- संगालोखबर सम्वाददाता

काठमाडौं । कात्तिक १६ गतेदेखि सञ्चालन गर्ने भनिएका लोक सेवा आयोगका सबै परीक्षाहरु स्थगित भएका छन् । आयोगको सोमबार बसेको बैठकले अर्को सूचना नभएसम्मका लागि सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

Advertisement

आयोगका कतिपय कर्मचारीहरुमा कोरोना संक्रमण भई परीक्षासँग सम्बन्धित मूख्य शाखाहरुसमेत बन्द गर्नु परेको र कर्मचारीहरु आईसोलेशनमा रहेकाले परीक्षा व्यवस्थापनमा समस्या उत्पन्न भएको भन्दै आयोगले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

आयोगले यसअघि निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका परीक्षाहरु कात्तिक १६ गतेदेखि सञ्चालन गर्ने भनेको थियो । तर, अब ती सबै परीक्षा स्थागित भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!