विद्यार्थीले गरे धनकुटा बजार क्षेत्र सफाइ

विद्यार्थीले गरे धनकुटा बजार क्षेत्र सफाइ

धनकुटा । तमोर भ्याली माध्यमिक विद्यालयका विद्यार्थीहरुले धनकुटा बजार क्षेत्रमा सफाइ गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा उनीहरुले बजार क्षेत्र सफाइ गरेका हुन् । विद्यालयका प्रिन्सिपल दुर्गाप्रसाद लुईँटेलले विद्यालय प्रांगणमा फूलको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । विद्यार्थीहरुले पनि विद्यालय परिसरमा वृक्षरोपण गरेका थिए । विद्यार्थीहरुले विद्यालय परिसरदेखि सब्जी लाइन, मदनचोक, हुल...
खैरो हेरोइनसहित संखुवासभाबाट भारतीय नागरिक पक्राउ

खैरो हेरोइनसहित संखुवासभाबाट भारतीय नागरिक पक्राउ

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–१ बाट खैरो हेरोइनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको बिहार घर भएका ३० वर्षीय एमडी साहेवजान बुधबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार विशेष सूचनाका आधारमा साहेवजानलाई बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो । केही समयदेखि उनले लागूऔषधको कारोबार गरिरहेको सूचना आएको पाएको प्रहरीले ...
पैनी र नाला सफाइ गर्दै विराटनगर महानगर

पैनी र नाला सफाइ गर्दै विराटनगर महानगर

विराटनगर । विराटनगर महानगरलाई डुबानमुक्त बनाउन महानगरपालिकाले नाला र पैनी तथा ढल सफाइ गर्न थालेको छ । विगतमा समयमै नाला, पैनी र ढल सफा नगर्दा सामान्य वर्षामै महानगरका विभिन्न क्षेत्र जलमग्न हुने गरेको थियो । कोशी प्रदेश संसद भवन अगाडिबाट सुरु गरिएको ढलको सफाइ विभिन्न वडामा जारी रहेको महानगरले जनाएको छ । मेयर नागेश कोइरालाले बिहीबार विराटनगर–६ स्थित केशलिया रोडको नालाको सफाइको अनुगमन गरेका थिए ।...
कोशी अस्पतालको मेसुमा डा. सिंह नियुक्त

कोशी अस्पतालको मेसुमा डा. सिंह नियुक्त

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको मेडिकल सुपरिण्टेण्डेण्ट (मेसु) मा डा. रविनराज सिंह नियुक्त भएका छन् । बुधबारको मन्त्रिस्तरीय निर्णयअनुसार डा. सिंहलाई ११ महिनापछि पुनः मेडिकल सुपरिण्टेण्डेण्टमा नियुक्त गरिएको हो । सिंह यसअघि पनि मेसु भएका थिए । तर नियुक्त भएको पाँच महिनामा उनलाई हटाएर डाक्टर चन्दभाल झालाई मेसु नियुक्त गरिएको थियो । २०७९ फागुनमा अस्पतालको मेसु नियुक्त भएका उनलाई पाँच महिन...
आफैंलाई आगो लगाएका विराटनगरका कामतको उपचारका क्रममा मृत्यु

आफैंलाई आगो लगाएका विराटनगरका कामतको उपचारका क्रममा मृत्यु

विराटनगर । पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका विराटनगरका ३९ वर्षीय पवनकुमार कामतको मृत्यु भएको छ । जलेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । कामतले विराटनगर–७ मा मंगलबार बेलुका शरीरमा पेट्रोल खन्याएर आफैंलाई आगो लगाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । आगोले शरीरको करिब ७० प्रतिशत भाग जलेका कामतको कोशी अस्पतालमा उपचार भइरहेको थियो । ...
‘धार्मिकस्थल वरपर मदिरा बिक्री गर्दा साधुसन्तको ज्यान जोखिममा’

‘धार्मिकस्थल वरपर मदिरा बिक्री गर्दा साधुसन्तको ज्यान जोखिममा’

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित गणेश गंगा मन्दिरका संस्थापक काशी गिरीले आफ्नो ज्यान जोखिममा परेको बताएका छन् । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै गिरीले आफूमाथि बारम्बार धाकधम्की र कुटपिट भएको भन्दै ज्यान जोखिममा परेको बताएका हुन् । गुठीको नाममा रहेको जग्गामा २०७१ सालमा आफ्नै खर्चमा मन्दिर निर्माण गरेको भएपनि अहिले आएर केही व्यक्तिहरूले आफूलाई हटाउन खोजेको उनले बताए । उ...
कुटपिटबाट धरानका युवकको मृत्यु, ३ जना पक्राउ

