विराटनगर विमानस्थलबाट २७ लाख रुपैयाँसहित दुई जना पक्राउ

विराटनगर विमानस्थलबाट २७ लाख रुपैयाँसहित दुई जना पक्राउ

विराटनगर । विराटनगर विमानस्थलबाट दुई जना पक्राउ परेका छन । काठमाडौं जान लागेका दुई जना यात्रु स्रोत नखुलेको करिब २७ लाख रुपैयाँसहित पक्राउ परेका हुन् । मोरङ प्रहरीका डीएसपी कोपिला चुडालका अनुसार नियमित जाँचका क्रममा शनिबार दिउँसो करिब ३ः३५ बजेतिर उनीहरूलाई पक्राउ गरिएको हो । श्री एयरलाइन्सको उडानमार्फत काठमाडौं जान लागेका भारतको माल्दा जिल्ला सुजागञ्ज घर भएका ३६ वर्षीय मोहिदिल अलीलाई नियन्त्रण...
विद्यार्थी परिषद् विराटनगरद्वारा मानव सेवा आश्रममा फलफूल वितरण

विद्यार्थी परिषद् विराटनगरद्वारा मानव सेवा आश्रममा फलफूल वितरण

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल विराटनगर महानगर एकाइले मानव सेवा आश्रममा फलफूल वितरण गरेको छ । स्थापना दिवसको अवसरमा परिषद्ले वन कार्यालय नजिक रहेको मानव सेवा आश्रममा आश्रित ६० जनालाई फलफूल वितरण गरेको हो । कार्यक्रममा कोशी प्रदेश संगठन सचिव तथा राष्ट्रिय सचिव मनिष बन्जाडे, राष्ट्रिय सचिव मुना बिष्ट, प्रदेश सचिव अभिषेक पोखरेल, नगर सचिव राजेन्द्र शाह लगायतको उपस्थिति रहेको थियो ।
कोशी प्रदेशमा लागूपदार्थ दुर्व्यसनीविरुद्ध सचेतना कार्यक्रम गर्न प्रशिक्षकलाई दिइयो तालिम

कोशी प्रदेशमा लागूपदार्थ दुर्व्यसनीविरुद्ध सचेतना कार्यक्रम गर्न प्रशिक्षकलाई दिइयो तालिम

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा लागूपदार्थ दुर्व्यसनीविरुद्ध सचेतना कार्यक्रम सञ्चालनका लागि विराटनगरमा प्रशिक्षकहरूलाई तालिम आयोजना गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा प्रदेश स्काउट कार्यालय विराटनगरले प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरेको हो । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले तालिम उद्‌घाटन गरेका छन् । तालिम उद्‌घाटन गर्द...
श्रमिक दिवसमा विराटनगर रन

श्रमिक दिवसमा विराटनगर रन

विराटनगर । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुक्रबार विराटनगर रन २.० म्याराथन प्रतियोगिता आयोजना गरिएको छ । लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजना तथा नोबेल क्यान्सर अस्पतालको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।  कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले म्याराथनको शुभारम्भ गरेका छन् । नोबेल अस्पतालबाट सुरु भएको म्याराथन सहिद रंगशालामा पुगेर समापन भएको लियो...
विराटनगर जुटमिलको जग्गामा बसोबास गर्नेलाई तत्काल हटाउन लागिएको हो ?

विराटनगर जुटमिलको जग्गामा बसोबास गर्नेलाई तत्काल हटाउन लागिएको हो ?

विराटनगर । विराटनगर जुटमिलको जग्गामा अनधिकृत रूपमा बसोबास गरिरहेका व्यक्ति तथा भाडा नतिरी व्यापार गरिरहेकालाई हटाउने विषयले हलचल पैदा गरेको छ । जुटमिल सञ्चालक समितिले जग्गा खाली गराउन प्रशासनलाई पत्राचार गरेपछि वर्षौँदेखि जुटमिलको जग्गामा बसिरहेका स्थानीय त्रसित भएका छन् । हप्तादिनभित्र हटाउने हल्लाबीच स्थानीयमा त्रास पैदा भएको हो । मोरङ प्रशासनले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका...
विराटनगरमा महिला नेतृत्व सम्मेलन हुने

