
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-५ बाँसबारीमा टिपर र स्कुटर ठोक्किँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर पछाडि सवार सुन्दरहरैँचा-४ का १७ वर्षीय मौसम काफ्लेको मृत्यु भएको हो ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २-०१-००१ ख ००३८ नम्बरको टिपर र पूर्वतर्फ जाँदै गरेको को २५ प ३४८४ नम्बरको स्कुटर आज बिहान १०ः३० बजे एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका काफ्लेलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक सुन्दरहरैँचा-५ का १६ वर्षीय अनुप चापागाईं गम्भीर घाइते भएका मोरङ प्रहरीका प्रवक्ता डीएसपी लिलाराज लामिछानेले जानकारी दिए । उनको विराट शिक्षण अस्पतालमै उपचार भइरहेको छ ।
टिपर चालक सप्तरीको तिरहुत गाउँपालिका-२ का ५७ वर्षीय शिवनारायण खंगलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संगालोखबर 

















