बिहेमा सहभागी हुन आएका दुहबीका युवकको विराटनगरमा हत्या

बिहेमा सहभागी हुन आएका दुहबीका युवकको विराटनगरमा हत्या

विराटनगर । आफन्तको बिहेमा सहभागी हुन आएका सुनसरीको दुहबीका एक युवकको विराटनगरमा हत्या भएको छ । दुहबी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्या भएको प्रहरीले जनाएको छ । अक्लेशकुमार विराटनगर महानगरपालिका–४ इक्राहीस्थित ठूलोबुवा रामलोचन यादवको घरमा आएका थिए । बिहेमा सहभागी हुन आएका उनलाई विराटनगर–४ का २४ वर्षीय गणेश यादवले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीए...
मोरङको बुढीगंगामा दुर्घटना, एकजनाको मृत्यु, तीनजना गम्भीर घाइते

मोरङको बुढीगंगामा दुर्घटना, एकजनाको मृत्यु, तीनजना गम्भीर घाइते

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ टंकिसिनवारी चोकमा बुधबार मध्यराति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । राति करिब पौने १२ बजे भएको दुर्घटनामा तीनजना घाइते भएका छन् । कोशी राजमार्गमा पर्ने टंकिसिनवारी चोकमा प्रदेश १–०२–०४२ प ५६५१ नम्बरको स्कुटर र प्रदेश १–०२–०४० प २८२८ नम्बरको मोटरसाइकल आपसका ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटर चालक सुनसरीको कोशी गाउँपालिका–१ का ३५ वर्षीय ...
विराटनगरमा आदिवासी जनजाति समुदायको मौलिक नृत्य प्रदर्शनी

विराटनगरमा आदिवासी जनजाति समुदायको मौलिक नृत्य प्रदर्शनी

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका आदिवासी जनजाति समुदायले मौलिक पहिचान सहितको भेषभूषा तथा नृत्य प्रस्तुत गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद सचिवालय विराटनगरको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा प्रदर्शनी गरिएको हो । विराटनगरको संगम पार्टी प्यालेसमा बुधबार आयोजित कार्यक्रममा विराटनगरका विभिन्न जातीय संस्थाका प्रतिनिधिहरु भेला भेला भएर कार्...
स्काउट दिवसमा धनकुटाको पाख्रीबासमा कार्यक्रम

स्काउट दिवसमा धनकुटाको पाख्रीबासमा कार्यक्रम

धनकुटा । नेपाल स्काउटको ७३ औं स्थापना दिवस अवसरमा धनकुटाको पाख्रीबास नगरपालिका–२ सान्नेस्थित बालपञ्च माध्यमिक विद्यालयमा बालपञ्च स्काउट ट्रुपको आयोजनामा विविध कार्यक्रम गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तथा स्थानीय स्काउट संरक्षक ज्ञानबहादुर गुरुङ तथा उपप्रमुखका साथै स्थानीय प्रमुख स्काउट नम्रता गौतमको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो । त्यस अवसरमा पाख्रीबास नगरपालिकाको कार्य...
बुढीखोलामा पौडी खेल्दा बर्जुका चौधरी बेपत्ता

बुढीखोलामा पौडी खेल्दा बर्जुका चौधरी बेपत्ता

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–६ का ४१ वर्षीय प्रमोद चौधरी बुढीखोलामा बेपत्ता भएका छन् । बुधबार मध्याह्न पौडी खेल्न खोलामा पसेका उनी बेपत्ता भएको वडाध्यक्ष अशोक चौधरीले जानकारी दिए । ‘छिमेकमा मरिमराउ भएको थियो’, वडाध्यक्ष चौधरीले भने, ‘दाहसंस्कार गरेको चार दिनमा पुनः त्यही ठाउँमा गएर संस्कार अनुसारको काम गर्नुपर्ने भएकाले छिमेकीहरूसँगै उनी पनि गएछन् । पौडी खेल्न जबरजस्ती पस्दा खोलामा बाढी...
विराटनगरका दिवश राजवंशी स्काउटको दीर्घ सेवा पदकबाट सम्मानित

