८ अर्ब २६ करोड ८० लाख मूल्यको धानबालीमा क्षति
काठमाडौं । गत सात आएको बेमौसमी अविरल वर्षाले मुलुकभर ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको भिœयाउँदै गरेको धानबालीमा क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार सातवटा प्रदेशका विभिन्न जिल्ला गरी ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको ३ लाख २५ हजार २ सय ५८ मेट्रिक टन धानमा क्षति भएको हो ।
मन्त्रालय प्रवक्ता प्रकाशकुमार सन्जेलले बेमौसमी वर्षाले कारण सातवटा प्रदेशका विभि...





























