कोरोना संक्रमणमुक्त हुनेको दर ६९ प्रतिशत, मृतकको संख्या ८०० नाघ्यो

कोरोना संक्रमणमुक्त हुनेको दर ६९ प्रतिशत, मृतकको संख्या ८०० नाघ्यो

काठमाडौं । देशभर हालसम्म १ लाख २ हजार आठ सय २० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना संक्रमणमुक्त भएका हुन् । संक्रमणमुक्त हुनेको संख्या ६९ दशमलव २ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ । देशभर बिहीबार ३ हजार ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसं...
तेह्रथुममा करेन्ट लागेर सेनाको मृत्यु

तेह्रथुममा करेन्ट लागेर सेनाको मृत्यु

तेह्रथुम । तेह्रथुममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर आठराई–५ होडाका २६ बर्षीय राजन बराईलीको मृत्यु भएको हो । बिहिबार बेलुका करिव ५ बजे आफ्नै घर अगाडि रहेको बिजुलीको ट्रान्स मिटरबाट कालो तार जोड्ने क्रममा बराईलीलाई करेन्ट लागेर भुईमा खस्दा उनी वेहोस भएका थिए । वेहोस भएका बराईलीलाई उपचारका लागि लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । ...
दशैं आयो

दशैं आयो

हुईया हुईया सररर हुईया, सरर हुई मचाई–मचाई खेलौला भनेको थिए लिङ्गे पिङ लिङ्गो मर्काई–मर्काई हो चा चा हुई ...... दशैं आयो यो पाली नि पाइन है जान म त घर कोरोनाको डर छ रे नि पस्न दिन्न रे नि घर खसी काटी भुटन, मासु, रक्ती चिउरा मोलेर खाउला भनी साचेको थिए हाती–हाती गनेर बुढा हजुरबा र माले देको आशिष लिन्छु भनि आमा–बुवा सम्झी भाई बहिनी राखे लुगा किनि अविरसँगै दही मोलि मुसेका राता टीक...
प्रदेश १ मा थपिए ६२१ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ६२१ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा बिहिबार ६२१ कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९९, सुनसरीमा १८०, झापामा ११०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा ३ तथा खोटाङ र धनकुटामा १/१ कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा २१४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ७४ महिला र १४० पुरुष छन् । मोरङको सुन्दरहरैंचामा २२, उर्लाबारी, कानेपोखरी र ...
कुमारी बैंकको शाखा बिस्तार

कुमारी बैंकको शाखा बिस्तार

काठमाडौं । कुमारी बैंकले थप तीन शाखा विस्तार गरेको छ । ईलामको फिक्कल, सप्तरीको राजबिराज र बझाङ्गको थलारामा बैंकले शाखा बिस्तार गरेको हो । तीन शाखा थपिएसँगै अब कुमारी बैंकका देशभर १ सय ८९ शाखा भएका छन् । नयाँ शाखामार्फत ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई व्यवसाय वृद्धिमा वित्तीय सहयोग गर्ने बैंकको योजना छ । १२२ अर्ब निक्षेप र ११५ अर्...
संखुवासभामा चितुवाको आक्रमणबाट तीन जना घाइते, १३ बाख्रा मार्यो

संखुवासभामा चितुवाको आक्रमणबाट तीन जना घाइते, १३ बाख्रा मार्यो

सङ्खुवासभा । सङ्खुवासभाको धर्मदेवी नगरपालिका–४ मा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । घाइते हुनेमा धर्मदेवी–४ हुम्लिङका ७६ वर्षीय धनबहादुर घिमिरे, २५ वर्षीय गणेश घिमिरे र ४० वर्षीय टंक श्रीपाली छन् । धर्मदेवी–४ का वडाध्यक्ष अनिरुद्रसिंह लिङ्खाका अनुसार आज बिहान ९ बजे हुम्लिङ पसेको चितुवाले गाउँभरिका बाख्रा मार्न थालेपछि स्थानीयवासीले प्रतिकार गरेका थिए । प्रतिकार गर्नेक्रममा घाइते भएकाम...
बेलबारीमा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु

