मोरङका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गर्ने २१ जना पक्राउ

मोरङका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गर्ने २१ जना पक्राउ

विराटनगर । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा घुसपैठ गरेर मोरङका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गर्ने २१ जना पक्राउ परेका छन् । मोरङको विराटनगर र जहदाबाट १० जना, पथरी शनिश्चरेबाट ६ तथा उर्लाबारीबाट ५ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका-६ का उदय साह, बब्लु सहनी, मिलन राई, राजकुमार सहनी र उर्लाबारी-७ का रविन सुन्दास छन् । यस्तै पथरीशनिश्चरे नगरपालिका-१ का चन्द्र कार्की, द...
कोइराला निवास अवलोकनपछि सुनिल शर्माले भने– ऐतिहासिक धरोहरमाथि हमला भयो

कोइराला निवास अवलोकनपछि सुनिल शर्माले भने– ऐतिहासिक धरोहरमाथि हमला भयो

विराटनगर । नेपाली काँग्रेसका युवा नेता डा. सुनिल शर्माले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको अवलोकन गरेका छन् । जेनजी आन्दोलनमा ध्वस्त भएको कोइराला निवास अवलोकनपछि उनले लोकतन्त्रको जन्म यात्रासँग प्रत्यक्ष जोडिएको ऐतिहासिक धरोहरमाथिको आक्रमणलाई अत्यन्तै दुर्भाग्यपूर्ण र अमानवीय घटना भएको बताए । ‘कोइराला निवास केवल एउटा घरको संरचना मात्र होइन । राणाशासनविरुद्धको विद्रोह सँगालिएको, बीपी कोइरा...
विराटनगरको किरण बेकरीमा पानी माग्दै पुगेका पुरुषद्वारा महिलामाथि कुटपिट 

विराटनगरको किरण बेकरीमा पानी माग्दै पुगेका पुरुषद्वारा महिलामाथि कुटपिट 

विराटनगर । विराटनगर-७ स्थित किरण बेकरीमा काम गर्ने महिला कर्मचारीलाई एक पुरुषले कुटपिट गरेका छन् । आज बिहान पानी माग्दै बेकरी पुगेका विराटनगर-७ का ३५ वर्षीय भास्कर बस्नेतले महिलालाई कुटेका हुन् । कुटपिटबाट मोरङको कटहरी गाउँपालिका-२ की २४ वर्षीया पवित्रा राजवंशी सामान्य घाइते भएकी छन् । । प्रहरीका अनुसार राजवंशीलाई उपचारका लागि कोशी अस्पताल लगिएको छ । सार्वजनिक भिडियोमा ती महिलाले उनलाई फ्रिजबा...
कटहरीको तरकारी बजारमा कोशी प्रदेश सभा सरेसँगै स्थानीय उत्साहित

कटहरीको तरकारी बजारमा कोशी प्रदेश सभा सरेसँगै स्थानीय उत्साहित

विराटनगर । मोरङको कटहरीस्थित तरकारी बजारमा कोशी प्रदेश सभा सारिएसँगै स्थानीय उत्साहित बनेका छन् । प्रदेश सभा आएसँगै विकासले फड्को मार्ने, पसल व्यवसाय फस्टाउने लगायतका आशले स्थानीय उत्साहित बनेका हुन् । चियानास्ता पसल संचालन गर्दै आएका स्थानीय शंकर राई प्रदेश सभा तरकारी बजारमा सारिएको भन्दै खुसी व्यक्त गर्छन । ठूलो लगानीमा बनेको संरचना अलपत्र परिरहेको अवस्थामा प्रयोगमा आएको भन्दै उनले खुसी व्यक्...
मोरङमा जेनजी आन्दोलनमा आगजनी र लुटपाट गर्ने १० जना पक्राउ 

मोरङमा जेनजी आन्दोलनमा आगजनी र लुटपाट गर्ने १० जना पक्राउ 

विराटनगर । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा प्रहरी कार्यालयहरू तोडफोड गर्ने, आगजनी गर्ने, हतियार लुट्ने लगायतका गतिविधिमा संलग्न भएको आरोपमा मोरङ प्रहरीले १० जनालाई पक्राउ गरेको छ । बिहीबार र शुक्रबार पक्राउ परेका उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार पक्राउ परेकाहरूलाई अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान अघि बढाइने छ । पक्राउ परेकाह...
इटहरीबाट ९८ किलो गाँजासहित महिला पुरुष पक्राउ

