- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाका ११ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटा नगरपालिकाका ९ जना र साँगुरीगढी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक बिकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार धनकुटा नगरपालिकाका २ महिला ७ पुरुष र साँगुरीगढीका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

तर, नयाँ थपिएका संक्रमितहरु अहिले धनकुटामा नरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाँईले जानकारी दिए । धनकुटा स्थायी ठेगाना भएतापनि जिल्ला बाहिर रहेका बेला स्वाब परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सरकारले अहिले स्थायी ठेगानाका आधारमा कोरोना संक्रमितको गणना गर्दै आएको छ । सामाजिक बिकास मन्त्रालयको तथ्यांक अनुसार स्थायी ठेगानाका आधारमा हालसम्म धनकुटाका १४ महिला र ७२ पुरुष गरी ८६ जनामा संक्रमण देखिएको छ ।

तर, धनकुटामै रहेर जिल्लाबाटै स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएका संक्रमितको संख्या भने हालसम्म ६८ मात्र छ । जसमध्ये ५५ जना निको भईसकेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!