विराटनगर । मोरङको कानेपोखरी-७ स्थित बान्तवा होटलमा एक पुरुष मृत भेटिएका छन् । आज बिहान मृत भेटिएका पुरुषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट मृतकको घर झापाको धुलावारी भएको खुलेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए ।
‘बेवारिसे भएर हिँडेको जस्तो देखिन्छ’, डीएसपी थापाले संगालोखबरसँग भने, ‘छोरालाई खबर गरेका छौँ । छोरो आएपछि सबै कुरा खुल्छ ।’
शव पोस्टमार्टमका लागि उर्लाबारी स्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।