
विराटनगर । चलचित्र पत्रकार संघ नेपाल, मोरङ शाखाको अध्यक्षमा पुनः प्रेम देवान चयन भएका छन् । विराटनगरमा आज सम्पन्न दोस्रो अधिवेशनले देवानलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा हुसेन सेख, अनुज सापकोटा र पवन साह चयन छन् । त्यसैगरी सचिवमा सन्तोष बास्तोला, सह-सचिवमा सरिता कर्मकार र अफताव अलि तथा कोषाध्यक्षमा कमलेश यादव चयन भए ।
कार्यसमिति सदस्यमा दीपेन्द्र साह, जुगेस दास, सोनु शर्मा, दीक्ष राजवंशी, सुवास भण्डारी, मीना श्रेष्ठ, शिव शंकर यादव, आयुष यादव, नम्रता न्यौपाने र आस्मा राठी छन् ।
नवनिर्वाचित अध्यक्ष देवानले चलचित्र पत्रकारहरूको हकहितका लागि आफू सधैँ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । प्रविधिको उच्चतम् प्रयोग गर्दै पत्रकारिता पेसालाई नयाँ ढंगले व्यावसायिक रूपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

संगालोखबर 

















