२०८१ कार्तिक ३० गते शुक्रबार/आजको राशिफल

२०८१ कार्तिक ३० गते शुक्रबार/आजको राशिफल

बि.सं.२०८१ कार्तिक ३० गते शुक्रबार ई.सं.२०२४ नोभेम्बर १५ नेपाल सम्वत् ११४५ कछलाथ्व चर्तुदशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक शुक्ल चर्तुदशी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, व्यतिपात योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६ः२४ बजे, सूर्यास्त साँझ ०५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर...
धनकुटा नगरमा वाडाङमेटको स्थानीय बिदा

धनकुटा नगरमा वाडाङमेटको स्थानीय बिदा

धनकुटा । धनकुटा नगरपालिकाले भोलि शुक्रबार स्थानीय बिदा दिएको छ । धनकुटामा बसोवास गर्ने आठपहरिया जातिको मुख्य पर्व वाडाङमेटको अवसरमा नगरपालिकाले एक दिन बिदा दिएको हो । स्थानीय आठपहरिया जातिको महान पर्व भएकाले बिदा दिइएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । ‘आठपहरियाहरुको मुख्य थलो धनकुटा नै हो, उहाँहरूको मुख्य पर्व भएकाले वाडाङमेटमा हरेक वर्ष बिदा दिने गरिएको छ,’ नगर प्रमुख ता...
न्युरो समाजको राष्ट्रिय सम्मेलन विराटनगर र इटहरीमा हुने

न्युरो समाजको राष्ट्रिय सम्मेलन विराटनगर र इटहरीमा हुने

विराटनगर । नेपाल न्युरो समाजको राष्ट्रिय सम्मेलन कोशी प्रदेशमा हुने भएको छ । न्युरो समाजले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आज पत्रकार सम्मेलन गरेर भोलि र पर्सि विराटनगर र इटहरीमा एघारौँ राष्ट्रिय सम्मेलन गर्न लागिएको जानकारी दिएको हो । इटहरीको होटल सोल्टीमा भोलि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलन उद्‌घाटन गर्नेछन् । पत्रकार सम्मेलनमा समाजका अध्यक्ष तथा वरिष्ठ न्युरो सर...
भोजपुरको टक्सारका धातु उद्योग धमाधम बन्द हुँदै

भोजपुरको टक्सारका धातु उद्योग धमाधम बन्द हुँदै

धनकुटा । कुनै समय टक (डोली पैसा) छापिने तथा धातु उद्योग रहेको भोजपुरको ऐतिहासिक टक्सार बजार सुनसान बन्दै गएको छ । सेवा सुविधा र अवसरको खोजीमा बसाइँसराइ बढेपछि पछिल्लो समय टक्सार बजार सुनसान बन्दै गएको हो । बसाइँसराइसँगै पुरातात्विक तथा कलात्मक शैलीका घरहरू समेत जीर्ण बन्दै गएका छन् । भोजपुर सदरमुकामबाट करिब डेढ किलोमिटर दूरीमा रहेको टक्सार बजारका धातु उद्योगहरू पनि बन्द हुँदै गएका छन् । टक्स...
सांसद राईले दिए १० जनालाई ह्वीलचियर

सांसद राईले दिए १० जनालाई ह्वीलचियर

धनकुटा । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले अपाङ्गता भएका धनकुटाका १० जना व्यक्तिहरूलाई ह्वीलचियर प्रदान गरेका छन् । एमाले केन्द्रिय सदस्यसमेत रहेका सांसद राईले चौबिसे गाउँपालिकाका छ, पाख्रीवासका दुई तथा सहिदभूमि र धनकुटा नगरका एक/एक जना व्यक्तिलाई ह्वीलचियर दिएका हुन् । अपाङ्गता भएका सहिदभूमि-२ का तिर्थभक्त राईलाई सांसद राईले ह्वीलचियरसहित आफ्नो पारिश्रमिकबाट नगद २५ हजार सहयो...
दुई सातादेखि लगातार घट्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

