अपाङ्गता भएकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । भदौ २४ गते सहिदभूमि गाउँपालिका वडा नं.१ स्थित धाप स्वास्थ्य चौकीमा शिविर सञ्चालन गर्न लागिएको हो ।
अपाङ्गता भएका व्यक्तिहरूलाई गाउँमै सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउँने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । उनका अनुसार अपाङ्गता ...