विराटनगरका दिवश राजवंशी स्काउटको दीर्घ सेवा पदकबाट सम्मानित

विराटनगर । विराटनगरका दिवश राजवंशी नेपाल स्काउटको दीर्घ सेवा पदकबाट सम्मानित भएका छन् । स्काउटको माध्यमबाट १५ वर्षभन्दा बढी सेवा गरेबापत पाउने पदकबाट राजवंशी सम्मानित भएका हुन् । स्काउटको स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा उनी सम्मानित भएका हुन् । २०४७ सालमा नरग्राम माध्यमिक विद्यालयबाट स्काउटको अभियानमा होमिएका उनी विभिन्न भूमिकामा रहँदै पूर्वाञ्चल स्काउट ट्रु...
धनकुटाको साँगुरीगढीकी क्यान्सरपीडित लिम्बुको उपचारमा सहयोगको अपिल

धनकुटाको साँगुरीगढीकी क्यान्सरपीडित लिम्बुको उपचारमा सहयोगको अपिल

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३, खुवाफोककी रुपमाया लिम्बुको उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेको छ । स्तन क्यान्सर रोगबाट ग्रसित भएपछि उपचारमा समस्या भएको भन्दै परिवारले सहयोगको अपिल गरेको हो । स्थानीय भीमबहादुर लिम्बुकी श्रीमती ६० वर्षीया रुपमायाको हाल भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अभावका कारण थप उपचारमा समस्या भएको परिवारले जनाएको छ । उनको एक वर...
बाढीपहिरोमा परी ताप्लेजुङमा पाँचजनाको मृत्यु, ३४२ जना विस्थापित

बाढीपहिरोमा परी ताप्लेजुङमा पाँचजनाको मृत्यु, ३४२ जना विस्थापित

ताप्लेजुङ । यो वर्षको मनसुन सुरु भएयता ताप्लेजुङमा बाढीपहिरोमा परी पाँचजनाले ज्यान गुमाएका छन् । बढीपहिरोका कारण ८१ घरका ३४२ जना विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विस्थापित हुने अधिकांश सिरिजङ्घा, सिदिङ्वा, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिका छन् । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार आठवटा घरमा पूर्णरुपले क्षति भएको छ । यस्तै, जिल्लाका विभिन्न स्थानका ५५ वटा घर ...
करेन्ट लागेर इलाममा एकजनाको मृत्यु

करेन्ट लागेर इलाममा एकजनाको मृत्यु

इलाम । पश्चिमी इलामको फाकफोकथुममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । फाकफोकथुम गाउँपालिका–६ मेतालुङ पोखरी बस्ने ६६ वर्षीय कुलबहादुर विकको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार घरबाट सोही गाउँको फुस्रे भन्ने बस्तीतिर जाँदै गरेको अवस्थामा बाटोमा लत्रिएको विद्युतको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।
विराटनगरको गणेशचोक–केशलिया सडकले दिएको सास्ती (फोटो फिचर)

विराटनगरको गणेशचोक–केशलिया सडकले दिएको सास्ती (फोटो फिचर)

विराटनगर । घाम लाग्दा धुलाम्मे हुने विराटनगरको गणेशचोकदेखि केशलिया खोलासम्मको सडक अहिले हिलाम्मे छ । करिब तीन किलोमिटर सडकले दशकदेखि पूर्णता नपाउँदा स्थानीय जनजीवन नराम्ररी प्रभावित भएको छ । सडकमा भएका खाल्डामा पानी भरिँदा दिनहुँ दुर्घटना भइरहेका छन् भने आवत–जावत पनि नराम्ररी प्रभावित भएको छ । विराटनगर महानगरपालिका–४ र ५ को सिमानामा रहेको हुलाकी सडकखण्ड निर्माणले गति लिन नसक्दा स्थानीय बासि...
पहिरोले मोरङको मिक्लाजुङका दुई घरमा क्षति, सडक अवरुद्ध