दुई सातादेखि लगातार घट्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज एकैदिन सुनको मूल्य तोलामा दुई हजार दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६० हजार कायम भएको छ । हिजो सुन तोलामा चार सय रुपैयाँले घटेर एक लाख ६२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । मङ्गलबार सुन तोलामा एक लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । गत कात्तिक १५ गते सुनको मूल्य एक लाख ७१ हजार कायम भएको थियो । त्यसयत...
उदयपुरमा पाँच दलले उम्मेदवार टुङ्गो लगाए

उदयपुरमा पाँच दलले उम्मेदवार टुङ्गो लगाए

उदयपुर । उदयपुरमा दुई वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । त्रियुगा नगरपालिका-१२ र बेलका नगरपालिका-९ मा रिक्त वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनका लागि पाँच राजनीतिक दलले उम्मेदवार टुङ्गो लगाएका छन् ।  त्रियुगा नगरपालिका-१२ को वडाध्यक्षमा नेपाली काँग्रेसले सञ्जीव काफ्लेलाई उम्मेदवार बनाएको छ । नेपाल कम्युनिष्ट पार्टी  (एमाले) ले लक्ष्मी नारायण चौधरी, नेपाल कम्युनिष्ट पार्टी  (माओवादी ...
धनकुटाका आठपहरिया जातिमा वाडाङमेटको रौनक

धनकुटाका आठपहरिया जातिमा वाडाङमेटको रौनक

धनकुटा । धनकुटामा मात्रै बसोबास गर्ने आठपहरिया जातिको मुख्य पर्व वडाङ्मी (मंसिरे) सुरु भएको छ । यो पर्व तिहारको भाइटीकामा सुरु भई मंसिरे औँसीसम्म मनाउने गर्दछन् । आठपहरिया जातिले बैशाखे, भदौरे र मंसिरे गरि तीन वटा पर्व मनाउँछन् । जसमध्ये यसलाई विशेष महत्व दिएर मनाउने गरेका छन् । यस चाडमा वर्ष दिनभित्र मृत्यु भएका आमा तथा बुवाको दुःखबाट उक्सिने, घरको जेठो छोरा जन्मिएको र नयाँ घर निर्माण गरेकोमा ...
२०८१ कार्तिक २९ गते बिहीबार/आजको राशिफल

२०८१ कार्तिक २९ गते बिहीबार/आजको राशिफल

बि.सं.२०८१ कार्तिक २९ गते बिहीबार ई.सं.२०२४ नोभेम्बर १४ नेपाल सम्वत् ११४५ कछलाथ्व त्रयोदशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक शुक्ल त्रयोदशी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, सिद्ध्रि योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६ः२३ बजे, सूर्यास्त साँझ ०५ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुन...
धनकुटा नगरपालिकाद्वारा गत वर्ष सञ्चालित कार्यक्रमको समिक्षा

धनकुटा नगरपालिकाद्वारा गत वर्ष सञ्चालित कार्यक्रमको समिक्षा

धनकुटा । धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित योजना तथा कार्यक्रमहरूको वार्षिक प्रगति विवरण प्रस्तुत गरेको छ । बुधबार कार्यक्रम आयोजना गरेर नगरपालिकाले योजना तथा कार्यक्रमको वार्षिक प्रगति  प्रस्तुत गरेको हो । आ.व. २०८०/०८१ मा ८१ वटा घटना न्यायिक समितिमा दर्ता भएको उपप्रमुख भिमा देवी खनालले जानकारी दिइन् । न्यायिक समितिले गरेका कामको प्रगति प्रस्तुत गर्दै उपप्रमुख खनालले दर्ता भए...
कोशी ग्यासको सिलप्याक सिलिन्डरमा तौल कम भेटिएपछि…