कुटपिटबाट धरानका युवकको मृत्यु, ३ जना पक्राउ

सुनसरी । सुनसरीको धरानमा कुटपिट गरी एक युवकको हत्या भएको छ । प्रहरीका अनुसार धरान उपमहानगरपालिका–१९ भिक्टोरिया चोकका १८ वर्षीय ताङ्छुहाङ लिम्बुको कुटपिट गरी हत्या गरिएको हो । गत आइतबार राति उनीमाथि कुटपिट भएको थियो । तीनजनाको समूहले कुटपिट गर्दा गम्भीर घाइते भएका लिम्बुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचार गरिएको थियो । थप उपचारका लागि विराटनगरस्थित न्युरो अस...
साताव्यापी कार्यक्रम आयोजना गर्दै विराटनगर जेसीज

साताव्यापी कार्यक्रम आयोजना गर्दै विराटनगर जेसीज

विराटनगर । विराटनगर जेसीजले विभिन्न कार्यक्रम गरी ‘जेसीज सप्ताह’ मनाउने भएको छ । ५१ वर्षको इतिहास बोकेको विराटनगर जेसीजले जेठ २६ गतेदेखि एक सातासम्म विभिन्न कार्यक्रम गर्ने भएको हो । जेठ २६ गते सहिद रङ्गशालामा दौड प्रतियोगिता आयोजना गरिने विराटनगर जेसीजका अध्यक्ष तुलसी निरौलाले जानकारी दिए । दौडमा प्रथम हुनेलाई ५ हजार, दोस्रो हुनेलाई ३ हजार र तेस्रो हुनेलाई २ हजार पुरस्कार प्रदान गरिनेछ । जेठ ...
खोलाले बगाएर संखुवासभामा बालकको मृत्यु

खोलाले बगाएर संखुवासभामा बालकको मृत्यु

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–२ च्यामताङका एक बालकको खोलाले बगाएर मृत्यु भएको छ । च्यामताङ घर भई हाल भोटखोला गाउँपालिका–४ स्याक्सिलागोला बजारमा बस्दै आएका नापाङ भोटेका चार वर्षीय छोरा नामायाङ भोटेको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय कृष्ण माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत भोटे छुट्टी भएपछि विद्यालय नजिकै रहेको वाङ खोलामा पौडी खेल्ने क्रममा बगेका थिए । उनी ब...
एमाले सुनसरी अध्यक्ष खनालको निधन

एमाले सुनसरी अध्यक्ष खनालको निधन

सुनसरी । नेकपा एमाले सुनसरीका नवनिर्वाचित अध्यक्ष निलम खनालको निधन भएको छ । गत जेठ ७ गते सम्पन्न एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित खनालको गएराती निधन भएको हो । उनी लामो समयदेखि प्याङ्क्रियाजको समस्याबाट पीडित थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि भारतको हैदरावाद लगिदै थियो । हैदरावाद जाने क्रममा गएराती करिब २ बजे कागजनगर भन्ने स्थानमा पुग्दा अध्यक्ष खनालक...
२०८१ जेठ २४ गते बिहीबार/आजको राशिफल

२०८१ जेठ २४ गते बिहीबार/आजको राशिफल

बि.सं.२०८१ जेठ २४ गते बिहीबार ई.सं.२०२४ जून ०६ नेपाल सम्वत् ११४४ बछलागा आमै, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ कृष्ण औंसी, चन्द्रमा वृष राशिमा रोहिणी नक्षत्र, धृति योग, चतुष्पद करण । आज नेपालमा सूर्योदय बिहान ०५ः०७ बजे, सूर्यास्त साँझ ०६ः५७ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै म महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपन...
धनकुटा र कनकाई फाइनलमा भिड्ने पक्का

धनकुटा र कनकाई फाइनलमा भिड्ने पक्का

धनकुटा । धनकुटा नगरपालिका यहाँ जारी सहिद रामकृष्ण श्रेष्ठ चौथो संस्करण महिला फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा छथरजोरपाटी गाउँपालिकालाई ० का विरुद्ध ३ गोलले हराउँदै धनकुटा उपाधिनजिक पुगेको हो । धनकुटाका लागि पहिलो हाफको १८ मिनेट र दोस्रो हाफको ३ मिनेटमा सन्जु तामाङले गोल गरिन् । २० मिनेटमा विपना राईले थप एक गोल गरी आफ्नो टिमलाई विजयी बनाउन सफल भइन् । खेल...
धनकुटाको सहिदभूमिमा चित्रकला र वक्तृत्वकला प्रतियोगिता

