धनकुटाकी आयुषाले भेटेको ५ तोला सुन र पैसा दिइन् फिर्ता
धनकुटा । धनकुटा नगरपालिका–७ सब्जिलाइनकी आयुषा चौधरीले भेटाएको सुन, पैसा र मोवाइल सम्बन्धित धनीलाई फिर्ता दिएकी छन् । १६ बर्षीया चौधरीले ५ तोला बराबरका सुनका गहना, ६ हजार नगद र मोवाइल सेट फिर्ता दिएकी हुन् ।
सब्जिलाइन स्थित चौतारामा सोमबार बिहान करिब १० बजे उनले गहना, पैसा र मोवाइलसहितको हाते ‘व्याग’ भेटाएकी थिइन् । झोला फेला परेपछि प्रहरीको सहयोगमा खोजी गरेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको हो ।...






























