संगालोखबर
फाइल तस्वीर

सुनसरी । निरन्तरको वर्षाका कारण सुनसरीको बुढीखोलामा पानीको बहाव निकै बढेको छ । बुढीखोला जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरिसकेको भन्दै आसपासका क्षेत्रमा सावधानी अपनाउन सुझाव दिइएको छ ।

जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै बुढीखोलामा जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सावधान रहन भनेको हो ।

Advertisement

उक्त खोलाको तटीय क्षेत्रको डुबान भइरहने होचा भूभागहरुमा बसोबास गर्ने बासिन्दाहरुलाई सतर्कता अपनाउन विभागले सूचित गरेको हो । विभागका अनुसार कोशी प्रदेशका सुनसरी, मोरङ, झापा तथा पहाडी क्षेत्रका कतिपय स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!