सांसद दीपक मनाङे पक्राउ

सांसद दीपक मनाङे पक्राउ

काठमाडौं । गण्डकी प्रदेश सभाका सांसद दीपक मनाङे काठमाडौंबाट पक्राउ परेका छन् । उनलाई आज सानो भर्‍याङबाट पक्राउ गरिएको हो । मनाङेलाई ज्यान मार्ने उद्योग मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो । उनलाई २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो । चक्रे मिलनमाथि आक्रमण गरेको अभियोगमा मनाङेलाई सजाय सुनाइएको थियो...
सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

विराटनगर । आज सुनको मूल्य तोलामा दुई हजार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६२ हजार छ सय रुपैयाँ कायम भएको छ । हिजो तोलामा एक हजार घटेर सुन तोलामा एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा ३० रुपैयाँ घटेर चाँदी एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा एक हजार नौ सय...
२०८१ कार्तिक २७ गते मङ्गलवार/आजको राशिफल 

२०८१ कार्तिक २७ गते मङ्गलवार/आजको राशिफल 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मिलनसार साथीले नै विश्वासघात गर्न सक्छन् । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । कुनै कुराले अनुहारमा चमक र मनमा शान्ति मिल्नेछ । नजिकको मित्रसँग भेटघाट पनि हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) गरेको कार्यमा वाधा आइपर्ला । ...
सहिदभूमिका युवा एक महिनादेखि बेपत्ता

सहिदभूमिका युवा एक महिनादेखि बेपत्ता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-२ छिन्ताङका युवा हरी कार्की एक महिना अघिदेखि बेपत्ता छन् । गुठिखेत घर भएका २७ वर्षीय कार्की गत असोज २७ गतेबाट परिवारसँग सम्पर्कविहीन भएका हुन् । परिवार स्रोतका अनुसार दशैं टीकाको दिनसम्म उनी घरमै थिए । टीकाको भोलिपल्टबाट उनी बेपत्ता भएको हरीका दाजु रुद्रबहादुरले जानकारी दिए । ‘टीकाको भोलिपल्टबाट भाइ सम्पर्कमा छैन, कहाँ छ, के भयो केही अत्तोपत्तो छैन,’ दाजु र...
महिला टी-२० क्रिकेटमा राजविराज विजयी  

महिला टी-२० क्रिकेटमा राजविराज विजयी  

विराटनगर । प्रथम नेपाल हव महिला टी-२० क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा पाहुना टोली राजविराज विजयी भएको छ । आज विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको अन्तिम खेलमा राजविराजले घरेलु टोली विराटनगरलाई ८ विकेटले पराजित गरेको हो । ३ खेलको सिरिजमा विराटनगरले २ र राजविराजले १ मा जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९९ रन बनाएको थियो ।...
कोशीका सांसद अधिकारी पक्राउ बारे प्रदेश सभाले निकाल्यो सूचना

कोशीका सांसद अधिकारी पक्राउ बारे प्रदेश सभाले निकाल्यो सूचना

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी पक्राउ परेको बारे प्रदेशसभा सचिवालयले सूचना टाँस गरेको छ ।   आज कोशी प्रदेशसभाका कार्यवाहक सचिव गौतमराज अमात्यले सूचना जारी गरेका हुन् । सूचनामा लिखत तथा मानव बेचबिखन सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट प्रदेश सभा सदस्य अधिकारीविरुद्ध पक्राउ अनुमति जारी भएको उल्लेख गरिएको छ । अधिकारीलाई पक्राउ थरी थप अनुसन्धानका ल...
गाउँमै डेरी खुलेपछि महालक्ष्मीका कृषक हर्षित

गाउँमै डेरी खुलेपछि महालक्ष्मीका कृषक हर्षित

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ स्थित मूलखर्कका कृषक दूध बेच्न घण्टौँ हिँड्नुपर्थ्यो । डेरी टाढा भएकाले हिँड्नु उनीहरूको बाध्यता थियो । स्थानीय सिताराम कटवालले डेरी सञ्चालनमा ल्याएपछि भने दुग्ध कृषकको बाध्यता हटेको छ । करिब तीन वर्ष अघि कटवालले एक सय ५० लिटर दूध सङ्कलन गर्न सक्ने गरी डेरी सञ्चालन गरेका थिए । अघिले दैनिक आठ सय लिटरभन्दा बढी दूध सङ्कलन गर्न थालेका छन् । उनले स्थानीय दुई ...
ग्रामथान उपनिर्वाचन : प्रमुख दलले टुङ्ग्याए उम्मेदवार

