विराटनगरमा सिटी सफारीमा छुटेको नगद सम्बन्धित धनीले पाए
विराटनगर । भारतको जोगबनीबाट विराटनगर आउनेक्रममा सिटी सफारीमा छुटेको नगदसहितको सामान फेला पारेर प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ ।
प्रदेश १-००२ ह ३९३० नम्बरको सीटी सफारीमा विराटनगरतर्फ आउने क्रममा नगदसहितको झोला, मोबाइल र कागजपत्र हराएको भनेर विराटनगर महानगरपालिका-५ का ८० वर्षीय ईश्वरप्रसाद उपाध्यायले प्रहरीमा निवेदन दिएका थिए । सोही आधारमा प्रहरीले सीसी क्यामेरा फुटेज अध्ययन गर्दा सफारी पत्त...






