कोशी ग्यासको सिलप्याक सिलिन्डरमा तौल कम भेटिएपछि…

विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिका-४ नेमुवास्थित कोशी ग्यास उद्योगले बिक्रीका लागि पठाएको सिलप्याक सिलिन्डरमा तौल कम पाइएको छ । विराटनगर-३ बुद्धचोकका राजेन्द्र खनालले खरिद गरेको चार वटा सिलिन्डरमा १६ किलो तौल कम पाइएको हो । खनालले आज दिउँसो रिक्सामा डुलाउनेसँग ग्यास खरिद गरेका थिए । ग्यास कम भएको शङ्का लागेपछि उनले प्रहरीलाई खबर गरेका थिए । नाप तौल तथा गुणस्तर कार्यालय विराटनगरका निरीक्षक म...
यूएईलाई हराउँदै नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनोट

यूएईलाई हराउँदै नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनोट

विराटनगर । नेपाल यू-१९ महिला टी-२० क्रिकेटमा छनोट भएको छ । यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो । यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभर ४ बलमा २ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालकी सना प्रवीनले ३५, कप्तान पूजा महतोले २१, सोनी पाख्रिनले १३, सावित्री धामीले १२ रन बनाइन् । यूएईकी मेहक ठाकुरले २ विकेट लिइन् । यसअघि घरेलु मैदान सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको यू...
ग्रामथान उपनिर्वाचन : उम्मेद्वार छानेर चुनावी अभियानमा होमिए दलहरू

ग्रामथान उपनिर्वाचन : उम्मेद्वार छानेर चुनावी अभियानमा होमिए दलहरू

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ । अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा प्रमुख दलहरू उम्मेदवारको टुङ्गो लगाएर चुनावी अभियानमा होमिएका छन् । उम्मेदवारको टुङ्गो लागेसँगै दलहरूले मतदातालाई आफ्नो पक्षमा पार्न चुनावी गतिविधिलाई तीव्रता दिएका हुन् । उनीहरूले घरदैलो अभियानसँगै चुनावी प्रचारप्रसार तिव्र पारेका छन् । ग्रामथानमा सबैभन्दा पहिला नेकपा माओवादी केन्द्रले उम्मेदव...
उद्योग सङ्गठन मोरङलाई एशिया प्रशान्तको उत्कृष्ट चेम्बर अवार्ड 

उद्योग सङ्गठन मोरङलाई एशिया प्रशान्तको उत्कृष्ट चेम्बर अवार्ड 

विराटनगर । उद्योग सङ्गठन मोरङले एशिया प्रशान्तको उत्कृष्ट चेम्बर अवार्ड प्राप्त गरेको छ । २७ वढी देशका ८१ वटा औद्योगिक र व्यापारिक चेम्बरलाई पछि पार्दै मोरङले अवार्ड जितेको हो । उद्योग सङ्गठन मोरङले क्यासी अवार्ड लोकल चेम्बर, विग क्याटेगोरी उत्कृष्ट चेम्बरको अवार्ड र दुई हजार डलर प्राप्त गर्न सफल भएको छ । कन्फेडेरेशन अफ एशिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज र सिङ्गापुर म्यानुफ्याक्चर...
पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा मोरङ र सुनसरीका चारजना पक्राउ

पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा मोरङ र सुनसरीका चारजना पक्राउ

विराटनगर । पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । उनीहरूलाई कपिलवस्तु जिल्लाको बुद्धभूमि गाउँपालिका-२ बाट पक्राउ गरिएको हो ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा प्र ०३-००१ ख १९९२ नम्बरको ट्रकलाई चेकजाँच गर्दा पशुलाई निर्दयी व्यवहार गरेको पाइएको थियो ।  पक्राउ पर्नेमा विराटनगर-३ मानगढका ३८ वर्षीय हेमु श्रेष्ठ, २७ वर्षीय रमेश श्रेष्ठ...
कोशीमा बन्यो दुई दलीय संयन्त्र, यस्ता छन् निर्णय

