साँगुरीगढीमा बैशाख १७ गतेदेखि डाँडाबजार गोल्डकप
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-५ स्थित डाँडाबजारमा आगामी बैशाख १७ गतेदेखि चौथो संस्करणको डाँडाबजार गोल्डकप हुने भएको छ । डाँडाबजार फुटबल क्लबको आयोजना तथा साँगुरीगढी गाउँपालिकाको सहयोग र जंगबहादुर थापा स्मृति कोष डाँडाबजार ब्रदरहुडको सह-प्रायोजनमा प्रतियोगिता हुन लागेको हो ।
आज आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता डाँडाबजारको खेल मैदानमा हुने जनाएको छ । ‘डाँडाबजारको सान : खेलकुद त...



























