संगालोखबर

धनकुटा । धनकुटा जिल्ला अस्पतालमा कार्यरत् ल्याब असिस्टेन्ट अर्जुन मेहता मृत अवस्थामा फेला परेका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ घर भएका २८ वर्षीय मेहताले प्रेमिकाबाट धोका पाएको आशयको स्टाटस लेखेर ‘आत्महत्या’ गरेका हुन् ।

Advertisement

केही दिनका लागि बिदामा घर गएका उनी आज बिहान मृत अवस्थामा भेटिएको जानकारी आएको अस्पताल स्रोतले जनाएको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले घटनाको पुष्टि गर्दै यसबारे अनुसन्धान भइरहेको जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि इनरुवास्थित जिल्ला अस्पताल पुर्याइएको छ ।

कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा दरबन्दी भइ धनकुटा जिल्ला अस्पतालमा उनी २०७८ कात्तिकदेखि कार्यरत् रहेको अस्पतालका वरिष्ठ मेडिकल रेकर्ड अधिकृत वीरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

ल्याब असिस्टेन्टको लोकसेवा परीक्षा तयारीका लागि भनी मेहता असार ५ गतेदेखि घर बिदामा गएका थिए । ९ गते कार्यालयमा हाजिर हुने भनेको तर अचानक नराम्रो खबर आइपुगेको श्रेष्ठले बताए ।

मेहतानिकट साथीका अनुसार करिब चार वर्षयता एकजना युवतीसँग उनको प्रेम सम्बन्ध थियो । पछिल्लो समय युवती अर्कै युवकसँग नजिकिएको थाहा पाएपछि मेहता र उनीबीच खटपट सुरु भएको थियो । उक्त घटनापछि मेहता तनावमा रहँदै आएको उनका साथीले बताए ।

फेसबुकमा स्टाटस लेखेर मेहताले प्रेमिकाबाट धोका पाएको भन्दै मृत्यु रोजेको उल्लेख गरेका छन् । उनले फेसबुकमा पछिल्लो समय तीनवटा स्टाटस लेखेका छन् ।

पहिलो स्टाटसमा उनले लेखेका छन्, ‘म यसको टर्चरको कारण सकिनँ बस्न मेरो र ……….(युवतीको नाम) को बिहे उसकै परिवार मिलेर गोप्य रुपमा गराएको हो । बिहे गराएको केही दिनपछि …….. र उसको परिवार मिलेर बार्गेनिङ सुरु भयो । जुन बिहेको खर्च देऊ अनि गाउँ समाजको परम्परा अनुसार बिहे गर्ने नत्र कर्नि, जोरजबरजस्ती मुद्दा गर्छु । र तेस्पछि मुद्दा पनि गरो साइबर क्राइम मुद्दा पनि गरो र पनि चित्त बुझेन । सधैं टर्चर गर्न थालियो । अब म सकिन यस्तो तनावमा बाँच्न । र म आफूले आफैंलाई धेरै सम्हाल्न चाहें तर अब सकिन ।’

यसैगरी, दोस्रो स्टाटसमा उनले लेखेका छन्, ‘यो संसारमा सायद म बसेको तिमी र तिम्रो परिवारलाई राम्रो लागेन । जुन तिमी मसँग लभ गरेको नाटक गरियो र तिम्रो परिवारले तिम्रो र मेरो बिहे गरेको नाटक गरियो र बार्गेनिङ यसरी आज मलाई सदाको लागि खतम गरेरै छोडियो ।’

यसैगरी, मेहताले आफ्नो तेस्रो स्टाटसमा आमाबुवालाई सम्बोधन गर्दै क्षमा मागेका छन् । उनले लेखेका छन्, ‘सरी आमा बुबा म आफ्नो तनाव सहन सकिनँ र नत तपाईंहरुलाई भन्न सकें । म आफूले आफैंलाई धेरै सम्हाल्न चाहें तर अब सकिनँ । सरी.. सरी ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!