कोशी प्रदेशमा सवारी दुर्घटना : एक वर्षमा ४१८ जनाले गुमाए ज्यान

कोशी प्रदेशमा सवारी दुर्घटना : एक वर्षमा ४१८ जनाले गुमाए ज्यान

विराटनगर । कोशी प्रदेशमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर चार सय १८ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा भएका दुर्घटनामा सात सय ११ जना गम्भीर र आठ हजार पाँच सय ३० जना सामान्य घाइते भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार लापरबाहीपूर्वक सवारी-साधन चलाउँदा सबैभन्दा बढी दुर्घटना भएका छन् । सो अवधिमा ट्राफिक नियम उलङ्घन गर्ने दुई लाख १३ हजार छ सय ९५ वटा सवारी-स...
धनकुटाको बक्रकुण्ड मन्दिरमा नागपञ्चमी मेला (फोटो फिचर)

धनकुटाको बक्रकुण्ड मन्दिरमा नागपञ्चमी मेला (फोटो फिचर)

धनकुटा । धनकुटा नगरपालिका-१ मा रहेको बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरमा नागपञ्चमी मेला लागेको छ । मन्दिरको १५ औं वार्षिकोत्सव तथा नागपञ्चमीको अवसरमा आज बिहानै देखि भक्तजनहरूको उपस्थिति बाक्लो छ । वार्षिकोत्सव तथा नागपञ्चमीको अवसरमा आयोजना गरिएको कार्यक्रम धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले उद्‌घाटन गरे । कार्यक्रममा बोल्दै मेयर तामाङले बक्रकुण्ड मन्दिरलाई पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढा...
अमेरिकामा गाडीले ठक्कर दिँदा एक नेपालीको मृत्यु

अमेरिकामा गाडीले ठक्कर दिँदा एक नेपालीको मृत्यु

विराटनगर । अमेरिकामा गाडीले ठक्कर दिँदा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका-३ का २० वर्षीय ओपेन्द्र बोहरा छन् । टेक्सासको राजधानी अस्टिनमा गाडीले ठक्कर दिँदा घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । उनका साथीहरूले दिएको जानकारी अनुसार शनिबार राति गाडीले ठक्कर दिएर घाइते भएका उनको आइतबार बिहान उपचारका क्रममा मृत्यु भएको हो । उनले हालसालै ग्...
मोरङको मिक्लाजुङमा करेन्ट लागेर महिलाको मृत्यु

मोरङको मिक्लाजुङमा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर । मोरङमा करेन्ट लागेर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ गाउँपालिका-४ की ३३ वर्षीया प्रकृति राई छिन् । प्रहरीका अनुसार आफ्नै घरको शौचालयमा रहेको बिजुलीको तारबाट राईलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएकी उनको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट आवश्यक अनुसन्धान भइरहेको कोशी ...
झापामा जंगली हात्तीले पुर्‍यायो चार घरमा क्षति

झापामा जंगली हात्तीले पुर्‍यायो चार घरमा क्षति

झापा । झापामा जंगली हात्तीले चार घरमा क्षति पुर्याएको छ । आज बिहानको राति भद्रपुर नगरपालिका-४ नमुना बस्तीमा हात्ती पस्दा चार घरमा क्षति पुर्‍याएको हो । प्रहरीका अनुसार हात्तीले टेकनाथ पराजुलीको भान्सा घर भत्काएर २० मन मकै खाँदा ३५ हजार बराबरको क्षति भएको छ । प्रेमलाल भण्डारी र रीता विकको घरमा ७/७ हजार तथा जितबहादुर लिम्बूको घरमा १३ हजार बराबरको क्षति पुर्‍याएको प्रहरीको भनाइ छ । स्थानीयले हो...
सुनको मूल्य घट्यो, कति पुग्यो तोलामा ?

सुनको मूल्य घट्यो, कति पुग्यो तोलामा ?

विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार सुन प्रतितोला एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी पाँच रुपैयाँले बढेर प्रतितोला दुई हजार तीन सय रुपैयाँमा...
यी हुन् बाढीपहिरोका कारण पूर्णरूपमा अवरुद्ध आठ सडक

यी हुन् बाढीपहिरोका कारण पूर्णरूपमा अवरुद्ध आठ सडक

विराटनगर । अविरल वर्षपछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ८ स्थानका सडक पूर्णरूपमा अवरोध भएका छन् । केही स्थानका सडक भने एकतर्फी सुचारु छन् । आज बिहान १० बजे नेपाल प्रहरीले जारी गरेको सूचना अनुसार सङ्खुवासभामा कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । त्यस्तै रसुवामा नेपाल र चीन नाका जोड्ने पुल तथा सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पूर्णरूपमा अवरोध छ । लम्जुङमा बेसिसहर-मनाङ सडक खण्ड पहिरोका कार...
धनुषामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या, दुई जना घाइते

धनुषामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या, दुई जना घाइते

धनुषा । धनुषामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका-४ कटैयाचौरी भन्ने स्थान नजिक घटना भएको हो । प्रहरीका अनुसार धारिलो हतियार प्रहारबाट धनुषाको बटेश्वर गाउँपालिका-५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको हो । अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी भतिजी राधा यादव घाइते छन् । उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर...
विराटनगरको ऐतिहासिक रथयात्रा : रथ निर्माण तीब्र पारियो

विराटनगरको ऐतिहासिक रथयात्रा : रथ निर्माण तीब्र पारियो

विराटनगर । विराटनगरमा ९४ औं संस्करणको रथयात्रा आगामी भदौ १ गते निकालिने भएको छ । वि.सं.१९८८ सालमा खटयात्राबाट सुरु भएको श्रीराधाकृष्ण रथयात्रा यो वर्ष ९४ वर्षमा पुगेको हो । यसपटक रथको आकार ठूलो रहेको रथयात्रा मूल आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए । उनका अनुसार यस वर्ष रथको लम्वाई, चौडाइ तथा उचाई वढाइएको छ । रथ निर्माणको काम धमाधम भइरहेको उनको भनाइ छ । रथयात्रा समारोह समितिका अनु...
आज नागपञ्चमी पर्व मनाइँदै

आज नागपञ्चमी पर्व मनाइँदै

विराटनगर । आज नागपञ्चमी पर्व, नागको पूजाअर्चना गरी घरका मूलढोकामा नाग टाँसेर मनाइँदैछ । यो पर्व हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइन्छ । घरको मूलढोकामा नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले...
गोसाइँकुण्डमा डुबेर विराटनगर र बेलबारीका युवाको मृत्यु

गोसाइँकुण्डमा डुबेर विराटनगर र बेलबारीका युवाको मृत्यु

विराटनगर । रसुवास्थित गोसाइँकुण्डमा नुहाउने क्रममा डुबेर मोरङका दुई जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–३ का २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गका २८ वर्षीय मनोज न्यौपाने छन् । हिजो डुबेर बेपत्ता भएका उनीहरूको शव आज बिहान १० वजे फेला पारेर सुरक्षाकर्मीको टोलीले बाहिर निकालेको छ । न्यौपाने र ढकालसहित १३ जनाको टोली काठमाडौंबाट हिजो गोसाइँकुण्ड गएका ...
विराटनगरको धुधुवा खोलामा डुबेर ४ वर्षीया बालिकाको मृत्यु

विराटनगरको धुधुवा खोलामा डुबेर ४ वर्षीया बालिकाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका-६ स्थित धुधुवा खोलामा डुबेर बालिकाको मृत्यु भएको छ । खेल्ने क्रममा खोलामा डुब्दा स्थानीय दीपक पासवानकी ४ वर्षीया छोरी आरुषी पासवानको मृत्यु भएको हो । घर नजिकै रहेको खोलामा खेल्ने क्रममा आइतबार अपरान्ह करिब ४ बजे डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । खोलामा डुविरहेको अवस्थामा आफन्तले भेटेर उनलाई उपचारका लागि गोल्डेन अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याउना...
एक वर्षमा २० करोड बढीको भन्सार छलीका सामान बरामद

एक वर्षमा २० करोड बढीको भन्सार छलीका सामान बरामद

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लाबाट २० करोड बढीको भन्सार छलीका सामान बरामद भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा २० करोड ४२ लाख बढीको भन्सार छलीको सामान बरामद भएको हो । भन्सार छली तथा चोरी तस्करी नियन्त्रणमा विशेष सक्रियताका साथ प्रहरी परिचालन गरिएका कारण उक्त मूल्य बराबरको सामग्री बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाले भन्सार छलीका सामग्...
अनाथलयका बालबालिकालाई टेलिभिजन हस्तान्तरण

