- संगालोखबर सम्वाददाता

विराटनगर । नेपाली काँग्रेस संसदीय दल प्रदेश नम्बर १ का प्रमुख सचेतक केदार कार्कीले कानुनी प्रावधान बिपरीत दशैं भत्ता लिने जनप्रतिनिधि र दिनेलाई पनि कारबाही हुनुपर्ने बताएका छन् ।

Advertisement

सचेतक कार्कीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै दशैं भत्ता लिनेभन्दा पनि दिने निर्णय गर्नेहरु धेरै दोषी हुने जनाएका छन् । भत्ता सम्बन्धी कुनै ऐन वा कानुन नै नभएकाले कानुन विपरीत कार्य गर्नेलाई कार्वाही गर्न कार्कीले माग गरेका हुन् । ‘संविधानले दिएको मौलिक अधिकारमा स्वास्थ्य सेवा भएपनि कोरोना कहरका बेला उत्तरदायित्वबाट पन्छिने सरकारलाई सरकार भन्न सकिन्न र यो लोकतान्त्रिक शासन पद्धतिको नीति नियम पनि हैन ।’ विज्ञप्तिमा भनिएको छ ।

जनता महामारीबाट अस्पताल र कतिपय उपचार नपाएर घरमै तड्पीरहेको बेला सरकारले मुकदर्शक भएर मात्र औषधी उपचार नगर्ने घोषणा गर्नु अनुचित कदमको पराकाष्ठा भएको सचेतक कार्कीको ठहर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!