संगालोखबर


विराटनगर । जल तथा मौसम विज्ञान विभागले भोलि शनिबार तीव्र हावाहुरी आउनसक्ने चेतावनी दिएपछि विराटनगरको पोखरिया माध्यमिक विद्यालयले परीक्षा स्थगित गरेको छ ।

विद्यालयले भोलिका लागि तय गरेको कक्षा ४, ५ र ८ को वार्षिक परीक्षा स्थगित गरेको हो । विद्यालयले आज सूचना जारी गर्दै भोलि निर्धारण गरिएको परीक्षा स्थगित गरेको जानकारी गराएको छ ।

Advertisement

चैत ८ गतेदेखि हुने अन्य परीक्षाहरू यथावत पूर्वपरीक्षा तालिका अनुसार नै हुने विद्यालयले उल्लेख गरेको छ ।

‘कोशी प्रदेशका तराई क्षेत्रमा तीव्र गतिमा आँधीबेहरी आउने पूर्वानुमान भई सावधानी अपनाउन सूचना र सतर्कता सन्देश जारी भएका कारण उक्त दिन विद्यालय बन्द रहने र उक्त दिनको परीक्षा पछि जानकारी गराइए‌ अनुसार हुने छ’, सूचनामा भनिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!