संगालोखबर


ताप्लेजुङ । ताप्लेजुङमा दुई दिन वर्षा भएपछि मौसम सफा भएको छ । मौसम खुलेसँगै ताप्लेजुङका डाँडापाखा हिउँले सेताम्मे देखिएका छन् ।

मैवाखोला गाउँपालिकाको तीजुरे-मिल्के-जलजले क्षेत्र पनि हिउँले ढाकिएको देखिएको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघासहित कुम्भकर्ण, पाथीभरा लगायतका क्षेत्र पनि हिउँले सेताम्मे बनेका छन् ।

Advertisement

मौसम खुलेसँगै हिउँ खेल्न जाने आउने आन्तरिक पर्यटकको संख्या पनि बढेको छ । ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा शुक्रबार साँझदेखि बाक्लो हिमपात भएको हो । वर्षासँगै सुरु भएको हिमपातले जिल्लाका विभिन्न हिमाली भेग सेताम्मे छन् ।

फक्ताङ्लुङ गाउँपालिका-६, लेलेपस्थित घुन्सा, फले तथा वडा नम्बर-७ को ओलाङचुङगोला क्षेत्रमा उल्लेख्य हिमपात भएको छ । मिक्वाखोला गाउँपालिका-५ का तोक्पेगोला, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकाका माथिल्लो भेग र सिदिङ्वा गाउँपालिकाको तिम्बुङ पोखरी क्षेत्रमा पनि बाक्लो हिमपात भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!