धनकुटाको सहिदभूमिमा चित्रकला र वक्तृत्वकला प्रतियोगिता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले आयोजना गरेको चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको सहयोगमा सञ्चालन भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो । अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गत समावेशी बाल क्लब तथा सामुदायिक विद्यालयहरूका लागि प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा चित्रकलातर्फ सबिन राई प्...
बीमा भुक्तानीमा धेरै झन्झटः यातायात व्यवसायी

बीमा भुक्तानीमा धेरै झन्झटः यातायात व्यवसायी

विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा बुधबार विराटनगरमा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयमा नेपाल प्रहरी तथा यातायात व्यवसायीबीच अन्तरक्रिया गरिएको हो । मोटर बीमाका विषयमा भएका ऐन कानुनबारे जानकारी गराउँदै सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम गरिएको प्राधिकरणले जनाएको छ । अन्तरक्रियामा यातायात व्यवसायीहरूले बीमा भुक्तानीका लागि वि...
कोशीका विभिन्न जिल्लामा असारदेखि खेलकुदका १२ प्रतियोगिता

कोशीका विभिन्न जिल्लामा असारदेखि खेलकुदका १२ प्रतियोगिता

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा असारदेखि खेलकुदका फरक विधामा १२ वटा प्रतियोगिताहरु आयोजना गरिने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा ती प्रतियोगिता सञ्चालन हुनेछन् । बोर्डले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी यरबारे जानकारी दिएको हो । बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) का अनुसार प्रतियोगिताहरु असार १५ गतेभित्रमा सक्ने योजना छ । बोर्डका अनुसार प्रदेशस्तरीय पुर...
मोरङको उर्लाबारीमा छतबाट खसेर कामदारको मृत्यु

मोरङको उर्लाबारीमा छतबाट खसेर कामदारको मृत्यु

विराटनगर । मोरङको उर्लाबारीमा घरको छतबाट खसेर बुधबार एकजना कामदारको मृत्यु भएको छ । स्थानीय जेनिस लिम्बुको निर्माणाधीन घरको दोस्रो तलाबाट खसेर उर्लाबारी–२ का ४८ वर्षीय सनिकुमार श्रेष्ठको मृत्यु भएको हो । छतबाट तल भुइँमा खस्दा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि विराटनगरको कन्चनबारीस्थित आर्या न्युरो अस्पताल ल्याइएको थियो । ल्याएको केही बेरमै चिकित्सकले उनको मृत्यु भइसकेको जानकारी दिएको प्...
विराटनगरका कामतले आफ्नै शरीरमा लगाए आगाे

विराटनगरका कामतले आफ्नै शरीरमा लगाए आगाे

विराटनगर । विराटनगर महानगरपालिका–२ का एकजना व्यक्तिले आफ्नै शरीरमा आगो लगाएका छन् । स्थानीय ३९ वर्षीय पवनकुमार कामतले मंगलबार राति शरीरमा पेट्रोल खन्याएर आफैंलाई आगो लगाएको प्रहरीले जनाएको छ । जलेर गम्भीर घाइते भएका कामतको कोशी अस्पतालमा उपचार भइरहेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उनको शरीरको अधिकांश भाग जलेको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्र...
धनकुटा नगरका कर्मचारीद्वारा वृक्षरोपण

धनकुटा नगरका कर्मचारीद्वारा वृक्षरोपण

धनकुटा । धनकुटा नगरपालिकाका कर्मचारीहरूले वृक्षरोपण गरेका छन् । विश्व वातावरण दिवसको अवसर पारेर नगरका कर्मचारीहरूले आज बिहान कार्यालय आसपास क्षेत्रमा वृक्षरोपण गरेका हुन् ।  नगर परिसरमा सरसफाइ गरेर आसपास क्षेत्रमा वृक्षरोपण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले जानकारी दिए । कर्मचारीहरूले सिरिस र फूल प्रजातिका करिब एक सय वटा बिरुवा रोपेका छन् । नगर आसपास क्षेत्रको सौन्दर्यताक...
धनकुटाको पाख्रीबासकी मिर्गौला पीडितद्वारा सहयोगको अपिल

धनकुटाको पाख्रीबासकी मिर्गौला पीडितद्वारा सहयोगको अपिल

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–४ की अनिशा कार्कीले आफ्नो उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेकी छन् । दुवै मिर्गौला ‘फेल’ भएपछि उपचारमा समस्या भएका कारण उनले सहयोगको अपिल गरेकी हुन् । स्थानीय कुलबहादुर कार्की र कमला बरुवालकी छोरी २५ वर्षीया अनिशाको दुबै मिर्गौलामा खराबी आएपछि हाल पाटन हस्पिटलमा उपचार भइरहेको छ । आर्थिक अभावका कारण थप उपचारमा समस्या भएको उनले बताएकी छन् । कार्की करि...
झापाका ६ वटा पालिका बाढीको उच्च जोखिममा

