सुनसरीको धरानबाट ७२ किलो गाँजासहित पाँच जना पक्राउ
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-२० ओशो पार्कस्थित जंगलबाट ७२ किलो गाँजासहित पाँच जना पक्राउ परेका छन् । आज बिहान ८ बजे अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गाँजासहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा धरान-२० का ३० वर्षीय रूपेश राई, २० वर्षीय मिलन राई, २५ वर्षीय रंजित राई, धनकुटाको सहिदभूमि गाउँपालिका–३ घर भई इटहरी-१० बस्दै आएका ३४ वर्षीय प्रदिप राई र धरान-१३ का...





























