मेची राजमार्ग अन्तरगत हेवाखोला डाइभर्सन सञ्चालन
पाँचथर । पाँचथरको हेवा खोलामा ५ दिनपछि डाइभर्सन सञ्चालनमा आएको छ । गत शनिबार राति आएको बाढीले क्षति पुर्याएको डाइभर्सन बिहीबार साँझबाट सञ्चालनमा आएको हो ।
मेची राजमार्ग अन्तर्गतको हेवा खोला डाइभर्सन मर्मत गरेसँगै यातायात र ढुवानीका साधन वारपार हुन थालेका छन् । सडक डिभिजन इलामले खोलामा पानीको मात्रा घटेसँगै डाइभर्सन मर्मत गरी सडक खुलाएको हो ।
डाइभर्सनबाट दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र सबैखाले हलुक...





























