प्रतिनिधि सभा निर्वाचन : धनकुटाका उम्मेदवारविरुद्ध परेनन् उजुरी

प्रतिनिधि सभा निर्वाचन : धनकुटाका उम्मेदवारविरुद्ध परेनन् उजुरी

धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका धनकुटाका उम्मेदवारमाथि कुनै पनि उजुरी नपरेको पाइएको छ । धनकुटामा राजनीतिक दलका १४ र चार स्वतन्त्र गरी १८ जनाको उम्मेदवारी दर्ता भएकोमा कसैमाथि पनि उजुरी नपरेको हो । निर्वाचन आयोगले उम्मेदवारहरू माथि उजुरी गर्नका लागि बुधबार समय निर्धारण गरेको थियो । सो अवधिमा उम्मेदवारमाथि कसैले पनि उजुरी नगरेको निर्वाचन का...
धरानबाट गाँजासहित धनकुटाकी मनमाया पक्राउ, मोटरसाइकल चालकको खोजी हुँदै

धरानबाट गाँजासहित धनकुटाकी मनमाया पक्राउ, मोटरसाइकल चालकको खोजी हुँदै

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-२ चिनियाँ चोकबाट प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले धनकुटाको चौबिसे गाउँपालिका-७ की ३३ वर्षीया मनमाया लिम्बुलाई पक्राउ गरेको हो । बुधबार दिउँसो चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देखेपछि प्र १-०२-०४६ प ८९९१ नम्बरको मोटरसाइकल चालक मोटरसाइकल छाडेर भागेका थिए । मोटरसाइकल पछाडि सवार लिम्बुले बोकेको झोला चेकजाँच गर्दा ९ किलो ३ सय ग्राम गाँजा फेल...
कोशीका १४ जिल्लामा एक हजार ९०७ मतदान स्थल, ४३९ अति संवेदनशील

कोशीका १४ जिल्लामा एक हजार ९०७ मतदान स्थल, ४३९ अति संवेदनशील

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कोशी प्रदेशका १४ जिल्लामा एक हजार नौ सय सात मतदान स्थल कायम गरिएको छ । ती मतदान स्थलमा चार हजार दुई सय ७० मतदान केन्द्र निर्धारण गरिएको छ । जसमध्ये चार सय ३९ मतदान स्थल अति संवेदनशील रहेका निर्वाचन आयोगले जनाएको छ । मोरङमा सबैभन्दा धेरै तीन सय छ वटा मतदान स्थल छन् । यस्तै झापामा दुई सय ८५, सुनसरीमा एक सय ६५, इलाममा एक सय ५० र खोटा...
इलाम पुगेर घरदैलो कार्यक्रममा व्यस्त बालेन

इलाम पुगेर घरदैलो कार्यक्रममा व्यस्त बालेन

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह इलाम पुगेका छन् । इलाम पुगेर उनी रास्वपा उम्मेदवारको प्रचारमा व्यस्त छन् । उनले इलामका विभिन्न क्षेत्रमा घरदैलो गर्दै पार्टी र उम्मेदवारलाई भोट मागिरहेका छन् । बालेन रास्वपाबाट झापा-५ को उम्मेदवार हुन् । मंगलबार मनोनयन दर्ता गरेका बालेनले बुधबार आफ्नै क्षेत्रका मतदातासँग भेटघाट गरेका थिए । उनले इलामका विभिन्न क्षेत्रमा घरदैलो गर्दै ...
विराटनगरको एभरेष्ट स्कुलमा साताव्यापी स्पोर्ट्स मिट सम्पन्न

विराटनगरको एभरेष्ट स्कुलमा साताव्यापी स्पोर्ट्स मिट सम्पन्न

विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट माध्यमिक विद्यालयको साताव्यापी स्पोर्ट्स मिट सम्पन्न भएको छ । कक्षा समूह अन्तरगत भएको स्पोर्ट्स मिट विभिन्न स्पर्धाहरू हुँदै समापन भएको हो । स्पोर्ट्स मिटमा नर्सरीदेखि कक्षा ३, ४ र ५, ६ र ७ तथा ८ र ९ कक्षाका विद्यार्थीहरूले विभिन्न स्पर्धामा सहभागिता जनाएका थिए । विजयी खेलाडी तथा हाउसलाई विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले मेडल प्रदान गरे । उनीहरूलाई विद्या...
एमाले अध्यक्ष ओलीको आत्मविश्वास : ७० प्रतिशत भोट ल्याएर चुनाव जित्ने दाबी

