संगालोखबर

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमो नारायण माझीले पालिकाका सम्पूर्ण नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेका छन् ।

Advertisement

हिजो सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै गर्दै उनले यस्तो निर्णय गरेका हुन् । उनले गाउँपालिका भित्र वा विराटनगरका कुनै पनि स्वास्थ्य संस्थामा जानका लागि तथा आकस्मिक सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णयमा उल्लेख गरेका छन् ।

‘ग्रामथान गाउँपालिका वा विराटनगरका कुनै पनि स्वास्थ्य संस्थासँग जाने प्रयोजनका लागि तथा ग्रामथान गाउँपालिका भित्रका जुनसुकै स्थानमा दुर्घटना वा अन्य कुनै कारणबाट आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्ने अन्य व्यक्तिहरूलाई समेत आजकै मितिबाट एम्बुलेन्स सेवा पूर्ण रूपमा उपलब्ध गराउने छु’, उनले गरेको निर्णयमा भनिएको छ ।

उनले जनताको इच्छा र आकाङ्क्षा अनुरूप आफू अगाडि बढ्ने समेत बताए । माझीलाई मोरङका जिल्ला न्यायाधीश उद्धव भट्टराईले पद तथा गोपनियताको शपथग्रहण गराएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!