इटहरीबाट ९८ किलो गाँजासहित महिला पुरुष पक्राउ

विराटनगर । सुनसरीको इटहरी उप-महानगरपालिका-३ डाँडागाउँबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानकी कल्पना राई र भोजपुरको रामप्रसाद गाउँपालिका-७ घर भई कल्पनाकै घरमा बस्ने २० वर्षीय मनोज राई छन् । गाँजाको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार कल्पनाको घरबाट प्र १-०२...
विश्व मधुमेह दिवसको अवसरमा विराटनगरमा र्‍याली

विश्व मधुमेह दिवसको अवसरमा विराटनगरमा र्‍याली

विराटनगर । विश्व मधुमेह दिवसको अवसरमा डायबिटिज एण्ड इन्डोक्राइनोलोजी एसोसिएसन नेपाल (डिन) ले विराटनगरमा सचेतनामूलक र्‍याली निकालेको छ । विश्वव्यापी नारा ‘मधुमेह र स्वस्थ जीवन’ लाई प्रवर्द्धन गर्न ब्यानरसहित सचेतनामूलक र्‍याली निकालिएको हो । पिपल चोकबाट सुरु भएर नोबेल अस्पतालमा समापन भएको र्यालीमा स्वास्थ्यकर्मी तथा सचेत नागरिकहरूको सहभागिता थियो । मधुमेहबारे समुदायस्तरमा सचेतना पुर्याउन र्‍याली...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको पाँच सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४९ हजार सात सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ६० रुपैयाँ घटेर तीन हजार दुई सय ८५ रुप...
जेनजी आन्दोलन : विराटनगर महानगरपालिकामा एक अर्बको क्षति

जेनजी आन्दोलन : विराटनगर महानगरपालिकामा एक अर्बको क्षति

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरपालिकामा एक अर्ब बराबरको क्षति भएको छ । गत भदौ २४ गते भएको आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटका हुँदा सो मूल्य बराबरको क्षति भएको हो । मेयर नागेश कोइरालाका अनुसार भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार दुई ३४ रुपैयाँ बराबरको क्षति भएको छ । जुन महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ मा भएको क्षति हो । त्यस्तै जिन्सी सामग्रीतर्फ...
माओवादी नेता आङ्बो चढ्ने सरकारी गाडीको ठक्करबाट एक जनाको मृत्यु

माओवादी नेता आङ्बो चढ्ने सरकारी गाडीको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रयोग गर्दै आएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कोशी प्रदेशसभाको को १ झ ६५० नम्बरको स्कारपियो गाडीको ठक्करबाट ग्रामथान गाउँपालिका-५ का ३५ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको हो । मोरङ प्रहरीका अनुसार आज विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको स्कोरपिओले बाटो क्रस गर्दै गरेको को ९ प ७९ नम्बरको मोटरसाइकलाई ग्...
भेडेटारका होटल तथा पसलको अनुगमन

भेडेटारका होटल तथा पसलको अनुगमन

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा सञ्चालित होटल तथा किराना पसलको अनुगमन गरिएको छ । आज भेडेटारमा सञ्चालित करिब दुई दर्जन बढी होटल तथा पसलको अनुगमन गरिएको हो । अनुगमनका क्रममा किराना पसलमा म्याद गुज्रिएका अखाद्य बस्तु फेला परेको छ । उक्त म्याद गुज्रिएको पेय पदार्थ नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटा खाद्य निरीक्षण अधिकारी सुशील कोइरालाले जानक...
साँगुरीगढीमा जनप्रतिनिधि र कर्मचारीबीच लफडा, यस्तो छ कारण

साँगुरीगढीमा जनप्रतिनिधि र कर्मचारीबीच लफडा, यस्तो छ कारण

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच लफडा भएको छ । वडा नम्बर १ का वडाध्यक्ष गोविन्द लिम्बु र गाउँपालिकाका योजना अधिकृत दोर्णबहादुर राईबीच लफडा भएको हो । वडाध्यक्ष लिम्बुले कर्मचारी राईको कुटपिटबाट हातको औँला भाँचिएको दाबी गरेका छन् भने कर्मचारी राईले वडाध्यक्षले मुक्का प्रहार गर्दा दुई वटा दाँत हल्लिएको दाबी गरेका छन् । बुधबार दिउँसो कार्यकक्षमा काम गरिरहेको अवस्...
नवौँ संस्करणको विराट गोल्डकपमा ३ लाख नाफा, पाँच हजारको टिकट बिक्री 

