संगालोखबर

विराटनगर । युवा रोजगार अभिवृद्धि तथा प्रवर्द्धनका लागि निजी क्षेत्र र सरोकारवाला निकायबीच अन्तरक्रिया सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको नमुना रोजगार सेवा केन्द्रको आयोजनामा भएको अन्तरक्रियामा सहभागीहरुले रोजगारी सिर्जनामा ध्यान दिनुपर्नेमा जोड दिए ।

Advertisement

विकास निर्माणका कार्यलाई तीव्र रुपमा अगाडि बढाएमा थुप्रै रोजगारी सिर्जना हुने उनीहरुको भनाइ थियो । महानगरपालिकाले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताबीच पुलको काम गर्ने गरेको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले बताए ।

वडा नम्बर १९ का अध्यक्षसमेत रहेका संयोजक घिमिरेले महानगरले रोजगार मेलामार्फत रोजगारदाता र रोजगारीको खोजीमा रहेका करिब ४ हजारभन्दा बढी सहभागी भएको बताए ।

कार्यक्रममा आर्थिक महाशाखा प्रमुख दीपक पौडेलले रोजगारीको खोजीमा नमुना रोजगार सेवा केन्द्रमा आउने युवाहरुलाई रोजगारदातासित जोड्ने गरेको जनाए । कार्यक्रममा रोजगार सहायक सरस्वती साहले नमुना रोजगार सेवा केन्द्रले गरिरहेका कार्यप्रगति उनले प्रस्तुत गरेकी थिइन् ।

सय दिने रोजगारीअन्तर्गत यस वर्ष ७६ जनालाई १० वटा वडामा विभिन्न योजनाहरुमा सहभागी गराएको उनले जानकारी दिइन् । थप ५१ जनालाई बारिष्ठा, गार्मेन्ट र विद्युतीय सवारी साधन मर्मत तालिम दिएको उल्लेख गर्दै तालिम लिएका मध्ये ५० प्रतिशतभन्दा बढी स्वरोजगार भइसकेको साहले बताइन् ।

आइएलओका प्रतिनिधि सौरभराम जोशी र एक्सन फर डेभलप्मेन्टका महेन्द्र प्रसाईंले रोजगारी अभिवृद्धिका लागि स्थानीय सरकारसित सहकार्य गर्न तयार रहेको बताएका थिए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालय प्रदेश सूचना केन्द्रका ललितकुमार यादव, स्वीस कन्ट्रयाक (एनभीक्यूएस) गीता लिम्बू, मोरङ उद्योग व्यापार संघकी सदस्य बन्दना जैन, नेपाल उद्योग परिसंघ कोशी प्रदेश युवा समितिका संयोजक मुनन रिजाल, विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालका एचआर उदयप्रसाद साह, मोरङ सहकारी अस्पतालका एचआर धरणी खनाल, कम्प्युटर एसोसिएसनका अजित चापागाईंलगायतले रोजगारी सिर्जनाका विषयमा धारणा राखेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!