
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–३ ढोडेमा पिकअप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । गुर्धुमबाट पञ्चकन्यातर्फ जाँदै गरेको को १ ज २२९५ नम्बरको पिकअप आज दिउँसो करिब २ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परी पिकअप चालक सहिदभूमि–१ का २१ वर्षीय पूर्ण राई, सोही स्थानकी ३५ वर्षीया मिना तामाङ, १६ वर्षीय अमित राई र १६ वर्षीय अबिन राई घाइते भएका छन् । घाइतेमध्ये अमितको स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने बाँकी तीन जनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
प्रहरीका अनुसार पिकअप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनाको यकिन कारण खुलेको छैन ।

संगालोखबर 

















