धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोड बढीको क्षति
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-९ उत्तरपानीमा आगलागी हुँदा ११ करोड बढीको क्षति भएको छ । शनिबार राति अचानक भएको आगलागीबाट तीन घर जल्दा ११ करोड ६ लाख बराबरको क्षति भएको हो ।
स्थानीय अमर श्रेष्ठको घरबाट आगलागी सुरु भएको थियो । आगलागीबाट श्रेष्ठको दुई तले घर र किराना पसल पूर्णरूपमा नष्ट हुँदा अर्को निर्माणाधीन पक्की घरको झ्याल, ढोका र वालमा पनि क्षति पुगेको छ ।
यस्तै नगद पाँच लाख पनि जलेर नष...




























