- संगालोखबर सम्वाददाता

काठमाडौँ । आगामी मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन हुँने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ गतेबाट १६ गतेसम्म परीक्षा संचालन गर्ने गरी बुधबार परीक्षा समय तालिका सार्वजनिक गरेको हो ।

Advertisement

परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म हुनेछ । यसअघि वैशाख ८ गतेदेखि संचालन गर्ने तयारी गरिएको परीक्षा कोरोनाको महामारीका कारण स्थगित भएको थियो ।

तर, अब स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गर्न लागिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!