पहिरोले मोरङको मिक्लाजुङका दुई घरमा क्षति, सडक अवरुद्ध

विराटनगर । मोरङको उत्तरी क्षेत्रमा पर्ने मिक्लाजुङ गाउँपालिका–१ को कोलबोटेमा झरेको पहिरोले स्थानीय दुई घरमा क्षति पुर्याएको छ । प्रहरीका अनुसार पहिरोले स्थानीय सन्तोष राई र मणिकुमार राईका घरमा क्षति पुगेको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार पहिरोका कारण ती दुई घरमा रहेका धनमालमा पनि नोक्सानी पुगेको छ । मानवीय क्षति भने भएको छैन । धनकुटा, इलाम र पाँचथरसँग सीमाना जोडिएको उक्त क्षेत्रमा...
संसद् भवनमा प्रहरीद्वारा आफैंमाथि गोली प्रहार

संसद् भवनमा प्रहरीद्वारा आफैंमाथि गोली प्रहार

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बिहान एक प्रहरी जवानले आफैंमाथि गोली प्रहार गरेका छन् । संसद् भवनमा सुरक्षार्थ खटिएका प्रहरी जवान अजित गोलेले बिहान करिब ८ बजे आफैंमाथि गोली प्रहार गरेर आत्महत्या गरेको संसद् सचिवालयले जनाएको छ । दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका गोले प्रहरीको केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भई संघीय संसद् सुरक्षा बेसमा कार्यरत् थिए । आफूले बोकेको इ...
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । लोकमार्गअन्तर्गत खुर्काेट–घुर्मी सडकखण्ड बुधबार बिहानदेखि अवरुद्ध भएको हो । पहिरोले गोलञ्जोर गाउँपालिका–६ अक्करेभीर, गोलञ्जोर–१ कुडुलेका साथै फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो । खुर्काेटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन तथा यात्री अलपत्र परेको प्रहरीले जनाएको छ । पहिरोले गोलञ्जोर–१ कु...
चट्याङ लागेर मोरङको रतुवामाईमा किशोरीको मृत्यु

चट्याङ लागेर मोरङको रतुवामाईमा किशोरीको मृत्यु

विराटनगर । चट्याङ लागेर मोरङको रतुवामाईमा एकजना किशोरीको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–४ झुर्कियामा चट्याङ लागेर मंगलबार बिहान किशोरीको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय १६ वर्षीया विपना महतो छिन् । घरमै बसिरहेका बेला परेको चट्याङले लागेर उनी सिकिस्त घाइते भएकी थिइन् । उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । त्यहाँ पुर्याएपछि चिकित्सकले जाँच गरी उनको मृत्यु भइसकेको ज...
किशोरीलाई बलात्कार गरेको आरोपमा धनकुटाको भेडेटारबाट एकजना पक्राउ

किशोरीलाई बलात्कार गरेको आरोपमा धनकुटाको भेडेटारबाट एकजना पक्राउ

धनकुटा । १५ वर्षीय एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले विराटनगरका एकजना पुरुषलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–११ घर भएका ५१ वर्षीय प्रविन अग्रवाललाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । अग्रवालले ती किशोरीलाई ललाईफकाई धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारस्थित एक होटलमा लगेर आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । त्यही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भ...
झापामा भएका बेग्लाबेग्लै दुर्घटनामा एकजनाको मृत्यु, २१ घाइते

झापामा भएका बेग्लाबेग्लै दुर्घटनामा एकजनाको मृत्यु, २१ घाइते

झापा । झापाको बिर्तामोडमा पिकअप भ्यानले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको छ । मंगलवार बिहान भएको दुर्घटनामा मोरङको रतुवामाई–८ की ७० वर्षीया टंकमाया सुवेदीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मे १ च ६६१३ नम्बरको भ्यान र चालक बिर्तामोड–१ का ४५ बिर्खबहादुर थेवेलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी, कमल गाउँपालिका चुलाचुलीमोडमा टिप्पर र बस ठोक्किएर भएको दुर्घटनामा २१ जना...
भारी वर्षापछि झापाका विभिन्न क्षेत्र डुबान