नवौँ संस्करणको विराट गोल्डकपमा ३ लाख नाफा, पाँच हजारको टिकट बिक्री 

विराटनगर । नवौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताबाट आयोजक समितिले करिब तीन लाख रुपैयाँ नाफा आर्जन गरेको छ । विराटनगर फुटबल ट्रस्टले आज पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको आर्थिक विवरण सार्वजनिक गर्दै टिकट बिक्री कमजोर भएको जनाएको हो । गत फागुन १९ गतेदेखि २८ गतेसम्म विराटनगरको सहिद रङ्गशालामा भएको गोल्डकपमा करिब पाँच हजार रुपैयाँ बराबरको मात्र टिकट बिक्री भएको र ठूलो मात्रामा पास वितरण ...
साँगुरीगढी गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा किन भयो तालाबन्दी ?

साँगुरीगढी गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा किन भयो तालाबन्दी ?

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईको कार्यकक्षमा गरिएको तालाबन्दी खोलिएको छ । नेकपा एमाले गाउँ सभा दलले विभिन्न माग राख्दै बुधबार अध्यक्ष राईको कार्यकक्षमा तालाबन्दी गरेको थियो । जनमतको आधारमा समन्वय, सहकार्य र सह-अस्तित्वको आधारमा स्थानीय सरकार सञ्चालन गरिनुपर्ने, बहुमत सदस्यको निर्णय कार्यान्वयन गरिनुपर्ने, विद्यालय कर्मचारी र ई.सि.डी. मा कार्यरत कर्मचारीको सरकारल...
निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङलाई उपत्यका छाड्न रोक

निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङलाई उपत्यका छाड्न रोक

काठमाडौं । निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङलाई विदेश भ्रमण गर्न र उपत्यका छाड्न रोक लगाइएको छ । गत भदौ २३ र २४ गतेको घटनाका बारेमा छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले खापुङलाई विदेश भ्रमण गर्न र उपत्यका छाड्न रोक लगाएको हो । आयोगले विज्ञप्ति निकाल्दै जाँचबुझ तथा छानबिनका लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागु हुनेगरि निजको विदेश भ्रमणमा रोक लगाउने र आयोगको ...
विराटनगरबाट १८ किलो गाँजासहित एक जना पक्राउ

विराटनगरबाट १८ किलो गाँजासहित एक जना पक्राउ

विराटनगर । विराटनगर-५ स्थित रिङ रोडबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको बर्जु गाउँपालिका-३ का २२ वर्षीय मुकेशकुमार चौधरी छन् । विशेष सूचनाका आधारमा दुहबीबाट खटिएको प्रहरी टोलीलाई बुधबार राति ११ बजे पक्राउ गरेको हो । प्रहरीलाई देख्नेबित्तिकै उनले झोला फ्याँकेर भागेका थिए । झोलाभित्र १८ किलो पाँच सय ८० ग्राम गाँजा फेला परेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडा...
सुनको मूल्य एकैदिन ५९ सय रुपैयाँ बढ्यो, कति पुग्यो तोलामा ?

सुनको मूल्य एकैदिन ५९ सय रुपैयाँ बढ्यो, कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको पाँच हजार नौ सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार दुई सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक सय ७० रुपैयाँ बढेर तीन हजार ...
कटहरीको तरकारी बजारमा सर्याे कोशी प्रदेश सभा 

कटहरीको तरकारी बजारमा सर्याे कोशी प्रदेश सभा 

विराटनगर । जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटका कारण देवकोटा चोकको कोशी प्रदेश सभा ध्वस्त भएपछि कटहरी स्थित तरकारी बजारमा सारिएको छ । प्रदेश सभा सचिवालय बुधबारबाट फलफूल तथा कृषि थोक बजारमा सारिएको हो । कटहरीको नयाँ कार्यस्थलमा सभामुख, उप-सभामुखसहित प्रमुख पदाधिकारीहरूको कार्यकक्ष तयार पारिएको छ । अहिले सचिवालय व्यवस्थापनको काम तीव्र गतिमा अघि बढाइएको छ । कार्यालय व्यवस्थापन पूर...
धनकुटाको खाल्सा क्षेत्रमा पापानी पर्वको रौनक