झापाका ६ वटा पालिका बाढीको उच्च जोखिममा

झापा । यो मनसुन अवधिमा सबैभन्दा बढी असर कोशी प्रदेशमा पर्ने अनुमान गरिएको छ । कोशी प्रदेशको पनि झापा जिल्लामा यसको प्रभाव धेरै पर्ने अनुमान छ । झापाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी गरिएको जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ । समितिले आपतकालीन आश्रयस्थल तोक्ने, राहत वितरणको मापदण्ड बनाउने, जोखिममा पर्नसक्ने घरधुरीको तथ्याङ्क सङ्कलन गर्ने र विपद्...
२०८१ जेठ २३ गते बुधबार/आजको राशिफल

२०८१ जेठ २३ गते बुधबार/आजको राशिफल

बि.सं.२०८१ जेठ २३ गते बुधबार ई.सं.२०२४ जून ०५ नेपाल सम्वत् ११४४ बछलागा चतुर्दशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ कृष्ण चतुर्दशी, चन्द्रमा वृष राशिमा कृत्तिका नक्षत्र, सुकर्मा योग, भद्रा करण । आज नेपालमा सूर्योदय बिहान ०५ः०७ बजे, सूर्यास्त साँझ ०६ः५७ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै म महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा धनियाँ मुखमा राखेर जुनसुक...
टी–२० विश्वकप: नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

टी–२० विश्वकप: नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

विराटनगर । अमेरिकामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा आफ्नाे पहिलाे खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएकाे छ । नेपालले दिएकाे १ सय ७ रनकाे लक्ष्य नेदरल्यान्ड्सले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायाे । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले नट आउट ५४ रन बनाए । नेपालका साेमपाल कामी, दीपेन्द्रसिंह ऐरीले अबिनाश बाेहराले समान १ विकेट लिए । यसअघि अमेरिकाकाे डालासमा रहेकाे ग्राण्ड प्रेरी क्रि...
बर्जुको रामसीता माविमा आगलागी हुँदा ५० लाखको क्षति

बर्जुको रामसीता माविमा आगलागी हुँदा ५० लाखको क्षति

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ भीमनगरस्थित रामसीता माध्यमिक विद्यालयको कम्प्युटर ल्याबमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीबाट ल्याबमा भएका सम्पूर्ण उपकरणमा क्षति पुगेको छ । २०७४ सालबाट प्राविधिक धारमा पढाइ सुरु गरेको उक्त विद्यालयमा २०७६ सालमा कम्प्युटर ल्याब स्थापना भएको थियो । सोमबार राति एक्कासी ल्यावमा आगलागी हुँदा करिब ५० लाखको क्षति भएको विद्यालयले जनाएको छ । ...
धनकुटामा महिला फुटबलः कनकाई नगर सेमिफाइनलमा

धनकुटामा महिला फुटबलः कनकाई नगर सेमिफाइनलमा

धनकुटा । झापाको कनकाई नगरपालिका धनकुटामा जारी सहिद रामकृष्ण श्रेष्ठ चौथो संस्करण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा धनकुटाको साँगुरीगढी गाउँपालिकालाई ० का विरुद्ध ६ गोलले पराजित गर्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको ३ मिनेटमा कनकाईकी प्रतीक्षा राईले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । ८ मिनेटमा कनकाईकै जेनिफोर रानामगरले गोल गरिन् भने टिम...
छिचोलियो अरुण-३ जलविद्युत परियोजनाको सुरुङ

छिचोलियो अरुण-३ जलविद्युत परियोजनाको सुरुङ

संखुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहालले अरुण–३ जलविद्युत परियोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरेका छन् । अन्तिम विन्दुमा ‘ब्रेक थ्रु’ गरिएसँगै ११.८३ किलोमिटर लम्बाइको सुरुङ छिचोलिएको छ । संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङको अन्तिम भागमा विष्फोट गराइ ‘ब्रेक थ्रु’ गरिएको हो । त्यस अवसरमा प्रधानमन्त्री दाहालले ऊर्जा क्षेत्रको व...
बिजुली खम्बामा साइकल ठोक्किएर मोरङको बेलबारीमा वृद्धको मृत्यु