ग्रामथान उपनिर्वाचन : प्रमुख दलले टुङ्ग्याए उम्मेदवार

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदको लागि हुने उपनिर्वाचनका लागि प्रमुख दलहरूले उम्मेदवारको टुङ्गो लगाएका छन् । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दलहरूले उम्मेदवार टुङ्गो लगाएर प्रचारप्रसार तीव्र बनाएका छन् । नेपाली काङ्ग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाएको छ । पालिका कमिटीबाट ११ जनाको नाम सिफारिस भएकोमा काङ्ग्रेसले सरदारलाई उम्मेदवार बनाएको हो । माओवादी केन्द्रले पूर्ववडाध...
ब्राउन सुगरसहित पाँच जना पक्राउ

ब्राउन सुगरसहित पाँच जना पक्राउ

विराटनगर । मोरङ र सुनसरीबाट ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । हिजो साँझ अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको छ । विराटनगर-१७ मटेहर्वाबाट विराटनगर-११ का ३७ वर्षीय राजेन्द्र पोखरेल र विराटनगर-१० का ४२ वर्षीय कुशल थापालाई ५९० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१...
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको हो ।  आज सुन प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो सुन तोलामा एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो ।  आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा ५ रुपैयाँ घटेर चाँदी एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ए...
धरान आउँदै प्रधानमन्त्री ओली

धरान आउँदै प्रधानमन्त्री ओली

सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओली आज धरान आउँदैछन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहका लागि प्रधानमन्त्री ओली धरान आउन लागेका हुन् । प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओली बिहान १० बजे विराटनगर विमानस्थल हुँदै धरान आउने सुनसरीका प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यू बिहान १० बजे विराटनगर एयरपोर्ट हुँदै धरान आउँदै ...
२०८१ कार्तिक २६ गते सोमबार/आजको राशिफल

२०८१ कार्तिक २६ गते सोमबार/आजको राशिफल

बि.सं.२०८१ कार्तिक २६ गते सोमबार ई.सं.२०२४ नोभेम्बर ११ नेपाल सम्वत् ११४५ कछलाथ्व दशमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक शुक्ल दशमी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, व्याघात योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६ः२१ बजे, सूर्यास्त साँझ ०५ः१३ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐना...
प्रथम नेपाल हव महिला क्रिकेटमा विराटनगर विजयी  

प्रथम नेपाल हव महिला क्रिकेटमा विराटनगर विजयी  

विराटनगर । प्रथम नेपाल हव महिला २०-२० क्रिकेटमा विराटनगर विजयी भएको छ । विराटनगर र राजविराज हव महिला टिमबीच भएको तीन खेलमा विराटनगरले २-० को अग्रता लिएको छ । आज मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको दोस्रो खेलमा विराटनगरले राजविराजलाई ७० रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको विराटनगरले १९ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै एक सय १२ रन बनायो । विराटनगरका लागि प्रिन्सा मगरले २८ रन बनाउँदा क...
उर्लाबारीबाट दुई लाख ५० हजार मूल्य पर्ने अवैध कपडा बरामद

उर्लाबारीबाट दुई लाख ५० हजार मूल्य पर्ने अवैध कपडा बरामद

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याउँदै गरेको कपडा बरामद गरेको छ । हिजो उर्लाबारी-४ बक्रा पुल स्थित पश्चिमबाट पूर्वतर्फ गइरहेको को १ ह ६३०९ नम्बरको अटोबाट कपडा बरामद गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा कपडा फेला पारेको थियो । दुई लाख ५० हजार मूल्य ...
कोशीमा कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ? 

कोशीमा कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ? 

विराटनगर । कोशी प्रदेशमा एक पालिका अध्यक्ष, एक जिल्ला समन्वय समिति प्रमुख र सात वडाध्यक्षको लागि उपनिर्वाचन हुँदैछ । विभिन्न कारणले रिक्त रहेका पदमा उम्मेदवारको टुङ्गो लगाउन दलहरू जुटिरहेका छन् । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । नेपाली काङ्ग्रेसबाट निर्वाचित पालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको मृत्यु भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो । झापाको कन्...
कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं लगिदैँ 

कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं लगिदैँ 

विराटनगर । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौं लगिदैँछ । उनलाई अहिले २ः३० बजे विराटनगर विमानस्थलबाट काठमाडौं लान लागिएको मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले जानकारी दिए । अहिले पूर्वमन्त्री अधिकारीलाई विराटनगर विमानस्थलमा राखिएको छ । आज केहीबेर अघि आफ्नै निवासबाट पक्राउ परेका अधिकारीले अनुसन्धानलाई सहयोग पुर्‍याउन हिँडेको प्रतिक्रिया द...
सङ्खुवासभाको भीरमा भेटियो शव, हत्या आरोपमा एक जना पक्राउ 