धनकुटाको खाल्सा क्षेत्रमा पापानी पर्वको रौनक

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा बसोवास गर्ने किरात राई जातिको पापानी चाड सुरु भएको छ । किराती राईहरूले नयाँ बाली भित्र्याएको खुशियालीमा पापानी चाड मनाउने गरेका छन् । कात्तिक शुक्ल पूर्णिमापछिको पहिलो मंगलबार सहिदभूमि गाउँपालिका-३ स्थित साकेन्वा थानमा जम्मा भएर पूजा गरेपछि पापानी चाड सुरु हुन्छ । पापानी चाडमा ढोल नाच साथै बाजागाजासहित रमाइलो गर्दै इष्टदेवताको पूजाआराधना ...
कोशी प्रदेशसभा सचिव खड्काले लिए शपथ

कोशी प्रदेशसभा सचिव खड्काले लिए शपथ

विराटनगर । कोशी प्रदेशसभाको सचिवमा नियुक्त भएका सुदर्शन खड्काले शपथग्रहण गरेका छन् । आज प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले कटहरी स्थित कृषि बजारमा सपथ गराएका हुन् । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी तथा तोडफोड हुँदा कोशी प्रदेश सभा ध्वस्त भएपछि कृषि बजारमा प्रदेश सभा सारिएको हो । तत्कालीन सचिव गोपाल पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि गत माघदेखि प्रदेशसभा सचिव रिक्त थियो ।
नोबेल अस्पतालद्वारा वार्षिक १० लाख रुपैयाँको अनुसन्धान अनुदान घोषणा

नोबेल अस्पतालद्वारा वार्षिक १० लाख रुपैयाँको अनुसन्धान अनुदान घोषणा

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले स्वास्थ्य तथा चिकित्सा शिक्षा अन्तर्गतका अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदानको घोषणा गरेको छ । अनुसन्धान संस्कृतिलाई बढावा दिन र अनुसन्धान कर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यअनुरूप नोबेलले वार्षिक १० लाख रुपैयाँको अनुसन्धान अनुदान घोषणा गरेको हो । कात्तिक २६ गते नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका सञ्चालक डा. सु...
धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि बाटो खुल्यो​​​​​​​

धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि बाटो खुल्यो​​​​​​​

धनकुटा । धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धनकुटा नगरपालिका-७ मा रेशम खेती विकास कार्यक्रमको नाममा दर्ता कायम रहेको जग्गा अस्पताल निर्माणका लागि उपयोग गर्न स्वीकृति दिएको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले २५ रोपनी ५ आना ३ पैसा जग्गा प्रदान गरेको जानकारी दिए । मन्त्रिपरिषद्को...
जहदा घटनामा मुकदर्शक बनेका प्रहरी हबल्दारलाई सोधियो स्पष्टिकरण

जहदा घटनामा मुकदर्शक बनेका प्रहरी हबल्दारलाई सोधियो स्पष्टिकरण

विराटनगर । मोरङको जहदा गाउँपालिका-१ राजवंशी चोकमा दुई छिमेकीबीच भएको झगडामा मुकदर्शक भएको भन्दै प्रहरी सहायक हबल्दारमाथि कारबाही अघि बढाइएको छ । कात्तिक १० गते साँझ ३८ वर्षीय मुकुन्द साह र उनकी श्रीमती ३२ वर्षीया सिमादेवी साहमाथि छिमेकी ५० वर्षीय बिन्देश्वर सरवरीयाको परिवारले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । सो घटनामा मुकदर्शक भएको भन्दै प्रहरी चौकी बुधनगरमा कार्यरत प्रहरी हबल्दार मुक...
लम्पी स्किन : कोशीमा ११ सय चौपायाको मृत्यु

लम्पी स्किन : कोशीमा ११ सय चौपायाको मृत्यु

विराटनगर । कोशी प्रदेशमा लम्पी स्कीन रोगका कारण एक हजार बढी पशु चौपायाको मृत्यु भएको छ । प्रदेशका तीन लाख ९४ हजार पाँच सय ८५ चौपायामध्ये तीन लाख एक सय ५४ मा लम्पी स्कीनको संक्रमण देखिएको थियो । जसमध्ये एक हजार एक सय १६ वटा चौपायाको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय धरानले जनाएको छ । निर्देशनालयका अनुसार समयमै खोप अभियान सञ्चालन गरेर रोगलाई नियन्त्रणमा लिन सफल भएको हो । लम्पी स्क...
कोशी प्रदेशसभाको सचिवमा खड्का नियुक्त, सपथ दिउँसो ३ बजे