बिजुली खम्बामा साइकल ठोक्किएर मोरङको बेलबारीमा वृद्धको मृत्यु

विराटनगर । बिजुलीको खम्बामा ठोक्किएर भएको दुर्घटनामा मोरङको बेलबारीमा एकजना साइकलयात्रीको मृत्यु भएको छ । बेलबारी नगरपालिका–५ मा भएको दुर्घटनामा स्थानीय ६० वर्षीय टीकाराम पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरबाट सोमबार साँझ हिँडेका उनी नफर्किएपछि खोजी गरिएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार खोजीका क्रममा पुरी घरनजिकै मंगलबार बिहान मृत अवस्थामा फेला पर...
टिपरको ठक्करले उदयपुरमा दुईजनाको मृत्यु

टिपरको ठक्करले उदयपुरमा दुईजनाको मृत्यु

उदयपुर । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मंगलबार बिहान उदयपुरमा दुईजनाको मृत्यु भएको छ । टिपरको ठक्करले मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो । मदन भण्डारी लोकमार्ग हुँदै गाईघाटबाट बेलटार गइरहेको प्र १–०२– ००१ ख ८५१४ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको प्र–१–०२–९५२ प ३९५८ नम्बरको मोटरसाइकललाई फूलजोरमा ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी निरीक्षक विद्यालाल सा...
धरान र संखुवासभामा विष्फोटक पदार्थ, बन्दुकसहित ३ जना पक्राउ

धरान र संखुवासभामा विष्फोटक पदार्थ, बन्दुकसहित ३ जना पक्राउ

विराटनगर । संखुवासभा र सुनसरीबाट विष्फोटक पदार्थ र हतियारसहित तीनजना पक्राउ परेका छन् । सुनसरीको धरान उपमहानगरपालिका–१७ सिंहदेवी सामुदायिक वनबाट भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई सोमबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय दरेश राई छन् । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको टोलीले उनलाई एउटा भरुवा बन्दुक, छर्रा र बारुदसहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ...
धनकुटामा एक युवकमाथि खुकुरी प्रहार

धनकुटामा एक युवकमाथि खुकुरी प्रहार

धनकुटा । धनकुटा नगरपालिका–६ अमलेटारमा आज बिहान एक युवकमाथि खुकुरी प्रहार भएको छ । औद्योगिक ग्राम नजिक घर भएका १६ वर्षीय सुमन भुजेलमाथि बिहान करिब १०ः१५ बजे खुकुरी प्रहार भएको हो । धनकुटाकै एक युवाले उनीमाथि खुकुरी प्रहार गरेको बताइएको छ । उनको पहिचान खुल्न बाँकी छ । खुकुरी प्रहारबाट भुजेलको गर्धनमा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । जिल्ला अस्पतालम...
झरनाबाट लडेर पाँचथरमा एकजनाको मृत्यु, २ जना घाइते

झरनाबाट लडेर पाँचथरमा एकजनाको मृत्यु, २ जना घाइते

पाँचथर । पाँचथरको फालेलुङस्थित मुवा झरनाबाट लडेर एकजना युवकको मृत्यु भएको छ । सँगै घुम्न गएका उनका दुईजना साथी घाइते भएका छन् । प्रहरीका अनुसार फालेलुङ गाउँपालिका–५ र ६ वडाको सिमानामा रहेको झरना क्षेत्र घुम्न गएका फिदिम नगरपालिका–२ का १८ वर्षीय एल्सन मगरको लडेर मृत्यु भएको हो । टाउको पछाडि गहिरो चोट लागेका उनको पाँचथर जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि झापास्थित सुविधासम्पन्न अस्पताल लैजान रिफ...
मनसुनजन्य विपतबाट यो वर्ष सबैभन्दा बढी कोशी प्रदेश प्रभावित हुने

मनसुनजन्य विपतबाट यो वर्ष सबैभन्दा बढी कोशी प्रदेश प्रभावित हुने

विराटनगर । यो वर्षको मनुसन अवधिमा सबैभन्दा धेरै कोशी प्रदेश प्रभावित हुने अनुमान गरिएको छ । मनसुनजन्य विपतबाट सबैभन्दा बढी कोशी र सबैभन्दा कम कर्णाली प्रदेश प्रभावित हुने राष्ट्रिय विपत् जोखिम न्यूनीकरण प्राधिकरणले अनुमान गरेको हो । यस वर्षको मनसुन जेठ ३१ गते नेपाल भित्रिने भएको छ । मनसुन झन्डै चार महिना रहेर असोज १७ गते बाहिरिने प्रक्षेपण गरिएको छ । मनसुन अवधिभर १८ लाख जनसंख्या प्रत्यक्ष प्रभा...
error: Content is protected !!