धनकुटाको सुरुङ्गीमा घर जलेर नष्ट
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ स्थित सुरुङ्गीमा आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ । आज दिउँसो आगलागी हुँदा स्थानीय फुलमाया फागोको घर जलेर नष्ट भएको हो ।
दिउँसो करिब २ बजेबाट सुरु भएको आगो करिब एक घण्टापछि नियन्त्रणमा आएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
छेउमा पातपतिङ्गर जलाउने क्रममा घरमा आगो सल्किएको हो । आगोले घरभित्र भएका अधिकांश सामान जलेर नष्ट भएका छन...






