कोशीमा बन्यो दुई दलीय संयन्त्र, यस्ता छन् निर्णय

विराटनगर । कोशी प्रदेशमा दुई दलीय संयन्त्र निर्माण गरिएको छ । सत्तारुढ नेकपा एमाले र नेपाली काङ्ग्रेसको संयन्त्र निर्माण गरिएको हो । दुई दलीय संयन्त्रमा कोशीका संस्थापक मुख्यमन्त्री तथा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरू गरेको छ । संयन्त्रमा एमालेका तर्फबाट प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की र पार्टीका प्रदेश अध्यक्ष घनश्याम...
धरानबाट ३०७ किलो गाँजासहित पक्राउ परे कृषि फर्म सञ्चालक राई 

धरानबाट ३०७ किलो गाँजासहित पक्राउ परे कृषि फर्म सञ्चालक राई 

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१७ खैरेनीबाट गाँजासहित कृषि फर्मका सञ्चालक पक्राउ परेका छन् । सुप्रिम एग्रिकल्चर कृषि फर्मका सञ्चालक धरान-१३ का ४४ वर्षीय मनिराज राई ३०७ किलो गाँजासहित पक्राउ परेका हुन् ।  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले कृषि फर्मबाट गएराति गाँजा बरामद गरेको हो ।  गाँजाको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा ...
सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

विराटनगर । आज सुनको मूल्य सामान्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६२ हजार दुई सय रुपैयाँ कायम भएको छ । हिजो तोलामा एक लाख ६२ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य बढेको छ । आज तोलामा १५ रुपैयाँ बढेर चाँदी तोलामा एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी त...
आठ किलो गाँजासहित दुई जना पक्राउ

आठ किलो गाँजासहित दुई जना पक्राउ

विराटनगर । मोरङको विराटनगर र कटहरीबाट लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । गाँजाको कारोबार भइरहेको जानकारी पाएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले कटहरी गाउँपालिका-१ का ४१ वर्षीय गोपालकुमार राजवंशीको घरबाट पाँच किलो गाँजा बरामद गरेको छ । घरको कोठाभित्र प्लाष्टिकमा पोको पारेर राखेको गाँजासहित राजवंशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ...
काँकडभिट्टा नाकाबाट पाँच अर्ब भन्दा बढीको प्लाइबोर्ड भारत निर्यात

काँकडभिट्टा नाकाबाट पाँच अर्ब भन्दा बढीको प्लाइबोर्ड भारत निर्यात

झापा । झापाको काँकडभिट्टा नाकाबाट ५ अर्ब भन्दा बढीको भेनियर पत्ती र प्लाइबोर्ड भारत निर्यात भएको छ । २०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तसम्म ५ अर्ब ९२ करोड ५ लाख ९२ हजार मूल्य बराबरको भेनियर पत्ती र प्लाइबोर्ड भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । पहाड क्षेत्रमा पाइने उत्तिस, कदम, मौवा लगायत कमसल मानिने ‘कु-काठ’ बाट भेनियर पत्ती र प्लाइबोर्ड बन्ने गरेको छ । गोलिया काठबाट भेनियर प...
२०८१ कार्तिक २८ गते बुधबार/आजको राशिफल

२०८१ कार्तिक २८ गते बुधबार/आजको राशिफल

बि.सं.२०८१ कार्तिक २८ गते बुधबार ई.सं.२०२४ नोभेम्बर १३ नेपाल सम्वत् ११४५ कछलाथ्व द्वादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक शुक्ल द्वादशी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, वज्र योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः२३ बजे, सूर्यास्त साँझ ०५ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा र...
धनकुटाका कृषि वैज्ञानिक पौडेलको निधन

