संगालोखबर


विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिका-४ स्थित मुसहर बस्तीमा भीषण आगलागी भएको छ । आज दिउँसो २ बजे गोकुवा चोकबाट पूर्वमा रहेको मुसहर बस्तीमा आगलागी भएको हो ।

विराटनगर महानगरपालिकाबाट गएका २ वटा र इटहरीबाट आएको एउटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । फुसको छाना भएका र टाटीबेरा भएका कारण धेरै घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

Advertisement

‘हालसम्म १० वटा घर पूर्णरूपमा क्षति भएको जानकारी प्राप्त भएको छ’, मोरङका प्रहरी प्रवक्ता डीएसपी लिलाराज लामिछानेले संगालोखबरसँग भने, ‘क्षतिको विवरण संकलन भइरहेको छ । अहिलेसम्म आगलागीको कारण खुलेको छैन ।’

अहिले पूर्णरूपमा आगो नियन्त्रणमा आइसकेको बताउँदै उनले छेउछाउका घर भत्काएर थप क्षति हुनबाट जोगाएको जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!