राजीनामापछि गुप्ताले लेखे– नखाएको विषको शिकार भएँ
विराटनगर । घुस डिल अडिओ प्रकरणमा मुछिएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा दिएका राजकुमार गुप्ताले आफू प्रविधिको शिकारमा परेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गुप्ताले विगत केही दिन अघिदेखि निरन्तर आफ्नो नाम घुस डिलसँग जोडेर प्रचार भएको उल्लेख गरेका छन् ।
‘कहिलेकाँही नखाएको विष पनि लाग्दो रहेछ । म अहिले त्यसैको शिकार भएँ’, उनले लेखेका छन्, ‘अब लागेका आर...