धनकुटाका कृषि वैज्ञानिक पौडेलको निधन

धनकुटा । धनकुटाको पाख्रीवासस्थित कृषि अनुसन्धान केन्द्रमा कार्यरत कृषि वैज्ञानिक डा.कृष्ण पौडेलको निधन भएको छ । पाख्रीवास नगरपालिका-३ चेतनामार्ग घर भएका ४२ वर्षीय पौडेलको डेंगु संक्रमणबाट निधन भएको छिमेकी नगेन बस्नेतले जानकारी दिए । केही दिन अघिदेखि ज्वरो आएपछि उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । जिल्ला अस्पतालबाट थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्र...
समाज बदल्न एमालेको जित आवश्यक छ : शंकर पोखरेल

समाज बदल्न एमालेको जित आवश्यक छ : शंकर पोखरेल

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाज बदल्न एमालेको जित आवश्यक रहेको बताएका छन् । एमाले मोरङले ग्रामथान गाउँपालिकामा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् । उनले स्थानीय तहमा आधुनिक विकाससँगै प्रविधिको प्रयोग बढाउनु पर्ने बताए । उनले उपनिर्वाचन एमालेको मिसन ८४ का लागि ठुलो अवसर भएको उल्लेख गरे । यसका लागि पार्...
विराटनगर किङ्ग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न

विराटनगर किङ्ग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किङ्ग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न भएको छ । कोशी प्रदेशका पाँच जिल्लामा हुने ट्यालेन्ट हन्ट इलाम पछि झापामा सम्पन्न भएको हो । झापाको बिर्तामोडको युनाइटेड क्लबमा एक सय बढी खेलाडीहरूबीच ट्यालेन्ट हन्ट आज सकिएको हो । टिमका क्रिकेट कोच लाक्पा लामा र दिपेन्द्र चौधरीले झापाबाट पाँच जना खेलाडी छनोट गरेका छन् । छानिएका खेलाडीलाई विराटनगरमा ह...
पाथिभरामा डिजिटल माध्यमबाट भेटी चढाउन मिल्ने

पाथिभरामा डिजिटल माध्यमबाट भेटी चढाउन मिल्ने

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिरमा डिजिटल माध्यमबाट भेटी चढाउन मिल्ने व्यवस्था मिलाइएको छ । ताप्लेजुङ स्थित लक्ष्मी सनराइज बैँकसँगको सहकार्यमा पाथीभरा क्षेत्र विकास समितिले भक्तजनका लागि डिजिटल माध्यमबाट भेटी चढाउन मिल्ने व्यवस्था मिलाएको हो । पाथीभरा क्षेत्र विकास समितिले लक्ष्मी सनराइज बैँकमा भेटी खाता सञ्चालन गरेको छ । अब खाताको ‘क्यूआर कोड’ मार्फत भक्तजन र दाताहरूले भेटी जम्मा गर्न सक...
छिन्ताङ हत्याकाण्डका सहिदहरूको स्मृति दिवस भोलि, सहिदभूमिमा स्थानीय बिदा

छिन्ताङ हत्याकाण्डका सहिदहरूको स्मृति दिवस भोलि, सहिदभूमिमा स्थानीय बिदा

धनकुटा । २०३६ सालमा भएको छिन्ताङ हत्याकाण्डका सहिदहरूको स्मृति दिवसको अवसरमा सहिदभूमि गाउँपालिकाले भोलि बुधबार पालिका क्षेत्रमा स्थानीय बिदा दिएको छ । सहिदहरूको सम्मानमा हरेक वर्ष बिदा दिँदै आएको गाउँपालिकाले यो वर्ष पनि त्यसलाई निरन्तरता दिएको हो । गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा गत कात्तिक १३ गते बसेको कार्यपालिका बैठकले बिदा दिने निर्णय गरेको थियो । गाउँपालिकाको तर्फबाट प्रमुख प्रश...
के हुन्छ पूर्वमन्त्री अधिकारीको सांसद पद ?

