४३ बलमा अर्धशतक कटाउँदै अविजित ८० रन बनाए । उनले ४ छक्का र १० चौका हिर्काए । उनी खे...
मोरङमा प्रहरीको गोलीले लागूऔषध कारोबारी घाइते

मोरङमा प्रहरीको गोलीले लागूऔषध कारोबारी घाइते

विराटनगर । मोरङको रतुवामाइ नगरपालिका–६ मा प्रहरीले लागूऔषध कारोबारमा संलग्नलाई पक्राउ गर्ने क्रममा गोली चलाएको छ । त्यस क्रममा प्रहरीले लागूऔषध कारोबारी भारतीय नागरिक भागीरथ हरिजनलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंबाट खटिएको प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेल नेतृत्वको टोलीले हरिजनलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । उनको साथबाट १३८ ग्राम खैरो हेरोइन बरामद भएको जनाइ...
‘युवा रोजगार वृद्धिका लागि ध्यान दिनुपर्छ’

‘युवा रोजगार वृद्धिका लागि ध्यान दिनुपर्छ’

विराटनगर । युवा रोजगार अभिवृद्धि तथा प्रवर्द्धनका लागि निजी क्षेत्र र सरोकारवाला निकायबीच अन्तरक्रिया सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको नमुना रोजगार सेवा केन्द्रको आयोजनामा भएको अन्तरक्रियामा सहभागीहरुले रोजगारी सिर्जनामा ध्यान दिनुपर्नेमा जोड दिए । विकास निर्माणका कार्यलाई तीव्र रुपमा अगाडि बढाएमा थुप्रै रोजगारी सिर्जना हुने उनीहरुको भनाइ थियो । महानगरपालिकाले रोजगारीको खोजीमा रहेका युव...
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदनमा आज सुनुवाइ हुने भएको छ । यसअघि पटकपटक सुनुवाइ स्थगित हुँदै आएको थियो । मुद्दाको सुनुवाइका लागि वैशाख २३ गते पेशी न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको इजालसमा तोकिएको थियो । उक्त दिन हेर्न नमिल्नेमा परेपछि आजका लागि पेशी तोकिएको हो । अघिल्लो पेसीमा इजलासले मुद्दालाई प्राथम...
खोटाङका पुरूष काठमाडौंको सुकेधारामा मृत भेटिए

खोटाङका पुरूष काठमाडौंको सुकेधारामा मृत भेटिए

विराटनगर । काठमाडौं महानगरपालिका–४ सुकेधारामा खोटाङका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर भएका ४४ वर्षीय भीषण गिरी मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सुकेधारा चोकको रोयल मार्बल नजिकै सडकको नालामा उनी मृत अवस्थामा आज बिहान भेटिएका हुन् । नालामा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । गिरीका आफन्त सम्पर्कमा आए...
धनकुटामा टिपरको ठक्करले बालकको मृत्यु

धनकुटामा टिपरको ठक्करले बालकको मृत्यु

धनकुटा । धनकुटाको साँगुरीगढीमा आज बिहान टिपरको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ । कोशी राजमार्गको धरान–धनकुटा खण्डअन्तर्गत साँगुरीगढी–६ चारखोलेमा भएको दुर्घटनामा उनको मृत्यु भएको हो । प्रहरीका अनुसार टिपरको ठक्करले सुनसरीको धरान उपमहानगरपालिका–१७ घर भइ चारखोलेमा बस्दै आएका नरेश विश्वकर्माका १० वर्षीय छोरा सिसाङको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको भेडेटारस्थित प्रहरी चौकीका प्रमुख ...
उपचार गरेर फर्कँदै थिइन्, एम्बुलेन्स दुर्घटनामा ज्यान गुमाइन्

उपचार गरेर फर्कँदै थिइन्, एम्बुलेन्स दुर्घटनामा ज्यान गुमाइन्

धनगढी । भारतमा स्वास्थ्य उपचार गरेर फर्कँदै गर्दा कैलालीमा भएको दुर्घटनामा एक युवतीले ज्यान गुमाएकी छन् । उनी चढेको एम्बुलेन्स आज बिहान दुर्घटना भएको थियो । गम्भीर घाइते बन्न पुगेकी बर्दियाको राजापुर नगरपालिका–९ की १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको हो । बर्दिया प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा बिहान भारतीय युके–०४–पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन...
करेन्ट लागेर इलाममा एकजनाको मृत्यु

करेन्ट लागेर इलाममा एकजनाको मृत्यु

इलाम । इलामको माई नगरपालिका–६ मा करेन्ट लागेर गएराति एकजनाको मृत्यु भएको छ । काबेली कोरिडोरको ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लाग्दा एकजना कामदारको मृत्यु भएको हो । प्रहरीका अनुसार करेन्ट लागेर माई नगरपालिका–६ का ३१ वर्षीय शक्तिकुमार राई गम्भीर घाइते भएका थिए । उपचारका लागि स्थानीय अस्पतालमा लगिएका उनको उपचारकै क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी प्रकाश जबेगुले जा...
बम पड्काएर तर्साउँदै लहानमा डाँकाद्वारा लुटपाट

