संगालोखबर
साङ्केतिक तस्बिर : एआईको सहयोगमा

विराटनगर । मोरङको रतुवामाई नगरपालिका-३ चौकीघाटका ४९ वर्षी श्रवणकुमार सहनी पक्राउ परेका छन् । आफ्नै बुबाको हत्या गरेर फरार भएका उनलाई डेढ महिनापछि प्रहरीले पक्राउ गरेको हो । उनलाई आज झापाको गौरीगन्ज गाउँपालिका-६ देवीगन्जबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लिलाराज लामिछानेका अनुसार श्रवणकुमारले घरायसी विवादका क्रममा गत माघ २० गते साँझ आफ्नै बुवा ७० वर्षीय शत्रुधन सहनीलाई लछारपछार पार्दै कुटपिट गरेका थिए ।

Advertisement

छोराको आक्रमणबाट गम्भीर घाइते भएका शत्रुधनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएकोमा उपचार सम्भव नभएपछि घर लगिएको थियो । शत्रुधनको आफ्नै घरमा फागुन २८ गते मृत्यु भएको डीएसपी लामिछानेले बताए ।

प्रहरीले श्रवणकुमारविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने तयारी थालेको छ । उनीविरुद्ध आइतबार म्याद थप गरिने मोरङ प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!