संगालोखबर
साङ्केतिक तस्वीर

विराटनगर । मोरङको सुनबर्षी नगरपालिका-७ बरडंगाबाट भरुवा बन्दुकसहित वृद्ध पक्राउ परेका छन् । स्थानीय ६० वर्षीय प्रकाश यादवलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

सुराकीका आधारमा मङ्गलबार दिउँसो इलाका प्रहरी कार्यालय रंगेलीबाट गएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा बन्दुक फेला परेको हो । घरमा लुकाएर राखेको अवस्थामा एक नाल भरुवा बन्दुक भेटिएपछि बन्दुकसहित वृद्धलाई नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । पक्राउ परेपछि वृद्ध एक्कासि बिरामी परेका छन् ।

Advertisement

रक्तचाप बढेर समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको डीएसपी जोशीले बताए । जोशीले संगालोखबरसँग भने, ‘वृद्ध मान्छे बिरामी हुनुहुदो रहेछ, पुलिसले नियन्त्रणमा लिँदा प्रेसर बढेर समस्या भएपछि स्थानीय अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।’

सिकार खेल्न गाउँघरमा भरुवा बन्दुक राख्ने चलन छ । पछिल्लो समय प्रशासनले त्यस्ता बन्दुकहरू नियन्त्रण गर्ने अभियान चलाएको छ । अनधिकृत रुपमा राखिएका बन्दुक प्रशासनमा बुझाउन वा अनिवार्य इजाजत लिन प्रशासनले अपिल गरेको छ ।

बिनाइजाजत बन्दुक राख्नेलाई कारबाहीको दायरमा ल्याउने गरिएको छ । पक्राउ परेका वृद्ध यादवविरुद्ध पनि प्रहरीले हातहतियार तथा खरखजना मुद्दामा कारबाही प्रकृया अघि बढाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!