एमाले अध्यक्ष ओलीको आत्मविश्वास : ७० प्रतिशत भोट ल्याएर चुनाव जित्ने दाबी

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा एमालेले बिजय हासिल गर्ने बताएका छन् । आज झापाको कमल गाउँपालिकाका  कार्यकर्ताहरूसँगको भेटमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले यहाँको विकास, रूपान्तरण र जनआधारका कारण सिंगो क्षेत्र नै एमालेको पक्षमा एक ढिक्का रहेको उल्लेख गरे । काँग्रेस थिग्रिन नसकेको र पूर्वमाओवादीका धेरै मतदाताहरू पनि एमालेमै भोट हाल्ने मनस्थितिम...
अपडेट : विराटनगरमा बसले ठक्कर दिँदा एयरपोर्ट मोडकी ७५ वर्षीया वृद्धाको मृत्यु

अपडेट : विराटनगरमा बसले ठक्कर दिँदा एयरपोर्ट मोडकी ७५ वर्षीया वृद्धाको मृत्यु

विराटनगर । विराटनगर-४ कोशी लोकमार्गस्थित एयरपोर्ट मोड नजिक बसले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा एयरपोर्ट मोडकी ७५ वर्षीया डम्बरकुमारी नेपालको मृत्यु भएको हो । आज दिउँसो करिब ३ः१५ बजे ढाटतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख ३३९९  नम्बरको बसले बाटो क्रस गर्दै गरेकी वृद्धालाई ठक्कर दिएको थियो । उनलाई तत्काल उद्धार गरेर उपचारका लागि कोशी अस्पताल लगिएकोमा ३ः३० बजे चिकित्सकले ...
विराटनगरको एयरपोर्ट मोडमा बसको ठक्करबाट एक जनाको मृत्यु

विराटनगरको एयरपोर्ट मोडमा बसको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर । विराटनगरको एयरपोर्ट मोडमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अहिले केहीबेरअघि दुर्घटना भएको हो । प्रहरीको टोली घटनास्थलमा पुगेको छ । मृतकको पहिचान खुलेको छैन । थप विवरण आउन बाँकी छ । विराटनगरको एयरपोर्ट मोडमा बसको ठक्करबाट एक जनाको मृत्यु
पहिचान खोज्दै मोरङ–४ बाट तेस्रो लिङ्गी महिला नुमाको उम्मेदवारी

पहिचान खोज्दै मोरङ–४ बाट तेस्रो लिङ्गी महिला नुमाको उम्मेदवारी

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ बाट तेस्रो लिङ्गी महिला नुमा लिम्बुले उम्मेदवारी दिएकी छन् । उनले समावेशी समाजवादी पार्टीबाट प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएकी हुन् । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले जीवनको लामो समय सङ्घर्ष, बहिष्कार र पहिचानको लागि लडेको बताउँदै आफ्नो उम्मेदवारी कसैका विरुद्ध नभएर पहिचानको लागि भएको बताइन् । ‘लामो समय मैले देखेको, भोगेको र सिकेको अनुभवहरूले मलाई अझ...
मोरङको रतुवामाईमा ट्याक्टरमा जोडिएको मिक्सर मेसिनले किच्दा दुई जनाको मृत्यु

मोरङको रतुवामाईमा ट्याक्टरमा जोडिएको मिक्सर मेसिनले किच्दा दुई जनाको मृत्यु

विराटनगर । मोरङको रतुवामाई नगरपालिका-५ चटपटे चोकमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । आज बिहान ९ बजे चटपटे चोकबाट गोबिन्दपुरतर्फ आउँदै गरेको को २ त १९३६ नम्बरको सिमेन्ट मिक्सर मेसिन जडान भएको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्टरमा जडान गरिएको मिक्सर मेसिन छुटेर किच्दा सुनवर्षी नगरपालिका-९ का २१ वर्षीय किसन कुमार मण्डलको घटनास्थलम...
ओखलढुङ्गाका दुई हत्याकाण्डको सफल अनुसन्धान गर्ने इन्स्पेक्टर सर्वोत्कृष्ट प्रहरी घोषित