बम पड्काएर तर्साउँदै लहानमा डाँकाद्वारा लुटपाट

विराटनगर । सिरहाको लहान नगरपालिका–१७ हरिपुर टोलमा गएराति ६ घरबाट धनमाल लुटिएको छ । मध्य रातितिर डाँकाहरुको समूहले बम पड्काएर स्थानीय बासिन्दालाई आतंकित बनाउँदै धनमाल लुटेको प्रहरीले जनाएको छ । उनीहरुले पड्काएको बमका कारण केही स्थानीय बासिन्दा घाइते भएका छन् । केही घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको साथै गम्भीर घाइते भएका दुईजनालाई विराटनगर ल्याइएको प्रहरीले जनाएको छ । धनमाल लुटिए...
मिल्स क्रिकेटः वाइआरसीसी र होराइजन क्वाटरफाइनलमा

मिल्स क्रिकेटः वाइआरसीसी र होराइजन क्वाटरफाइनलमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको वाइआरसीसी र होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेका छन् । विराटनगर जुटमिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा वाइआरसीसीले वीरगन्ज युथ स्पोट्स एकाडेमीलाई ५४ रन र होराइजनले भारत विहारको पूर्णिया क्रिकेट क्बललाई ९ विकेटले हराउँदै क्वाटरफाइलनमा पुगेको हो । टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित १७ ओभरमा ६ विकेट गुम...
भेट्रान्स फुटबलः पूर्वेली युवा क्लब सेमिफाइनलमा

भेट्रान्स फुटबलः पूर्वेली युवा क्लब सेमिफाइनलमा

बिर्तामोड । कृष्ण शाक्यको व्यक्तिगत पाँच गोलसँगै आयोजक निलो स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजकले पाहुना टोली हाम्रो इटहरी भेट्रान्स फुटबल क्लबमाथि गोल वर्षा गरेको थियो । इटहरीलाई ९–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजक पूर्वेली युवा क्लब निलो अन्तिम चारमा प्रवेश गरे...
राप्रपा कोशी प्रदेश प्रमुख सचेतकमा सविना बजगाईं

राप्रपा कोशी प्रदेश प्रमुख सचेतकमा सविना बजगाईं

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशको प्रमुख सचेतकमा सविना बजगाईं चयन भएकी छन् । सोमबार बसेको राप्रपा संसदीय दलको बैठकले बजगाईंलाईं प्रमुख सचेतकमा चयन गरेको हो । यसअघि राप्रपा कोशी प्रदेशको प्रमुख सचेतकमा प्रदेशसभाका हालका सभामुख अम्बरबहादुर विष्ट थिए । गत पुस २४ गते विष्ट सभामुखमा चयन भएपछि उक्त पद खाली थियो । यस्तै, राप्रपा संसदीय दलको उप–नेतामा प्रेमराज थाम्सुहाङ चय...
झापामा करेन्ट लागेर महिलाको मृत्यु

झापामा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर । झापामा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । कन्काई नगरपालिका–२ मा करेन्ट लागेर २३ वर्षीया मीना नामकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा अचानक करेन्ट लागेर उनी सिकिस्त घाइते भएकी थिइन् । उनलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल बिर्तामोड लागिएको थियो । त्यहीँ उनको उपचारका क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी क...
एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछः मुख्यमन्त्री कार्की

एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । आज विश्वासको मत पाएसँगै सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले सात दिनभित्र मन्त्रिपरिषद् विस्तार गरिसक्ने बताएका हुन् । एक–दुई दिन भित्रमा आन्तरिक कुरा मिलाएर ढिलोमा साताभित्र सरकारलाई पूर्णता दिने उनले बताए । ‘मन्त्रालयको संख्या अहिले थपिँदैन’, उनले भने, ‘एमाले र माओवादीबीच मन्त्राल...
मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । ६२ जना सांसद उपस्थित रहेको प्रदेशसभाबाट मुख्यमन्त्री कार्कीले ५७ सांसदबाट विश्वासको मत पाएका हुन् । एमालेका ४०, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ३ र जसपाका १ सांसदले सांसदले पक्षमा मत दिएका हुन् । बैठकमा उपस...
खोलामा डुबेर ओखलढुङ्गामा एक युवक बेपत्ता

खोलामा डुबेर ओखलढुङ्गामा एक युवक बेपत्ता

विराटनगर । माछा मार्ने क्रममा खोलामा डुबेर ओखलढुङ्गामा एकजना युवक बेपत्ता भएका छन् । आइतबार साँझ चिशङ्खुगढी गाउँपालिका–७ स्थित ठोट्ने खोलामा साथीहरुसँग माछा मार्न गएका युवक डुबेर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सिद्विचरण नगरपालिका–५ का २९ वर्षीय सन्तोष राई रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिए । आफन्त, स्थानीय बासिन्दा र प्रहरीसह...
error: Content is protected !!