संगालोखबर

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटमा गैरनाफामूलक अस्पताल निर्माण गर्न उद्योगपति राजु कटेलले १५ करोड बराबरको सहयोग उपलब्ध गराउने भएका छन् । विराटनगरका उद्योगी कटेलले १४ करोड मूल्य पर्ने ७ बिगाहा जग्गा र एक करोड नगद उपलब्ध गराउने भएका हुन् ।

Advertisement

भारतको गुजरातस्थित नौतनपुरी धामका गाधिपती जगतगुरु आचार्य कृष्णमणि महाराजसहितको टोलीले झोराहाटस्थित अस्पताल निर्माणस्थलको बिहीबार निरीक्षण गरेको छ । सो अवसरमा बोल्दै कृष्णमणि महाराजले सामाजिक सेवा गर्ने र बिरामीहरूलाई सरल हिसाबमा गुणस्तरीय उपचार सेवा प्रदान गर्ने सोचले अस्पताल निर्माण गर्ने लक्ष्य राखिएको प्रतिक्रिया दिए । ‘पुराना वैदिक उपचार पद्धति र आधुनिक उपचार पद्धतिको सामञ्जस्यता मिलाएर बिरामीको उपचार गर्ने ठूलो सङ्कल्प राजु जीले लिनु भएको छ,’ उनले भने, ‘बिरामीका लागि अति राम्रो उत्तम व्यवस्थासहितको अस्पताल यहाँ बन्नेछ । यो सङ्कल्प गर्नुभएकोमा राजु जीलाई धन्यवाद साधुवाद भन्न चाहन्छु ।’

सो अवसरमा सहयोगी दाता कटेल दम्पतीलाई सम्मान पनि गरिएको छ । प्रणाम इट्टा, प्रणाम प्लाष्टो र कृष्ण दानासहित आधा दर्जन उद्योग आवद्ध प्रणाम ग्रुपका अध्यक्ष कटेल सामाजिक काममा सँधै अग्रसर हुँदै आएका छन् । उनले यसअघि पनि विभिन्न क्षेत्रमा सहयोग गरेका छन् ।

अस्पताल निर्माणका लागि आवश्यक जग्गा उद्योगी कटेलले उपलब्ध गराउँने भएपछि अब विभिन्न क्षेत्रबाट थप सहयोग जुटाएर अस्पताल शिलान्यास गर्ने योजना अघि बढाइएको कृष्ण प्रणामी सेवा समिति नेपालका पूर्वअध्यक्ष मदनकृष्ण शर्माले जानकारी दिए । उनका अनुसार अब अन्य क्षेत्रको पनि साथ सहयोग लिएर करिब ४/५ वर्षभित्र अस्पताल निर्माण सम्पन्न गरिनेछ ।

कृष्ण प्रणामी समुदायको अगुवाइमा बनाउँन लागिएको सो अस्पतालमा एलोपेथिकसँगै आयुर्वेदिक पद्धतिको उपचार सेवा पनि उपलब्ध हुने बताइएको छ । अस्पताल गैरनाफामूलक हिसाबले सञ्चालन गरिने हुनाले बिरामीले सहुलियत दरमा गुणस्तरीय उपचार सेवा पाउनेछन् ।

भिडियो रिपोर्ट…

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!