सर्पले टोकेर ताप्लेजुङमा तीनजना घाइते
ताप्लेजुङ । सर्पले टोकेर ताप्लेजुङमा तीनजना घाइते भएका छन् । साउन ४ देखि ६ गतेको अवधिमा जिल्लाका बेग्लाबेग्लै स्थानमा तीनजनालाई सर्पले टोकेको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमल लुङगेलीका अनुसार पाथीभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङका ५२ वर्षीय भीमबहादुर राईलाई सर्पले डसेको थियो । जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई झापाको...





























