संगालोखबर
सांकेतिक तस्वीर

सुनसरी । सुनसरी र सप्तरीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । सुनसरीको कोशी गाउँपालिका–१ लौकी घर भई इटहरी–१३ स्थित रिलायन्स फर्मा पोली प्रालिमा काम गर्ने २७ वर्षीय अर्जुनकुमार यादवको करेन्ट लागेर मृत्यु भएको हो ।

कम्पनी नजिकै रहेको कलबाट पानी तान्ने क्रममा मोटरमा जोडिएको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट टिचिङ हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

यसैगरी, सप्तरीको सुरूङ्गा नगरपालिका–११ रामपुरकी ५० वर्षीया उर्मिलादेवी थरूनीको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै खेतमा विद्युतीय मोटरले पानी तानेर लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!