अनाथलयका बालबालिकालाई टेलिभिजन हस्तान्तरण

धनकुटा । धनकुटामा अनाथ बालबालिकाहरूका लागि टेलिभिजन प्रदान गरिएको छ । धनकुटा नगरपालिका–४ देव्रेवासमा रहेको बाल पुनर्स्थापना केन्द्रमा आश्रित बालबालिकाहरूका लागि टेलिभिजन प्रदान गरिएको हो । धनकुटा इन्स्चिच्युट अफ हेल्थ साइन्सले ४३ इन्चको टेलिभिजन हस्तान्तरण गरेको छ । इन्स्चिच्युटका निर्देशक रामनारायण प्रसाद शाह रामा र प्रशासन प्रमुख खगेन्द्र घिमिरे लागयतले टेलिभिजन हस्तान्तरण गरेका थिए । पुनर्स...
विश्वविद्यालयले समयमै परीक्षा लिने र समयमै नतिजा निकाल्दै आएको छ : उपकुलपति थपलिया

विश्वविद्यालयले समयमै परीक्षा लिने र समयमै नतिजा निकाल्दै आएको छ : उपकुलपति थपलिया

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ (पुसोई) मा इन्जिनियरिङ अध्ययनका लागि विभिन्न सङ्कायमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै अध्ययन पुरा गरेका विद्यार्थीलाई बिदाइ गरिएको छ । आज एक कार्यक्रमबीच २०२४ को सेमेष्टरमा भर्ना भएका १३५ जना विद्यार्थीहरूको स्वागत र २०१९ मा भर्ना भएर अध्ययन पुरा गरेका १४८ जना विद्यार्थीलाई बिदाइ गरिएको हो । कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयक...
एक वर्षीय बालकको टोकाइबाट कोब्रा ठहरै !

एक वर्षीय बालकको टोकाइबाट कोब्रा ठहरै !

विराटनगर । भारतमा एउटा अचम्मलाग्दो घटना भएको छ । जुन सुन्दा पत्यार नलाग्न पनि सक्छ । तर यो यथार्थ घटना हो । बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा एक वर्षका बालकले सर्पलाई टोकेर मारेका छन् । यो अनौठो घटना मझौलिया ब्लकको मोहछी बनकटवा गाउँको हो । एक वर्षीय गोविन्द कुमारले विषालु कोब्रा सर्पलाई दाँतले टोकेर मारेका छन् । यो घटनाले गाउँले र डाक्टरलाई पनि आश्चर्यचकित बनाएको छ । परिवारका अनुसार बच्चा ...
कोशीमा वाईसीएलको श्रमदान : वृक्षारोपणदेखि बाँध निर्माणसम्म

कोशीमा वाईसीएलको श्रमदान : वृक्षारोपणदेखि बाँध निर्माणसम्म

विराटनगर । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले सुरु गरेको श्रमदान अभियानले तीव्रता पाएको छ । साउन १ गतेदेखि देशव्यापी रूपमा सुरु गरेको ‘श्रम तथा उत्पादनमा वाईसीएल’ नामक अभियानले कोशी प्रदेशमा पनि तिव्रता पाएको हो । ‘क्रान्तिकारी कम्युनिस्ट युवाहरू राष्ट्र निर्माणका अगुवा शक्ति हुन्’ भन्ने नारालाई आत्मसात् गर्दै वाईसीएलले प्रदेशका विभिन्न जिल्लामा वृक्षार...
अख्तियार प्रमुखविरुद्ध अख्तियारमै उजुरी

अख्तियार प्रमुखविरुद्ध अख्तियारमै उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता भएको छ । आज युवराज सफलले अख्तियार प्रमुख राईमाथि छानबिनको माग गर्दै उजुरी दर्ता गराएका हुन् । वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएका अख्तियार प्रमुख राईलाई आवश्यक छानबिन गरेर कारबाही गरी पाऊँ भन्दै सफलले उजुरी दर्ता गराएका छन् । अ...
खोटाङमा भतिजले कुटपिट गर्दा काकाको मृत्यु