ओखलढुङ्गाका दुई हत्याकाण्डको सफल अनुसन्धान गर्ने इन्स्पेक्टर सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । ओखलढुङ्गामा भएका दुईवटा विभत्स हत्याकाण्डको सफल अनुसन्धान गरी अभियुक्तहरूलाई कानुनी दायरामा ल्याउन सफल प्रहरी निरीक्षक प्रकाश थापा सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इन्स्पेक्टर थापालाई २०८२ साल पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । गत असोज २६ गते ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-४ चार्खुमा ५२ वर्षीया रत्न कुमारी कटवालको हतियारधारी ...
कोशी प्रदेशमा ५०५ जनाको उम्मेदवारी दर्ता, कुन क्षेत्रमा कति उम्मेदवार ?

कोशी प्रदेशमा ५०५ जनाको उम्मेदवारी दर्ता, कुन क्षेत्रमा कति उम्मेदवार ?

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशका १४ जिल्लामा ५ सय ५ जनाले मनोनयन दर्ता गराएका छन् । २८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको कोशीमा सुनसरीको क्षेत्र नम्बर ४ मा सबैभन्दा धेरै ३४ जनाले मनोनयन दर्ता गरेका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार सुनसरीमा कुल १ सय १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । सुनसरी क्षेत्र नम्बर १ मा २६, २ मा...
सुनसरीबाट ३५ किलो गाँजासहित दुई जना पक्राउ

सुनसरीबाट ३५ किलो गाँजासहित दुई जना पक्राउ

विराटनगर । सुनसरीको गढी गाउँपालिका-६ बाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढी गाउँपालिका-२ का ४२ को अतिम मियाँ र ३२ वर्षीय इन्तियाज मियाँ छन् । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार इलाका प्रहरी कार्यालय छिटाहाबाट खटिएको टोलीले दुवै जनालाई बुढीखोला नजिकबाट पक्राउ गरेको हो । विराटनगरबाट सुनसरी सदरमुकाम इनरुवातर्फ जाँदै गरेको बा २७ प १७६६ नम्बरको मोटरसाइक...
यी हुन् मोरङका ६ क्षेत्रमा मनोनयन दर्ता गर्ने ११८ जना उम्मेदवार 

यी हुन् मोरङका ६ क्षेत्रमा मनोनयन दर्ता गर्ने ११८ जना उम्मेदवार 

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन सम्पन्न भएको छ । आज निर्वाचन अधिकृतको कार्यालयमा मुख्य राजनीतिक दल र स्वतन्त्र गरी कुल १ सय १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ क्षेत्र नम्बर १ मा १८, २ मा १७, ३ मा २१, ४ मा २१, ५ मा २२ र क्षेत्र नम्बर ६ मा २० जनाले उम्मेदव...
धनकुटामा स्वतन्त्रसहित १८ जनाले गराए मनोनयन दर्ता

धनकुटामा स्वतन्त्रसहित १८ जनाले गराए मनोनयन दर्ता

धनुकटा । धनकुटामा प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्रसहित १८ जनाले मनोनयन दर्ता गराएका छन् । आज तोकिएको समयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्रसहित अन्य दलका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । नेकपा एमालेबाट राजेन्द्र राई, नेपाली काँग्रेसबाट दिनेश राई, नेपाली कम्युनिष्ट पार्टीबाट धर्मराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बिभत्सु थापा र राष्ट्रिय स्वतन्त्र प...
झापाका सबै क्षेत्रमा एमालेले गर्यो मनोनयन दर्ता