भारी वर्षापछि झापाका विभिन्न क्षेत्र डुबान

झापा । निरन्तर वर्षाका कारण झापाका विभिन्न क्षेत्रमा डुबान भएको छ । खासगरी दक्षिणी क्षेत्रमा बढी डुबान भएको छ । डुबानका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । मनसुन भित्रिएपछि झापामा निरन्तर पानी परिरहेको छ । सोमवार रातिदेखि भने भारी वर्षा भएको हो । मेची, कनकाई, रतुवा, बिरिङ, कमल, किस्ने, देउनिया, निन्दा, मावा, हडिया लगायत नदी तथा खोलामा पानीको बहाव बढेपछि दक्षिणी क्षेत्र डुबानमा परेकोे ...
सोलुखुम्बुको तेन्जिङ-हिलारी विमानस्थलमा उडान ठप्प

सोलुखुम्बुको तेन्जिङ-हिलारी विमानस्थलमा उडान ठप्प

सोलुखुम्बु । मौसम प्रतिकूल भएपछि सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ–हिलारी विमानस्थलमा हवाई उडान ठप्प भएको छ । जेठ २६ गतेदेखि उडान हुन नसक्दा खुम्बु क्षेत्रमा भ्रमणका लागि आएका पर्यटक समस्यामा परेका छन् । उनीहरु फर्कन पाएका छैनन् । बाक्लो हुस्सु लागेर ‘भिजिबिलिटी’ कमजोर हुँदा हवाईजहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी ...
धनकुटाको सहिदभूमिमा मंगलबार शोक बिदा

धनकुटाको सहिदभूमिमा मंगलबार शोक बिदा

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले मंगलबार शोक बिदा दिएको छ । सहिदभूमि–७ का वडा सचिव झनकलाल राईको मृत्यु भएपछि गाउँपालिकाले शोक बिदा दिएको हो । सोमबार आकस्मिक बसेको कार्यपालिका बैठकले शोक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नविन कार्कीले सोमबार सूचना जारी गरेर पालिका अन्तरगतका सबै वडा कार्यालयहरू, स्वास्थ्य संस्...
‘अधिवेशनलाई प्रभावित गर्न हामीमाथि कारबाही’

‘अधिवेशनलाई प्रभावित गर्न हामीमाथि कारबाही’

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटी अध्यक्षबाट निलम्बनमा परेका सागर थापासहितका नेताले अधिवेशनलाई प्रभाव पार्ने हिसाबले आफूहरूमाथि कारबाही गरेको बताएका छन् । विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै एमाले मोरङ र विराटनगर महानगर कमिटीको अधिवेशन नजिकिएका बेला गलत सन्देश दिन आफूहरूलाई कारबाही गरिएको बताएका हुन् । ‘केही महिनाभित्रै अधिवेशन हुने भएकाले अधिवेशनमा प्रभाव पार्ने र पार्टी नेतृत्...
धनकुटामा बाँदरबाट बाली जोगाउन वनमा फलफूलका बिरूवा रोपियो

धनकुटामा बाँदरबाट बाली जोगाउन वनमा फलफूलका बिरूवा रोपियो

धनकुटा । बाँदरले बाली खाने र नष्ट गर्ने क्रम बढेपछि धनकुटाको महालक्ष्मी–७ जितपुरका किसानहरुको सहभागितामा वनमै बाँदर रोक्ने उद्देश्यले फलफूलजन्य बिरुवा रोपिएको छ । बाँदरले किसानले खेतबारीमा लगाएका खेतीवाली नष्ट गर्न थालेपछि जीतपुरका किसानले शर्मादेवी सामुदायिक वनमा फलफूलजन्य बिरुवा रोपेका हुन् । जंगलमा फलफूलजन्य बोटबिरुवा भए किसानको बारीसम्म बाँदर नआइपुग्ने भएकाले दुई हजार विरुवा रोपिएको सबडिभि...
मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन

