आफैँ निम्त्याउँदै जोखिम
विराटनगर । मोटरसाइकल चालकले अनिवार्य हेलमेट लगाउनु पर्छ । यो आफ्नै सुरक्षाका लागि हो । तर विराटनगर-१८ आईसीपी क्षेत्रमा भने भारतीय र नेपाली दुवै नम्बर प्लेटका मोटरसाइकल चालकले हेलमेट लगाएको पाइँदैन ।
मोटरसाइकल चालक भन्सार एजेन्ट र कर्मचारी हुन् । उनीहरू फाइल चेकजाँच गराउन एक स्थानबाट अर्को स्थानमा जाँदा हेलमेट बिना नै मोटरसाइकल कुदाउँछन् । जुन दृष्य जिल्ला प्रहरी कार्यालय मोरङमा प्रमुख राजन लम्स...