बेलबारीमा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङ । मोरङको बेलबारी नगरपालिका–४ स्थित भित्री सडकखण्डमा गएराती स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय १९ बर्षीया समिक्षा राई छन् । को.३२ प ५६३७ नम्बरको स्कुटी अनियन्त्रीत भई दुर्घटना हुँदा स्कुटीमा सवार समिक्षा गम्भिर घाईते भएकी थिईन् । उनलाई उपचारका लागि बिराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जना...
मोरङमा बालिका बलात्कारका तीन फरार अभियुक्त पक्राउ

मोरङमा बालिका बलात्कारका तीन फरार अभियुक्त पक्राउ

मोरङ । जवरजस्ती करणी उद्योगका तीन जना फरार प्रतिबादीहरुलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको धनपालथान–७ का २० बर्षीय जयकृष्ण मण्डल, २१ बर्षीय रोशनकुमार मण्डल र २३ बर्षीय मन्जित मण्डल छन् । गाउँमै लुकीछिपी बसिरहेको अवस्थामा बुधबार राती करिब ८ बजे उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुले २०७६ साउन १५ गते राती ११ बजे मोरङकै १३ बर्षीया र १९ बर्...
ताप्लेजुङमा रेडपाण्डा अनुसन्धान केन्द्र बन्दै

ताप्लेजुङमा रेडपाण्डा अनुसन्धान केन्द्र बन्दै

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वनमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको छ । हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा सो केन्द्रको भवन निर्माण हुँदै गरेको मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने उद्देश्यले निर्माण हुन लागेको केन्द्रको भवनको कूल ला...
दशैंभत्ता लिने र दिनेलाई नै कारबाही हुनुपर्छ : प्रमुख सचेतक कार्की

दशैंभत्ता लिने र दिनेलाई नै कारबाही हुनुपर्छ : प्रमुख सचेतक कार्की

विराटनगर । नेपाली काँग्रेस संसदीय दल प्रदेश नम्बर १ का प्रमुख सचेतक केदार कार्कीले कानुनी प्रावधान बिपरीत दशैं भत्ता लिने जनप्रतिनिधि र दिनेलाई पनि कारबाही हुनुपर्ने बताएका छन् । सचेतक कार्कीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै दशैं भत्ता लिनेभन्दा पनि दिने निर्णय गर्नेहरु धेरै दोषी हुने जनाएका छन् । भत्ता सम्बन्धी कुनै ऐन वा कानुन नै नभएकाले कानुन विपरीत कार्य गर्नेलाई कार्वाही गर्न कार्कीले म...
फोनकै भरमा पुरिदै काठमाडौंको सडकका खाल्टाखुल्टी

फोनकै भरमा पुरिदै काठमाडौंको सडकका खाल्टाखुल्टी

काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा फोन गरेकै आधारमा सडकका खाल्टाखुल्टी पुरिन्छन् भन्दा धेरैलाई पत्यार नलाग्न पनि सक्छ । तर, सडक डिभिजन कार्यालय काठमाडौंले कसैले सडकमा खाल्टाखुल्टी परेको देखेर फोन गरेमा त्यसैका आधारमा पनि खाल्टाखुल्टी पुर्दै आएको छ । सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले पछिल्लो समय सर्वसाधारणले फोनबाट गुनासो टिपाएकै आधारमा पनि खाल्टाखुल्टी पुर्ने तथा सडक मर्मत ग...
२०७७ कार्तिक ६ गते बिहिबार/आजको राशिफल

२०७७ कार्तिक ६ गते बिहिबार/आजको राशिफल

बि.सं.२०७७ साल कार्तिक ६ गते बिहिबार ई. सं. २०२० अक्टुवर २२, नेपाल सम्बत ११४० कौलाथ्व षष्ठी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल षष्ठी, चन्द्रमा धनु राशिमा, पूर्वषाढा नक्षत्र, सुकर्मा योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः०८ बजे, सूर्यास्त साँझ ५ः२९ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको य...
धनकुटाका ११ जनामा कोरोना संक्रमण

धनकुटाका ११ जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका ११ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटा नगरपालिकाका ९ जना र साँगुरीगढी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक बिकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार धनकुटा नगरपालिकाका २ महिला ७ पुरुष र साँगुरीगढीका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । तर, नयाँ थपिएका संक्रमितहरु अहिले धनकुटामा नरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख त...
कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट सुरु हुँने

कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट सुरु हुँने

काठमाडौँ । आगामी मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन हुँने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ गतेबाट १६ गतेसम्म परीक्षा संचालन गर्ने गरी बुधबार परीक्षा समय तालिका सार्वजनिक गरेको हो । परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म हुनेछ । यसअघि वैशाख ८ गतेदेखि संचालन गर्ने तयारी गरिएको परीक्षा कोरोनाको महामारीका कारण स्थगित भएको थियो । तर, अब स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर पर...
संखुवासभाको खाँदबारीका वृद्धवृद्धाले पाएनन् भत्ता, दशैंमा निराश

संखुवासभाको खाँदबारीका वृद्धवृद्धाले पाएनन् भत्ता, दशैंमा निराश

किमाथाङ्का । खाँदबारीका वृद्धवृद्धाको यस सालको दशैं खल्लो हुने भएको छ । कोरोना भाइरस संक्रमण तथा बढ्दो महंँगीमा वर्ष दिनको चाडमा मीठोमसिनो खाने र नयाँ लुगा लगाउने आश बोकेका वृद्धवृद्धा निराश भएका छन् । कोरोना महामारीका कारण देखाउँदै खाँदबारी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नदिने भएको छ । सरकारले भत्ता नदिएपछि खाँदबारीका धेरैजसो ज्येष्ठ नागरिकले दशैंँ कसरी मनाउने भन्ने चिन्ता लागेको बताएका छन् ...
प्रदेश १ का अस्पतालमा शय्या अभावमा ज्यान गुमाउँदै कोरोना संक्रमित

प्रदेश १ का अस्पतालमा शय्या अभावमा ज्यान गुमाउँदै कोरोना संक्रमित

धरान । धरान उपमहानगरपालिका– १६ का ४९ वर्षीय एक शिक्षकको गत बुधबार राति होम आइसोलेशनमै मृत्यु भयो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शय्या सोध्दासोध्दै उनको ज्यान गयो । बुधबार राति नै धरान ९ का ५८ वर्षीय पुरुषको मृत्यु भयो । उनलाई प्रतिष्ठानमा अक्सिजन बेड नभएपछि घरमै अक्सिजन किनेर राखिएको थियो । राति ११ बजे अस्पताल पुर्याउँने बित्तिकै उनको ज्यान गएको ९ नं वडाध्यक्ष रत्न कटवालले जानकारी...
छतबाट लड्दा दुई बर्षीय बालकको मृत्यु

छतबाट लड्दा दुई बर्षीय बालकको मृत्यु

ओखलढुंगा । ओखलढुंगामा छतबाट लडेर आज एक बालकको मृत्यु भएको छ । छतबाट लडेर मानेभञ्ज्याङ–७ हर्कपुरका प्रदिप कार्कीका दुई बर्षीय छोरा प्रमेशको मृत्यु भएको हो । विहान करिव साढे ६ बजे आफ्नै घरको छतमा खेल्ने क्रममा लड्दा बालक बेहोस भएका थिए । वेहोस भएका बालकको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
धनकुटाका प्रदेश सांसद पराजुलीमा कोरोना संक्रमण, चालक पनि संक्रमित

धनकुटाका प्रदेश सांसद पराजुलीमा कोरोना संक्रमण, चालक पनि संक्रमित

धनकुटा । धनकुटाका प्रदेश सांसद ईन्द्रमणी पराजुलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हो । सांसद पराजुलीलाई केही दिन अघिदेखि ज्वरो र जिउ दुख्ने समस्या सुरु भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि सोमबार स्वाब दिएका पराजुलीको मंगलबार रिपोर्ट पोजिटिभ आएको हो । मंगलबारदेखि ज्वरो केही कम भएको भएपनि जिउ...
भेडेटारमा ट्रक पल्टिँदा पाँच घाईते

भेडेटारमा ट्रक पल्टिँदा पाँच घाईते

धनकुटा । भेडेटार नजिक ट्रक दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । धरानबाट धनकुटाको डाँडाबजारतर्फ जाँदै गरेको ना.७ ख.२९७ नम्बरको ट्रक दुर्घटना भएको हो । दुर्घटनामा परी दुई जना गंभीर घाईते भएका छन् भने तीन जनाको अवस्था सामान्य छ । इटहरी–५ का ३५ बर्षीय ट्रक चालक सुवास राई र धनकुटाको छ नं.बुधबारेका सह–चालक २५ बर्षीय सञ्जय श्रेष्ठ गंभीर घाईते भएका हुन् । त्यस्तै, पाँचथर दुरबिन्दा–४ का ६४ बर्षीया ...
प्रदेश १ मा एकैदिन थपिए ८५५ कोरोना संक्रमित