विराटनगर । लामो समयदेखि मस्तिष्कसम्बन्धी समस्याबाट ग्रस्त मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको सोमबार निधन भएको छ । गत माघ १० गते राष्ट्रियसभा निर्वाचनका बेला मतदानमा सहभागी हुन विराटनगर आएका उनी बेहोस भएका थिए । तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । उनलाई ‘ब्रेन ह्यामरेज’ भएर समस्या भएको चिकित्सकले बताएका थिए । त्यसयता थलिएका उनको उपचार भइरहेको थियो । गच्छदारको गत स्थान...
विराटनगर महानगरमा अपाङ्गता भएकाहरुको संख्या २७२०

विराटनगर महानगरमा अपाङ्गता भएकाहरुको संख्या २७२०

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ हजार १ सय ७ जना अपाङ्गता भएका व्यक्ति थप भएका छन् । करुणा फाउण्डेशनसँगको सहकार्यमा विराटनगर महानगरले अपाङ्गता भएका व्यक्तिको तथ्यांक संकलनका लागि ‘रिचिङ टु मिसिङ’ अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा १ हजार १ सय ७ जना अपाङ्गता भएका व्यक्तिहरू थप भएका हुन् । यसअघि १ हजार ६ सय १३ जना अपाङ्गता भएका व्यक्तिहरू महानगर क्षेत्रभित्र रहेको तथ्यांकम...
यातना दिएर कुकुर मारेको आरोपमा इलामका तीनजना पक्राउ

यातना दिएर कुकुर मारेको आरोपमा इलामका तीनजना पक्राउ

इलाम । निरन्तर यातना दिइ कुकुरलाई मारेको आरोपमा प्रहरीले तीनजनालार्य पक्राउ गरेको छ । देउमाई नगरपालिकाको जितपुरका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय इलामको टोलीले पक्राउ गरेको हो । पशु कल्याण संघ काठमाडौंले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको नाम अहिले सार्वजनिक गरिएको छैन । कुकुरको बच्चालाई लाठीले हिर्काएर पटक पटक यातना दिइ मारेको आरोप उनीहरुमाथि ल...
चट्याङ लागेर इलाममा एकजनाको मृत्यु

चट्याङ लागेर इलाममा एकजनाको मृत्यु

इलाम । वर्षासँगै परेको चट्याङले लागेर इलाम नगरपालिका–९ मा सोमबार बिहान एकजनाको मृत्यु भएको छ । चट्याङ लागेर इलाम नगरपालिका–९ भञ्ज्याङका ३६ वर्षीय सुनिल गोलेलेको मृत्यु भएको प्रहरीले जनाएको छ । घरको भान्सामा काम गरिरहेका बेला गोलेलाई बिहान करिब ६ बजेतिर चट्याङले लागेको थियो । चट्याङ लागेर बेहोस भएका गोलेलाई उपचारका लागि जिल्ला अस्पताल इलाम ल्याइएको थियो । उपचारका क्रममा त्यहीँ उनको मृत्यु भएको ज...
मोरङको जहदाकी महिलाको हत्यापछि फरार व्यक्ति पक्राउ

मोरङको जहदाकी महिलाको हत्यापछि फरार व्यक्ति पक्राउ

विराटनगर । महिलाको हत्या गरी फरार रहेका एकजना आरोपीलाई प्रहरीले मोरङको जहदा गाउँपालिका–१ बाट पक्राउ गरेको छ । घटनाको ५ वर्षपछि आरोपी स्थानीय ४५ वर्षीय शम्भु साहलाई आइतबार राति पक्राउ गरिएको हो । जग्गासम्बन्धी सीमा विवादमा जहदा–१ की ६० वर्षीया नानकीदेवी ठाकुरको २०७६ जेठ १० गते दाउराले प्रहार गरी हत्या गरेको आरोप साहमाथि छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उनीविरुद...
प्रदेश पुनः नामांकनका लागि फेरि आन्दोलन गर्ने पहिचानवादी संगठनको घोषणा