खोटाङमा भतिजले कुटपिट गर्दा काकाको मृत्यु

विराटनगर । खोटाङमा भतिजले कुटपिट गर्दा काकाको मृत्यु भएको छ । मृत्यु हुनेमा साकेला गाउँपालिका-५ बिर्ताका ६९ वर्षीय राजकुमार राई छन् । शनिबार राति ८ बजे घरायसी विवादका क्रममा ३१ वर्षीय भतिजो न्युसन राईले राजकुमारलाई कुटपिट गरेको खुलेको खोटाङ प्रहरीका सूचना अधिकारी सुशान्त मिश्रले संगालोखबरलाई जानकारी दिए । कुटपिटको घटनाबारे वडाध्यक्ष जीवन खत्रीले रातिनै इलाका प्रहरी कार्यालय मात्तिमबिर्तामा जान...
ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा शिक्षिकाको मृत्यु, चालक घाइते

ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा शिक्षिकाको मृत्यु, चालक घाइते

विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका-११ स्थित फावा खोलामा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा फुङलिङ-११ बस्ने अन्दाजी २८ वर्षीया भावना बिकको मृत्यु भएको हो । प्रहरीका अनुसार उनी सिरिजङ्गा गाउँपालिका-३ सिकैचास्थित सरस्वती माध्यमिक विद्यालयकी शिक्षिका हुन् । दुर्घटनामा घाइते भएकी उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजु...
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९३ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज प्रतितोला ५० रुपैयाँले घटेर चाँदी दुई हजार दुई सय ९०...
खोटाङको दिक्तेलका मेयरले सुरु गरे सत्याग्रह

खोटाङको दिक्तेलका मेयरले सुरु गरे सत्याग्रह

काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले काठमाडौंमा सत्याग्रह सुरु गरेका छन् । स्थानीय कच्चा पदार्थ सहज रूपमा प्रयोग गर्न पाउनुपर्ने माग राख्दै मेयर भट्टराईले सत्याग्रह सुरु गरेका हुन् । उनी माइतीघर मण्डलामा कपाल मुण्डन गरेर सेतो कपडा लगाएर परालको गुन्द्री माथि कम्बल ओछ्याएर बसेका छन् । उनले छेउमा बाँसका टुक्रा पनि राखेका छन् । उनको साथमा ‘पैसा छैन नीति द...
झापामा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापामा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । झापामा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । दुर्घटनामा दमक-४ घरघरेका ६० वर्षीय सोमबहादुर विकको मृत्यु भएको हो । आज बिहान दमक-४ चियाबगानस्थित पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नं. १-०१-००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका विकलाई उपचारका लागि दमक अस्पताल लगिएकोमा उ...
सुनसरीबाट ६० किलो गाँजा बरामद

सुनसरीबाट ६० किलो गाँजा बरामद

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ खत्वे टोलबाट ६० किलो गाँजा बरामद भएको छ । शुक्रबार राति विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार मोटरसाइकलमा राखेर देवानगञ्जबाट कप्तानगञ्जतर्फ गाँजा लगिँदै थियो । प्रहरीलाई देख्‍नासाथ दुई वटा बोरा फ्याँकेर ओसार-पसारमा संलग्न मानिस मोटरसाइकलसहित फरार भएका डीएसपी खतिवडाले जानकार...
कोशीमा एक वर्षमा पक्राउ परे तीन हजार बढी फरार प्रतिवादी

कोशीमा एक वर्षमा पक्राउ परे तीन हजार बढी फरार प्रतिवादी

विराटनगर । कोशी प्रदेशबाट एक वर्षको अवधिमा तीन हजार बढी फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका तर लामो समयदेखि फरार रहँदै आएका तीन हजार पाँच सय १३ जना पक्राउ परेका हुन् । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार मोरङबाट एक हजार एक सय ५६, सुनसरीबाट एक हजार दुई, झापाबाट पाँच सय ३४ र इलामबाट एक सय ४६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । यस्तै पाँचथरबाट ४२, ताप्ले...
धनकुटाको निशान भगवती मन्दिरमा आरती (फोटो फिचर)

धनकुटाको निशान भगवती मन्दिरमा आरती (फोटो फिचर)

