संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा प्रहरीले आइतवार गाँजा खेती फडानी गरेको छ । साँगुरीगढी–७ तपचुवाको करिब १० रोपनी क्षेत्रफलमा लगाइएको ६ हजार ५ सय बोट गाँजा फडानी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी सहायक निरीक्षक गजेन्द्र घिमिरेको नेतृत्वमा खटिएको प्रहरी टोलीले गाँजा खेति फडानी गरी जलाएर नष्ट गरेको हो । धनकुटाको सहिदभूमिसहित बिभिन्न क्षेत्रमा व्यावसायीक रुपमा गाँजा खेति हुँने गरेको छ ।

स्थानीयबासीले गाँजा खेति गर्ने र प्रहरीले गाँजा फडानी गर्ने क्रम हरेक बर्ष चल्ने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!