नक्कली नोटको कारोवार गर्ने ७ जना पक्राउ, यस्तो छ धनकुटादेखि काठमाडौंसम्मको ‘कनेक्सन’
धनकुटा । धनकुटा प्रहरीले नक्कली नोटको कारोवारमा संलग्न ७ जनालाई पक्राउ गरेको छ । असोज ११ गते मुलघाटबाट २८ हजार नक्कली नोटसहित दुई युवा पक्राउ परेपछि उनीहरुको सञ्जाल पहिल्याउँने क्रममा प्रहरीले धनकुटा, सुनसरी र काठमाडौंबाट थप पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका–१ का २६ बर्षीय विशाल तामाङ्ग, ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ घर भई हिले बस्दै आएका २६ बर्षीय छितेन त...