धनकुटा । धनकुटा नगरपालिका-६ बिच बजारमा अवस्थित निशान भगवती मन्दिरमा दैनिक सन्ध्याकालिन आरती हुने गरेको छ । आरतीमा स्थानीयको बाक्लो उपस्थिति हुने गरेको छ । २०७५ जेठ ३ गतेबाट सुरु भएको आरती नियमित रूपमा हुँदै आएको छ । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
यी हुन कालोसूचीमा परेका निर्माण कम्पनी र आपूर्तिकर्ता

यी हुन कालोसूचीमा परेका निर्माण कम्पनी र आपूर्तिकर्ता

काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले ६ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले विभिन्न निकायको सिफारिसका आधारमा ती निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो । कार्यालयले कम्पनी र आपूर्तिकर्तालाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । वीरगञ्जको जीबी मेटल क्राफ्ट इन्डस्ट्रिज एन्ड सप्लायर्स प्रालिलाई तीन वर्षका लागि कालोसूचीमा राखिए...
प्रधानमन्त्रीले गरे मधेशको सुख्खाग्रस्त क्षेत्रको अवलोकन (फोटो फिचर) 

प्रधानमन्त्रीले गरे मधेशको सुख्खाग्रस्त क्षेत्रको अवलोकन (फोटो फिचर) 

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई-मधेशको सुख्खाग्रस्त क्षेत्र अवलोकन गरेका छन् । आज महोत्तरी र बाराका विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीले सुक्खाग्रस्त क्षेत्रको अवलोकन गरेका हुन् । ‘तराईमा सुख्खाग्रस्त क्षेत्रको अवलोकन गर्दैछु’, उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । ‘केहीबेरमा यहाँका किसानहरूसँग भेट हुँदैछ’, प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘किसानहरूक...
कक्षा ११ भर्ना भएका विद्यार्थीलाई लर्डबुद्धको अभिमुखीकरण

कक्षा ११ भर्ना भएका विद्यार्थीलाई लर्डबुद्धको अभिमुखीकरण

विराटनगर । विराटनगरको लर्डबुद्ध कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । बिहीबार एक कार्यक्रममार्फत दुई सय १५ जना विद्यार्थीहरूलाई स्वागत गर्दै कलेजले अभिमुखीकरण गरेको हो । जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौलाले विद्यार्थीलाई जीवन उपयोगी, सीप र संस्कारसहितको शिक्षामा जोड दिनुपर्ने बताए । उनले विद्यार्थीलाई केबल पाठ्यपुस्तकको ज्ञान ...
कोशीमा घट्यो धान रोपाइँ, गतवर्षको भन्दा २१ प्रतिशतले कमी

कोशीमा घट्यो धान रोपाइँ, गतवर्षको भन्दा २१ प्रतिशतले कमी

विराटनगर । कोशी प्रदेशमा धान रोपाइँ घटेको छ । पर्याप्त वर्षा नहुँदा गतवर्षको तुलनामा झण्डै २१ प्रतिशत कम रोपाइँ भएको हो । कृषि विकास निर्देशनालय विराटनगरको तथ्याङ्क अनुसार साउन ४ गतेसम्म कोशीमा ६१.७९ प्रतिशत रोपाइँ भएको छ । सोही अवधिमा गतवर्ष ८२.६८ प्रतिशत रोपाइँ भएको थियो । निर्देशनालयका सूचना अधिकारी तथा बागवानी विकास अधिकृत पूर्णमाया गुरुङका अनुसार समयमा र पर्याप्त वर्षा नभएकै कारण रोपाइँ कम...
कोशी प्रदेशबाट एक वर्षमा २६ हजार किलो गाँजा बरामद, १७ लाख बोट नष्ट

कोशी प्रदेशबाट एक वर्षमा २६ हजार किलो गाँजा बरामद, १७ लाख बोट नष्ट

विराटनगर । कोशी प्रदेशबाट एक वर्षको अवधिमा २६ हजार किलो बढी गाँजा बरामद भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा कोशीका विभिन्न जिल्लाबाट २६ हजार ७०५ किलो गाँजा बरामद भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोही अवधिमा १७ लाख ७२ हजार भन्दा बढी गाँजाको बोट नष्ट गरिएको छ । गाँजा ओसार-पसार र बेचबिखनमा संलग्नलाई कडाइका साथ कानुनी दायरामा ल्याइएको कार्यालयले जनाएको छ । चेकजाँचमा कडाइ गरेप...
error: Content is protected !!