धरानमा डेंगुका कारण थप एक जनाको मृत्यु, मृतकको संख्या ९ पुग्यो
सुनसरी । डेंगु संक्रमणका कारण धरानमा थप एक जनाको मृत्यु भएको छ । डेंगु संक्रमित धरान १४ की ३५ वर्षीया महिलाको मृत्यु भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा उनको मृत्यु भएको हो । योसँगै धरानमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
धरानमा डेंगुले भयावह रूप लिएको छ । एउटै घरमा ९ जनासम्म संक्रमित छन् । हालसम्म करिब २५ हजा...