सङ्खुवासभाको भीरमा भेटियो शव, हत्या आरोपमा एक जना पक्राउ 

सङ्खुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिका-३ का ३६ वर्षीय विकास राईको शव भीरमा भेटिएको छ । आपराधिक पृष्ठभूमिका उनको शव भीरमा भेटिएको प्रहरीले जनाएको छ । चिचिला गाउँपालिका-३ स्थित भीरबाट सडेको अवस्थामा उनको शव निकालिएको सङ्खुवासभा प्रहरीले जनाएको छ । हिजो साँझ भीरमा शव रहेको थाहा भएपनि आज बिहान मात्रै शव निकालिएको हो । घटनाको प्रकृति हेर्दा हत्या गरेर भीरबाट शव फ्याँकेको प्रष्ट हुने प्रहरीले ज...
मानव तस्करको आरोपमा पूर्वमन्त्री अधिकारी पक्राउ 

मानव तस्करको आरोपमा पूर्वमन्त्री अधिकारी पक्राउ 

विराटनगर । कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । मानव तस्करको आरोप लागेका अधिकारीलाई विराटनगरस्थित निवासबाट पक्राउ गरिएको हो । उनलाई आज केहीबेरमा विमानमार्फत काठमाडौं लग्ने तयारी भइरहेको छ । मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई जापान गएका उनलाई मानव तस्करको आरोप लागेको छ ।
मनमोहन प्राविधिक विश्वविद्यालयमा कानुन पढाइ हुने  

मनमोहन प्राविधिक विश्वविद्यालयमा कानुन पढाइ हुने  

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ स्नातक र स्नातकोत्तर तहको पढाइ सुरु गर्ने भएको छ । विश्वविद्यालयले विराटनगरमा कलेज स्थापना गरेर मङ्सिरदेखि स्नातकतर्फ बिबिए एलएलबी र स्नातकोत्तरतर्फ अपराध शास्त्रमा एलएलएमको पढाइ सुरु गर्न लागेको हो । स्नातकतर्फ नेपालमै पहिलो पटक बिबिए एलएलबीको पाठ्यक्रम निर्माण गरेर पढाइ सुरु गर्न लागेको विश्वविद्यालयका उपकुलपति डाक्टर सुवासश्री पोखरेलले जा...
ओझेलमा लेगुवा झरना (फोटो फिचर) 

ओझेलमा लेगुवा झरना (फोटो फिचर) 

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ र ३ को सिमानामा रहेको लेगुवा झरना ओझेलमा परेको छ । प्रचारप्रसार र संरक्षणको अभावमा यो झरना ओझेलमा परेको हो । स्थानीय सरकारले प्रचारप्रसार र संरक्षणमा ध्यान दिएमा यो स्थान पर्यटकीय गन्तव्य बन्ने निश्चित छ । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
सुनको मूल्य घट्यो 

सुनको मूल्य घट्यो 

विराटनगर । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार सुन तोलामा एक लाख ६६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा २० रुपैयाँ घटेर चाँदी एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइर...
२०८१ कार्तिक २५ गते आइतबार/आजको राशिफल

२०८१ कार्तिक २५ गते आइतबार/आजको राशिफल

बि.सं.२०८१ कार्तिक २५ गते आइतबार ई.सं.२०२४ नोभेम्बर १० नेपाल सम्वत् ११४५ कछलाथ्व नवमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक शुक्ल नवमी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, ध्रुव योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः२० बजे, सूर्यास्त साँझ ०५ः१४ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिश...
३८ हजार गाँजाको बोट फडानी गरी नष्ट

३८ हजार गाँजाको बोट फडानी गरी नष्ट

विराटनगर । धनकुटा र भोजपुरमा अवैध रूपमा लगाइएको गाँजा प्रहरीले फडानी गरेर नष्ट गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८१ अन्तरगत गाँजाको बोट नष्ट गरिएको हो । अवैध रूपमा लगाइएको र आफैँ उम्रिएका ३८ हजार गाँजाको बोट फडानी गरेर नष्ट गरिएको प्रहरीले जनाएको छ । हिजो इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार, प्रहरी चौकी आँखीसल्ला र त्रिवेणीबाट खटिएको प्रहरी टोलील...
२०८१ कार्तिक २४ गते शनिबार/आजको राशिफल