के हुन्छ पूर्वमन्त्री अधिकारीको सांसद पद ?

विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी अहिले चर्चाको शिखरमा छन् । जापान भ्रमण प्रकरणले चर्चित बनेका अधिकारी अहिले प्रहरी हिरासतमा छन् । लिखत तथा मानव बेचबिखन सम्बन्धी कसुर मुद्दामा पक्राउ परेका अधिकारीको सांसद पद के होला ? भन्ने धेरैको चासो छ । हिजो कोशी प्रदेश सभाले सांसद अधिकारी पक्राउ परेको सूचना टाँस गरिसकेको छ । तर उनको सांसद पद निलम्बन नभएको ...
दीपक मनाङे कारागार चलान

दीपक मनाङे कारागार चलान

काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङे कारागार चलान भएका छन् । आज पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले डिल्लीबजार कारागार चलान गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज काठमाडौंबाट पक्राउ गरेर अदालतको फैसला कार्यान्वयन अधिकारी समक्ष पेश गरेको थियो । अदालतका फैसला कार्यान्वयन अधिकारीसमक्ष पेश गरेसँगै उनी जेल चलान भएका हुन् । कात्तिक २० गते सर्वोच्च अदालतले गुरुङलाई ज्यान ...
पर्यटकीय सम्भावना बोकेको लेगुवा झरना ओझेलमा

पर्यटकीय सम्भावना बोकेको लेगुवा झरना ओझेलमा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ र ३ स्थित चोक्ताङमा रहेको लेगुवा झरना ओझेलमा परेको छ । भौतिक पूर्वाधार र प्रचारप्रसारको अभावले झरना ओझेलमा परेको हो । लेगुवा झरना नजिकै धोबीखोला र झाँक्री झरना पनि छन् । जसले यो स्थानको रौनकता बढाएको छ । तर पर्यटनको प्रचुर सम्भावना बोकेर पनि यो स्थान भौगोलिक विकटताका कारणले पछि परिरहेको छ । पछिल्लो समय फाट्टफुट्ट मानिसहरू झरनाको अवलोकनका लागि आउन थालेका...
साना दललाई पाखा लगाउन काँग्रेस-एमाले मिलेका हैनन् : महासचिव पोख्रेल 

साना दललाई पाखा लगाउन काँग्रेस-एमाले मिलेका हैनन् : महासचिव पोख्रेल 

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काँग्रेस एमाले मिलेर सरकार बनाउनुमा साना दललाई पाखा लगाउने नियत नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान पत्रकारहरूसँग कुरा गर्दै महासचिव पोखरेलले साना दललाई पाखा लगाउने उद्देश्य नलिइएको स्पष्ट पारेका हुन् । तर, साना दलले म्याजिक नम्बर पायौँ भन्दै शासन गर्ने परम्परा अन्त्य गर्नुपर्ने उनले बताए । राजनीति मैदानमा होमिएका जुनसुकै दलले आफूलाई ब...
सुनसरीको बराहक्षेत्रमा एकादशी मेला शुरु, पाँच लाख तीर्थालु आउने अनुमान

सुनसरीको बराहक्षेत्रमा एकादशी मेला शुरु, पाँच लाख तीर्थालु आउने अनुमान

सुनसरी । सुनसरीको बराहक्षेत्रमा हरिबोधनी एकादशी मेला आजबाट सुरु भएको छ । ३० गतेसम्म लाग्ने मेलामा नेपालसहित भारतका विभिन्न स्थानबाट तीर्थयात्री आउने गर्दछन् । चार दिनसम्म लाग्ने मेलालाई लक्षित गरेर आवश्यक तयारी गरिसकिएको बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । प्रत्येक वर्ष मेलामा उल्लेख्य भक्तजनहरूको सहभागिता हुने गरेको छ । बराहक्षेत्रलाई संसारको चारधामको रूपमा लिने भएकाले मेला ...
error: Content is protected !!