झापाका सबै क्षेत्रमा एमालेले गर्यो मनोनयन दर्ता

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले झापाका पाँच वटै क्षेत्रमा मनोनयन दर्ता गरेको छ । आज सबै उम्मेदवारहरूले आ–आफ्नो क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । मनोनयनका लागि ओली सोमबार नै झापा आएका थिए । य...
विराटनगर क्रिकेट लिगमा इलाइट क्लबको पहिलो जित

विराटनगर क्रिकेट लिगमा इलाइट क्लबको पहिलो जित

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा जारी विराटनगर क्रिकेट लिगमा इलाइट क्रिकेट क्लबले पहिलो जित निकालेको छ । विराटनगरको मेरिवोन ज्वाला क्रिकेट मैदानमा आज भएको खेलमा मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीलाई १७ रनले पराजित गर्दै इलाइटले पहिलो जित दर्ता गरेको हो । टस जितेर ब्याटिङ गरेको इलाइटले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सस ५४ रनको योगफल तयार पारेको थियो । इलाइटलागि सागर मल्लिकले ४१ रन ...
मोरङ–६ बाट एमालेका विनोद ढकालले गराए उम्मेदवारी दर्ता

मोरङ–६ बाट एमालेका विनोद ढकालले गराए उम्मेदवारी दर्ता

विराटनगर । नेकपा एमालेका नेता विनोद ढकालले मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ढकालले मनोनयन दर्ता गराएका हुन् । उनी मनोनयन दर्ताका लागि समर्थकहरूसँग निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँगको सङ्क्षिप्त कुराकानी...
मोरङ–४ बाट नेकपाका अमनलाल मोदीले गराए मनोनयन दर्ता

मोरङ–४ बाट नेकपाका अमनलाल मोदीले गराए मनोनयन दर्ता

विराटनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री अमनलाल मोदीले मोरङ क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मोदीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । उनी मनोनयन दर्ताका लागी समर्थकसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
मोरङ–६ बाट स्वतन्त्रमा किरण खड्काले गराए मनोनयन दर्ता

मोरङ–६ बाट स्वतन्त्रमा किरण खड्काले गराए मनोनयन दर्ता

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार किरण खड्काले मोरङ क्षेत्र नम्बर ६ बाट मनोनयन दर्ता गराएका छन् ।  समर्थकसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज खड्काले मनोनयन दर्ता गराएका हुन् । 
भोजपुरबाट एमाले सचिव शेरधन राईले गराए मनोनयन दर्ता

भोजपुरबाट एमाले सचिव शेरधन राईले गराए मनोनयन दर्ता

भोजपुर । नेकपा एमालेका सचिव शेरधन राईले भोजपुरबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । आज समर्थकसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राईले एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । एउटा मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का राजाराम बासी र श्रम संस्कृति पार्टीका ध्रुव राईले मनोनयन दर्ता गराएका छन् ।
मोरङ–६ बाट काँग्रेसका शेखर कोइरालाले गराए मनोनयन दर्ता

मोरङ–६ बाट काँग्रेसका शेखर कोइरालाले गराए मनोनयन दर्ता

विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेता कोइरालाले आज विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । उनी मनोनयन दर्ताका लागि समर्थकसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
धनकुटामा काँग्रेसका दिनेश राईले गराए मनोनयन दर्ता

धनकुटामा काँग्रेसका दिनेश राईले गराए मनोनयन दर्ता

धनकुटा । धनकुटामा नेपाली काँग्रेसका उम्मेदवार दिनेश राईले मनोनयन दर्ता गराएका छन् । समर्थकसहित मुख्य निर्वाचन कार्यालय पुगेर राईले आज मनोनयन दर्ता गराएका हुन् । यसअघि नेकपा एमालेका उम्मेदवार राजेन्द्र राई र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धर्मराज पौडेलले पनि मनोनयन दर्ता गराइसकेका छन् ।
धनकुटामा नेकपाका उम्मेदवार पौडेलले गराए मनोनयन दर्ता

धनकुटामा नेकपाका उम्मेदवार पौडेलले गराए मनोनयन दर्ता

धनकुटा । धनकुटामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार धर्मराज पौडेलले मनोनयन दर्ता गराएका छन् । आज समर्थकसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले मनोनयन दर्ता गराएका हुन् ।
एमाले अध्यक्ष ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