२०८१ कार्तिक २४ गते शनिबार/आजको राशिफल

बि.सं.२०८१ कार्तिक २४ गते शनिबार ई.सं.२०२४ नोभेम्बर ०९ नेपाल सम्वत् ११४५ कछलाथ्व अष्टमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक शुक्ल अष्टमी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, गण्ड योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०६ः२० बजे, सूर्यास्त साँझ ०५ः१४ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसु...
पाथीभरामा केबलकार निर्माणको विषयमा विवाद हुँदा झडप

पाथीभरामा केबलकार निर्माणको विषयमा विवाद हुँदा झडप

विराटनगर । पूर्वको प्रसिद्ध धार्मिकस्थल पाथिभरामा केबलकार बनाउने विषयमा दुई पक्षबीच झडप भएको छ । आज दिउँसो केबलकारको स्टेसन बनाउनलाई शिलान्यास कार्यक्रम राखिएको थियो । तल्लोफेदीस्थित काफ्ले पाटीमा राखिएको शिलान्यास कार्यक्रममा केबलकार बनाउन दिने र नदिने पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अम...
धनकुटामा मासिँदै चौतारा र वरपीपल

धनकुटामा मासिँदै चौतारा र वरपीपल

धनकुटा । केही वर्ष पहिलासम्म पितृको सम्झनामा पाटीपौवा र चौतारा बनाउने चलन थियो । उक्त स्थानमा वर पीपल पनि रोपिन्थ्यो । तर पछिल्लो समय यो चलन हराउँदै गएको छ । विकास निर्माण, बढ्दै गएको आधुनिकता, शहरीकरण र यातायातको विस्तारले नेपालीको मौलिक संस्कृति तथा परम्परा लोप हुँदै गएको हो । धनकुटाका धेरै स्थानमा निर्माण भएका पाटीपौवा र चौतारा संरक्षण अभावमा जीर्ण बन्दै गएका छन् । रोपिएका वरपीपल पनि मासिन थ...
झापामा जुवा खालबाट १८ जना पक्राउ

झापामा जुवा खालबाट १८ जना पक्राउ

झापा । झापामा जुवा खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । शिवसताक्षी नगरपालिका-११ नहर चोक स्थित चन्द्रमणि रिमालको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । हिजो इलाका प्रहरी कार्यालय लाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । शिवसताक्षी-५ का मुकेश राउत, गौरीगञ्ज गाउँपालिका-१ का ४७ वर्षीय हरी राजवंशी, शिवसताक्षी-११ का ६२ वर्षीय...
उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ पर्व

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ पर्व

विराटनगर ।  आज बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पणसँगै विधिवत रूपमा छठ पर्व सकिएको छ । उदाउँदो सूर्यलाई अर्घ दिन विराटनगरसहित देशका विभिन्न स्थानका खोला। नदी र जलाशयमा भक्तजनहरू भीड लागेको थियो । बर्तालुले हिजो बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । अस्ताउँदो सूर्यको पूजा गरेका बर्तालुहरू छठस्थलमै नाचगानसहित जाग्राम बसेका थिए ।
बस र माइक्रो बस ठोक्किँदा पाँच जनाको मृत्यु

बस र माइक्रो बस ठोक्किँदा पाँच जनाको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा बस र माइक्रोबस ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढका लागि छुटेको बाग्मती प्रदेश ०६-००१ ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनका लागि छुटेको बाग्मती प्रदेश ३-००१ ख २८१२ नम्बरको बस आज बिहान ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको परिचय खुल्न बाँकी छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । उनीह...
२०८१ कार्तिक २३ गते शुक्रबार/आजको राशिफल

२०८१ कार्तिक २३ गते शुक्रबार/आजको राशिफल

बि.सं. २०८१ कार्तिक २३ गते शुक्रबार ई.सं.२०२४ नोभेम्बर ८ नेपाल सम्वत् ११४५ कछलाथ्व सप्तमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक शुक्ल सप्तमी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, शूल योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ६ः१९ बजे, सूर्यास्त साँझ ५ः१५ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै...
विराटनगरमा छठ पर्वको रौनक (फोटो फिचर) 

विराटनगरमा छठ पर्वको रौनक (फोटो फिचर) 

विराटनगर । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । खोला, नदी र तलाउ बेहुली झैँ सिँगारिएको छ । धेरैजसो व्रतालुहरू आज पूजा गरेकै स्थानमा जाग्राम बस्ने गर्दछन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत समापन हुन्छ । विशेषगरी तराई क्षेत्रमा मनाइने यो पर्व पछिल्लो समय पहाडी र हिमाली क्षेत्रमा समेत मनाउने क्रम बढेको छ । त...
error: Content is protected !!