सडकबाट जिप खस्दा पाँचथरमा एकजनाको मृत्यु
पाँचथर । मेची राजमार्गको ताप्लेजुङ–पाँचथरमा पर्ने हिलिहाङ गाउँपालिका–७, हेवाखोलामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको बा १७ च ७९९९ नम्बरको जिप दुर्घटना भएको हो ।
शुक्रबार साँझ भएको दुर्घटनामा नेपालगञ्ज घर भएका ३५ वर्षीय चालक श्याम बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिप अनियन्त्रित भएर सडकबाट करिब २५ मिटर तल खसेको थियो ।
गम्भीर घाइते भएका बिकको जिल्ल...




