कोशी प्रदेशसभाको सचिवमा खड्का नियुक्त, सपथ दिउँसो ३ बजे

विराटनगर । कोशी प्रदेश सभाको सचिव पदमा सुदर्शन खड्का नियुक्त भएका छन् । संघीय संसद् सचिवालयको सचिवबाट स्वेच्छिक अवकाश लिएका खड्कालाई सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले सचिव नियुक्त गरेका हुन् । उनको शपथग्रहण आज दिउँसो ३ बजेका लागि तय गरिएको छ । तत्कालीन सचिव गोपालप्रसाद पराजुली सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएपछि ९ महिनादेखि प्रदेश सभा सचिवालय नेतृत्वविहीन अव...
कोरियामा ट्रकले ठक्कर दिँदा झापाकी २२ वर्षीया मनिषाको मृत्यु

कोरियामा ट्रकले ठक्कर दिँदा झापाकी २२ वर्षीया मनिषाको मृत्यु

विराटनगर । दक्षिण कोरियाको चुङबुक उम्सङ क्षेत्रमा ट्रकले ठक्कर दिँदा नेपाली युवतीको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका स्थित तोपगाछीकी घर भएकी २२ वर्षीया मनिषा दाहालको मृत्यु भएको हो । मालवाहक ट्रकको ठक्कर बाट गम्भीर घाइते भएकी उनलाई तत्काल वनजु सेब्रान्स क्रिश्चियन अस्पताल पुर्‍याइएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए । कलेजको बिदामा साथीहरूसँग घुम्न निस्किएकी उनी दुर्घटनामा परेको जनाइएक...
झापामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

झापामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा । झापामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका-६ शरणामतीमा भएको दुर्घटनामा ४५ वर्षीय सुनिल सोरेनको मृत्यु भएको हो । प्रहरीका अनुसार घरबाट ट्याक्टर निकाल्ने क्रममा दुर्घटना हुँदा सोरेन गम्भीर घाइते भएका थिए । उनको बिर्तामोडस्थित विर्ता सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोरेनले मे १ त ३३१६ नम्बरको ट्रयाक्टर घरबाट निकाल...
धरानबाट गाँजासहित सहिदभूमिका सिद्धार्थ पक्राउ

धरानबाट गाँजासहित सहिदभूमिका सिद्धार्थ पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-२० कोकाहा खोलाबाट गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-१ का २३ वर्षीय सिद्धार्थ राई छन् । मंगलबार राति करिब ७ः४० बजे प्र १-०२-०५३ प ९९८१ नम्बरको मोटरसाइकलमा धरानतर्फ आइरहेका राईलाई प्रहरीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा राईले बोकेको झोलामा ११ किलो गाँजा फेला परेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज ...
सुनको मूल्य २१ सय रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य २१ सय रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य दुई हजार एक सय रुपैयाँ घटेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४४ हजार तीन सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ४६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि चाँदीको मूल्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला पाँच रुपैयाँ बढेर तीन हजार ...
थपिए २ लाख ९ हजार मतदाता, चाप बढेपछि २ सिफ्टमा काम

थपिए २ लाख ९ हजार मतदाता, चाप बढेपछि २ सिफ्टमा काम

काठमाडौं । २ लाख ९ हजार ५ सय ५२ जना नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार यो तथ्याङ्क गत असोज १० गतेदेखि  मंगलबारसम्मको हो । मंगलबार एकै दिन २३ हजार ६ सय ३८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । १३ हजार ६६ जना पुरुष, १० हजार ५६७ जना महिला र ५ जना अन्यले मंगलबार नाम दर्ता गराएका हुन् । आयोगका अनुसार नाम दर्ता स्थलहरूमा देखिएको सेवाग्राहीको अत्यधिक ...
विराटनगरको बरगाछीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

विराटनगरको बरगाछीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर । विराटनगर–३ बरगाछी चोक नजिकै भएको सवारी दुर्घटनामा महिलाको मृत्यु भएको छ । भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा सर्लाही हरिपुर नगरपालिका–१ की ४५ वर्षीया रोहिता अधिकारीको मृत्यु भएको हाे । कञ्चनबारीबाट दक्षिणतर्फ आउँदै गरेको डब्लुबी ५९ सी ०२४८ नम्बर भारतीय ट्रकले सोही दिशातर्फ आउँदै गरेको प्रदेश २–०३–०११ प ४३४१ नम्बरको मोटरसाइकललाई साँझ ५ः १५ बजेतिर ठक्कर दिएको थियो । ट्रककाे ठक्करबाट मो...
error: Content is protected !!