कोशी प्रदेश सरकारले थारू भाषालाई बेवास्ता गरेको भन्दै आपत्ति
विराटनगर । कोशी प्रदेश सरकारले थारू भाषालाई सरकारी कामकाजको भाषा नबनाएको भन्दै थारू कल्याणकारी सभाले आपत्ति जनाएको छ । ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ मा थारू भाषालाई समावेश नगरिएको भन्दै सभाले आपत्ति जनाएको हो ।
मन्त्रिपरिषद्को साउन १५ गतेको निर्णयअनुसार तयार पारिएको उक्त विधेयकमा नेपालीका अतिरिक्त मैथिली र लिम्बू भाषालाई मात्र सरकारी कामकाजका भाषाको रू...



























