संगालोखबर


विराटनगर । विश्व हिन्दु परिषद नेपाल, कोशी प्रदेश तथा युवा परिषद् विराटनगरले राम नवमीको दिन वृहत मोटरसाइकल र्‍याली निकाल्ने भएका छन् । आज परिषद्ले विराटनगरमा पत्रकार सम्मेलन गर्दै चैत १३ गते राम नवमीका दिन मोटरसाइकल र्‍याली निकालिने जानकारी दिएको हो ।

यस्तै चैत्र १९ गते हनुमान जन्मोत्सवमा रथसहितको भव्य शोभायात्रा निकालिने परिषद्का कोशी प्रदेश अध्यक्ष देवेन्द्र गुप्ताले जानकारी दिए । हिन्दु धर्मप्रति आस्था अभिवृद्धि गर्ने उद्देश्यले विश्व हिन्दु परिषद् युवा विभाग विराटनगरको समन्वयमा र्‍याली निकालिने अध्यक्ष गुप्ताले बताए ।

Advertisement

विराटनगरको पञ्चमुखी हनुमान मन्दिरबाट सुरु हुने मोटरसाइकल र्‍यालीले नगरका विभिन्न भाग परिक्रमा गर्ने जनाइएको छ । र्‍याली दिउँसो २ः३० बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!