प्रदेश १ मा एकैदिन थपिए ८५५ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा मंगलबार ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ६८२ जनाको पीसीआर परीक्षण गर्दा ३४८ महिला र ५२२ पुरुषमा कोरोना संक्रमण देखिएको हो । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै धेरै हो । सुनसरीमा ४४९, मोरङमा ३३७, झापामा ३८, इलाममा १०, उदयपुरमा ७, सोलुखुम्वुमा ६, संखुवासभा र तेह्रथुममा २/२ तथा धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङमा १/१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास ...
मोरङ, सुनसरी र झापामा भन्सार छलेर ल्याएको १४ लाखको सामान बरामद

मोरङ, सुनसरी र झापामा भन्सार छलेर ल्याएको १४ लाखको सामान बरामद

बिराटनगर । मोरङ, सुनसरी र झापामा भन्सार छलेर ल्याएको १४ लाख ६० हजार मूल्य बराबरको सामान प्रहरीले सोमबार बरामद गरेको छ । मोरङबाट ११ लाख, सुनसरीबाट ३ लाख र झापाबाट ६० हजार मूल्य बराबरको सामान बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतका प्रहरी टोलीले ११ लाख मूल्य बराबरको पटका, खाधान्न तथा लत्ता कपडा बरामद गरेको छ । भारतीय सीमा क्षेत्रहरुमा खटिएको प्रहरी टोली तथा विशेष सुरा...
बिराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ

बिराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ

बिराटनगर । बिराटनगर–१६ स्थित दरैयाबाट लागुऔषधसहित मंगलबार बिहान दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–१५ रानीका ३१ बर्षीय शम्भु साह र ३० बर्षीय बिकी राई छन् । विहान करिव साढे चार बजे विशेष सुराकीका आधारमा खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान समुहको टोलीले उनीहरुलाई प्रक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट ६२ बोतल डाईलेक्स डिसी, १८७ ट्याब्लेट नाईट्रोजन र २३८...
उदयपुरमा पौडी खेल्दा डुबेर बालकको मृत्यु

उदयपुरमा पौडी खेल्दा डुबेर बालकको मृत्यु

उदयपुर । पौडी खेल्ने क्रममा डुबेर उदयपुरका एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा चौदण्डिगढी–१० देबधारका ९ बर्षीय बिक्रम चौधरी छन् । सोमबार अपरान्ह ४ बजे देबधार खोलामा पौडी खेल्ने क्रममा डुब्दा उनको मृत्यु भएको हो । बालकको मृत्यु भएपछि आफन्तले गएराती ईलाका प्रहरी कार्यालय बेल्टारमा खबर गरेका थिए । घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
काकाको हत्या गरेर भागेका भतिज छ महिनापछि पक्राउ

काकाको हत्या गरेर भागेका भतिज छ महिनापछि पक्राउ

ओखलढुङ्गा । आफ्नै काकाको हत्या गरी छ महिनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ बान्द्रे घर भई विगत तीन वर्षदेखि पोखरामा मजदुरी गर्दै आएका ५५ वर्षीय टङ्कबहादुर तामाङको हत्या गरेको अभियोगमा प्रहरीले तामाङका दाईका छोरा ४६ वर्षीय इन्द्रबहादुरलाई पक्राउ गरेको हो । गत वैशाख २१ गते पोखरा–२० स्थित जङ्गल छेउमा रहेको पाल तथा स्याउलाले बनाएको छाप्रोमा त...
प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने

प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने भएको छ। सामाजिक विकासमन्त्री जीवन घिमिरेले आफ्ना नागरिकको उपचार खर्च आफैं बेहोरेको र अब पनि उपचार निःशुल्क नै गर्ने जानकारी दिए। ‘यो महामारीमा सबै नागरिक समस्यामा छन्। हामी प्रदेश सरकार सुरुदेखि नै यो महामारी नियन्त्रणमा खटिएका छौं’, मन्त्री घिमिरेले भने, ‘अब पनि कोरोना संक्रमित नागरिकको उपचार निःशुल्क नै हुन्छ। यसमा ...
कोरोना बीमाको भुक्तानी लिन झमेला

