थपिए ८ लाख ३७ हजार नयाँ मतदाता
विराटनगर । देशभर आठ लाख बढी नयाँ मतदाता थपिएका छन् । फागुन २१ गतेको लागि घोषणा भएको प्रतिनिधिसभा निर्वाचनका आठ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएका हुन् ।
निर्वाचन आयोगका अनुसार असोज ९ देखि मंसिर ५ गतेसम्म खुला गरिएको मतदाता नामावली संकलन अवधिमा सो संख्यामा मतदाता थपिएका हुन् ।
थपिएका मतदातामध्ये चार लाख ७३ हजार तीन सय ४५ पुरुष, तीन लाख ६३ हजार सात ७८ महिला र ६१ अन्य छन् । आयोगको नियमित प्रकृ...




























