भेडेटारबाट उडेको प्याराग्लाइडिङ सप्तकोशीमा पुगेर दुर्घटना
धनकुटा । भेडेटारबाट उडेको प्याराग्लाइडिङ सप्तकोशीमा पुगेर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । प्याराग्लाइडिङ खस्दा धरान उपमहानगरपालिका–१ का ४८ बर्षीय रोशन अधिकारी घाइते भएका हुन् ।
भेडेटारस्थित बुद्ध बिहारबाट आइतवार दिउँसो प्याराग्लाइडिङ उडेको थियो । दिउँसो करिब २ बजे उदयपुरको बेलका नगरपालिका–८ लाहुरेखोचस्थित सप्तकोशी नदीको किनारमा प्याराग्लाइडिङ खसेको प्रहरीले जनाएको छ । बर्षासँगै आएको हावा...


