एमाले अध्यक्ष ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ओलीले उम्मेदवारी दर्ता गराएका हुन् । यही क्षेत्रबाट ओली पटक-पटक निर्वाचन जित्दै आएका छन् ।
धनकुटामा एमालेका राजेन्द्र राईले गराए मनोनयन दर्ता

धनकुटामा एमालेका राजेन्द्र राईले गराए मनोनयन दर्ता

धनकुटा । धनकुटामा नेकपा एमालेका तर्फबाट केन्द्रिय सदस्य तथा पूर्वमन्त्री राजेन्द्र राईले मनोनयन दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमाले धनकुटाका उम्मेदवार राई मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । समर्थक र बाजागाजासहितको र्यालीसहित राई सामुदायिक भवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताका लागि पुगेका थिए ।
काँग्रेसका दमक नगर सभापति प्रसाईँ रास्वपा प्रवेश

काँग्रेसका दमक नगर सभापति प्रसाईँ रास्वपा प्रवेश

झापा । नेपाली काँग्रेसका दमक नगर सभापति प्रकाश प्रसाईं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेनलाई सघाउने भएका छन् । लामो समयदेखि काँग्रेसको सक्रिय राजनीतिमा सक्रिय प्रसाईँलाई बालेनले मनोनयन दर्ता स्थलमै खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् । प्रसाईं हाल दमक नगरपालिकाकी उपमेयर रेगिना भट्टराईका श्रीमान् हुन् । उनको पार्टी प्रवेशलाई अर्थपूर्णरूपमा हेरिएको छ । उनले सामाजिक सञ्जाल...
मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय पुगे राजेन्द्र राई (फोटो फिचर)

मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय पुगे राजेन्द्र राई (फोटो फिचर)

धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमाले धनकुटाका उम्मेदवार राजेन्द्र कुमार राई मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । समर्थक र बाजागाजासहितको र्यालीसहित राई सामुदायिक भवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन् । पार्टी कार्यालयबाट मदन चोक, भीमनारायण चोक हुँदै उनको समूह निर्वाचन कार्यालयमा पुगेको हो । तस्बिर : सन्तोष सुवेदी/...
बालेनले गराए झापा–५ बाट उम्मेदवारी दर्ता

बालेनले गराए झापा–५ बाट उम्मेदवारी दर्ता

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् ।  दमक नगरपालिका-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर केहीबेरअघि शाहले मनोनयन दर्ता गरेका हुन् । मनोेनयन दर्ताका लागि समर्थक र बाजागाजासहित बालेन निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । सो क्रममा उनको पक्षमा समर्थकहरूको ठूलो भीड जम्मा भएको थियो । रास्वपाले भावी प्रधानम...
ओलीले अवलोकन गरे जेनजी आन्दोलनमा ध्वस्त पारिएका गृहजिल्लाका संरचना

ओलीले अवलोकन गरे जेनजी आन्दोलनमा ध्वस्त पारिएका गृहजिल्लाका संरचना

झापा । गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा ध्वस्त पारिएका व्यक्तिगत तथा सार्वजनिक संरचनाहरूको स्थलगत अवलोकन गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्न झापा पुगेका ओलीले आज ध्वस्त पारिएका संरचनाहरूको अवलोकन गरेका हुन् । पुग्नु भएका अध्यक्ष ओलीले मनोनयन दर्ता गर्नु अघि जलाइएका संरचनाहरूको निरीक्षण ग...
झापा–५ मा मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयतर्फ लागे बालेन

झापा–५ मा मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयतर्फ लागे बालेन

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा-५ बाट उम्मेदवारी मनोनयन दर्ता गर्न दमक पुगेका छन् । र्याली र नाराबाजीसहित समर्थकहरूको बाक्लो उपस्थितिमा बालेन आज मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयतर्फ अघि बढेका हुन् । काठमाडौं महानगरपालिकाका पूर्वमेयर समेत रहेका बालेनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । झापा–५ बाटै ने...
error: Content is protected !!