झापाको कमल गाउँपालिकाका तीनजना किशोरी पाँच दिनदेखि बेपत्ता
झापा । झापाको कमल गाउँपालिका–७ का तीनजना किशोरी पाँच दिनदेखि सम्पर्कविहीन बनेका छन् । उक्त वडाको बाह्रघरे टोलका उनीहरु गत असार ५ गतेदेखि बेपत्ता भएका हुन् । खोजी जारी राखिए पनि फेला पार्न नसकिएको परिवारले जनाएका छन् ।
स्थानीय १३ वर्षीया जेनिसा श्रेष्ठ, १२ वर्षीया दीक्षा ताजपुरिया र १७ वर्षीया सोनिया रिकियासन बेपत्ता भएका हुन् । परिवारले खोजीका लागि प्रहरी र गाउँपालिकासँग अनुरोध गरेका छन् । परिव...