कोरोना बीमाको भुक्तानी लिन झमेला

काठमाडौं । कोरोना बिमा गर्नेहरूले पाँच महिनाको अवधिमा ८७ करोड रुपैयाँभन्दा बढी प्रिमियम रकम बुझाएका छन् । नेपालमा गत ७ वैशाखदेखि सुरु गरिएको कोरोना बिमाको आकर्षण अझै बढ्दो क्रममा रहेको छ । पछिल्लो समय काठमाडौं उपत्यकालगायत मुलुकभर कोरोना भाइरस संक्रमितको संख्या गुणात्मक रूपमा बढेसँगै बिमा गर्नेहरूको संख्या पनि बढ्दै गएको छ । जसका कारण सुरुमा निकै आकर्षक रूपमा कोरोना बिमा गराउनेतर्फ आकर्षक प्याक...
२०७७ कार्तिक ४ गते मंगलबार/आजको राशिफल

२०७७ कार्तिक ४ गते मंगलबार/आजको राशिफल

बि.सं.२०७७ साल कार्तिक ४ गते मंगलबार ई. सं. २०२० अक्टुवर २०, नेपाल सम्बत ११४० कौलाथ्व चतुर्थी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल चतुर्थी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, सौभाग्य योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०६ः०७ बजे, सूर्यास्त साँझ ५ः३० बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गु...
धनकुटामा दशैं लक्षित निषेधाज्ञा जारी

धनकुटामा दशैं लक्षित निषेधाज्ञा जारी

धनकुटा । जिल्ला प्रशासन कार्यालयले दशैंलाई लक्षित गर्दै धनकुटामा १२ दिनका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले सोमबार निषेधाज्ञा आदेश जारी गरेका हुन् । यसअघिको भन्दा केही खुकुलो प्रावधानसहित जारी भएको निषेधाज्ञा कात्तिक १५ गतेसम्म जारी रहनेछ । निषेधाज्ञा अवधिमा धनकुटा जिल्लाभर बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म आवतजावत निषेध गरिएको छ । तर, राजमार्गमा चल्ने लामो...
प्रदेश १ सरकारलाई युएनडीपीले दियो ७५ लाखको सामाग्री

प्रदेश १ सरकारलाई युएनडीपीले दियो ७५ लाखको सामाग्री

विराटनगर । युएनडीपीले प्रदेश १ सरकारलाई ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरिएको हो । युएनडीपीले पीसीआर परीक्षणमा प्रयोग हुुने अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन, भेन्टिलेटर तथा अक्सिजन कन्सनट्रेटर लगायत सामाग्री हस्तान्तरण गरे...
इटहरी प्रहरीले फेला पार्यो ३८ थान हराएका मोवाइल

इटहरी प्रहरीले फेला पार्यो ३८ थान हराएका मोवाइल

सुनसरी । इलाका प्रहरी कार्यालय इटहरीले ३८ थान हराएका मोवाइल फेला पारेको छ । मोवाइल फेला परेर प्रहरीले सोमबार सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरेको हो । मोवाइल हराएपछि मोवाइल धनीहरुले प्रहरीमा उजुरी गरेका थिए । सोही आधारमा खोजतलास गरी प्रहरीले गत महिनादेखि हालसम्म करिव १८ लाख ५५ हजार ८ सय मूल्य बराबरका ३८ थान मोवाइल सेट फेला परेर सम्बन्धित धनीलाई बुझाएको हो । ईलाका प्रहरी कार्यालय ईटहरीमा सीडीआर...
लोकसेवाका सबै परीक्षा स्थगित

लोकसेवाका सबै परीक्षा स्थगित

काठमाडौं । कात्तिक १६ गतेदेखि सञ्चालन गर्ने भनिएका लोक सेवा आयोगका सबै परीक्षाहरु स्थगित भएका छन् । आयोगको सोमबार बसेको बैठकले अर्को सूचना नभएसम्मका लागि सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आयोगका कतिपय कर्मचारीहरुमा कोरोना संक्रमण भई परीक्षासँग सम्बन्धित मूख्य शाखाहरुसमेत बन्द गर्नु परेको र कर्मचारीहरु आईसोलेशनमा रहेकाले परीक्षा व्यवस्थापनमा समस्या उत्पन्न भएको भन्दै आयोगले परीक्ष...
error: Content is protected !!