प्रदेश पुनः नामांकनका लागि फेरि आन्दोलन गर्ने पहिचानवादी संगठनको घोषणा

विराटनगर । ‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ ले आगामी मंसिरदेखि फेरि आन्दोलन गर्ने जनाएको छ । विभिन्न संगठनहरुका प्रतिनिधिको सहभागितामा ताप्लेजुङको फुङलिङमा भएको दुई दिने बैठकले यस्तो निर्णय गरेको हो । उक्त आन्दोलन निर्णायक हुने दाबी समेत ती संगठनले गरेका छन् । किरात याक्थुङ, नेपाल आदिवासी, पहिचान सहितको प्रदेश नम्बर १, किरात राई यायोक्खा, नेपाल शेर्पा संघ र पहिचान पक्षधर राजनीतिक दल...
ताप्लेजुङमा खोलाले गाडी बगायो

ताप्लेजुङमा खोलाले गाडी बगायो

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङदेवास्थित हिरिया खोलाले आइतबार अपराह्न बोलेरो गाडी बगाएको छ । मे १ज २५७९ नम्वरको बोलेरो गाडी बगाएको हो । सदरमुकाम फुङलिङतर्फ आउँदै गरेको गाडी खोला पार गर्ने क्रममा आएको लेदोसहितको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल कुमार लुङगेलीले जानकारी दिए । गाडीका चालक राजकुमार पौडेल सकुशल छन् । यसैबीच, सदरमुकाम फुङलिङबाट पाथीभरा जाने मो...
संघीय सरकारबाट आउने अनुदान घटेपछि बजेटको आकार घट्योः मन्त्री मगर

संघीय सरकारबाट आउने अनुदान घटेपछि बजेटको आकार घट्योः मन्त्री मगर

विराटनगर । संघीय सरकारबाट प्राप्त हुने अनुदान रकम घटेपछि कोशी प्रदेशमा बजेटको आकार घटेको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बताएका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री मगरले चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको बजेट ४ प्रतिशतले कम रहेको बताए । उनले आगामी वर्षको बजेटमा पर्यटन र पूर्वाधारको क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताए । उनले भने, ‘अन्य क्षेत्रला...
फेरि नेता बहिष्कार अभियान सञ्चालन गर्ने जामुनगाछीबासीको चेतावनी

फेरि नेता बहिष्कार अभियान सञ्चालन गर्ने जामुनगाछीबासीको चेतावनी

विराटनगर । विराटनगर–४ र ५ स्थित जामुनगाछीका बासिन्दाले फेरि ‘नेता बहिष्कार अभियान’ सञ्चालन गर्ने चेतावनी दिएका छन् । लामो समयदेखि करिब ३ किलोमिटर हुलाकी सडकले पूर्णता नपाउँदा बिगतमा पनि उनीहरूले यस्तो अभियान सञ्चालन गरेका थिए । बारम्बार आश्वासन पाएर पनि सडक र अरु पूर्वाधार निर्माणमा ध्यान नदिइएको उनीहरूको भनाइ छ । अहिले स्थानीयले केही मागसहितको व्यानर सिटी सफारीमा लगाउन थालेका छन् । राजमार्ग प...
विराटनगरमा मनसुनजन्य विपदको क्षति कम गर्न पूर्वतयारी सुरू

विराटनगरमा मनसुनजन्य विपदको क्षति कम गर्न पूर्वतयारी सुरू

विराटनगर । विराटनगर महानगरपालिकाले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी सुरु गरेको छ । महानगरले बाढी र डुबानको क्षेत्र पहिचान गरी व्यवस्थापन गर्न तयारी सुरु गरेको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा सरोकारवाला सहितको बैठक बसी पूर्वतयारी सुरु गरिएको हो । सम्भावित डुबान हुने क्षेत्रको पहिचान गरी विस्थापित ...
error: Content is protected !!