इटहरीबाट बेपत्ता भएकी महिलाको शव धरानको सर्दु जलाधार क्षेत्रमा फेला
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-४ स्थित सर्दु जलाधार क्षेत्रको खोल्सामा महिलाको शव फेला परेको छ । गत कात्तिक २४ गते बिहान करिब ८ देखि बेपत्ता इटहरी-२ की ३५ वर्षीया मञ्जु पौडेलको शव फेला परेको हो ।
बेपत्ता भएकी मञ्जु घर नफर्किएपछि परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा खोजी गरिदिन निवेदन दिएका थिए । सोही क्रममा कात्तिक २७ गते धरान-४ बौद्ध विहार नजिक कोशी लोकमार्ग छेउमा रातो लेडिज स्विटर,...






