विराटनगरमा महिला नेतृत्व सम्मेलन हुने

विराटनगर । विराटनगरमा यही वैशाख २१ गते महिला नेतृत्व सम्मेलन आयोजना गरिने भएको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकासँग सहकार्य गरेर नेपाल उद्योग परिसंघ केन्द्र र कोशी प्रदेश समितिले संयुक्त रुपमा सम्मेलन गर्न लागेका हुन् । आयोजकले विराटनगरमा पत्रकार सम्मेलन गरेर सम्मेलनको तयारी भइरहेको जानकारी दिएको छ । सीएनआई वमन लिडरसिप फोरम काठमाडौं र सीएनआई कोशी प्रदेशको म...
झापामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते

झापामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते

झापा । झापाको कचनकवल गाउँपालिका-३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक विद्यालयको प्र १-०१-००१ ख४४८२ नम्बरको बस दुर्घटना भएको हो । दुर्गाभिट्टाबाट आमबारीतर्फको भित्री सडकमा जाँदै गर्दा प्र १-०१-०१३ प ३४८२ नम्बरको मोटरसाइलकलाई ठक्कर दिँदा अनियन्त्रित भई बस पल्टिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी...
ग्रामथानको लोहन्द्रा खोला र आसपासको जग्गामा मापदण्डविपरीत उत्खनन

ग्रामथानको लोहन्द्रा खोला र आसपासको जग्गामा मापदण्डविपरीत उत्खनन

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-४ स्थित लोहन्द्रा खोलामा भइरहेको अवैध उत्खनन रोक्न स्थानीयले माग गरेका छन् । मापदण्ड विपरीत उत्खनन हुँदा बस्तीलाई खतरा हुने भन्दै उनीहरूले यस्तो कार्य तत्काल रोक्नुपर्ने बताएका हुन् । यस विषयमा सोमबार महालक्ष्मी समाज सेवा संस्था ग्रामथानले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (आईई) को खुले...
विराटनगरको ग्रिनल्याण्ड कलेजमा एक विद्यार्थी, एक सीप कार्यक्रम

विराटनगरको ग्रिनल्याण्ड कलेजमा एक विद्यार्थी, एक सीप कार्यक्रम

विराटनगर । विराटनगरको ग्रिनल्याण्ड कलेजले विद्यार्थीहरूलाई सीप विकास सम्बन्धी तालिम दिएको छ । कलेजले कक्षा १२ मा अध्ययनरत ३६० जना विद्यार्थीलाई विभिन्न १४ प्रकारका तालिम दिएको हो । वैशाख १२ देखि १६ गतेसम्म आयोजित तालिम समापन कार्यक्रममा विद्यार्थीहरूले सिकेको सीपको प्रदर्शनी गरेका छन् । कलेजले अघि सारेको एक विद्यार्थी एक सीप कार्यक्रम अन्तरगत पहिलो पटक तालिमको आयोजना गरिएको प्रिन्सिपल दिनेश दाह...
सुनसरीमा हावाहुरीले रूख ढाल्दा किचिएर दुई जना घाइते

सुनसरीमा हावाहुरीले रूख ढाल्दा किचिएर दुई जना घाइते

सुनसरी । सुनसरीमा हावाहुरीले रूख ढाल्दा किचिएर दुई जना घाइते भएका छन् । घाइते हुनेमा भोक्राहा नरसिंह गाउँपालिका-५ का ५५ वर्षीय गुमसागर मण्डल र बराहक्षेत्र नगरपालिका-१ की ५० वर्षीया फुलमाया मगर छन् । प्रहरीका अनुसार आज साँझ आएको हावाहुरीले घर नजिकको रूख ढाल्दा उनीहरु किचिएर घाइते भएका हुन् । उनीहरूको अवस्था सामान्य छ । हावाहुरीका कारण इनरुवाको जल्पापुर र भोक्राहा क्षेत्रको चिरौली चोकमा विद्युतक...
समाचार संकलनमा पुगेका पत्रकारलाई ज्यान मार्ने धम्की, महासंघ मोरङद्वारा भर्त्सना

समाचार संकलनमा पुगेका पत्रकारलाई ज्यान मार्ने धम्की, महासंघ मोरङद्वारा भर्त्सना

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-४ स्थित लोहन्द्रा खोलामा भइरहेको उत्खननको समाचार संकलन गर्न पुगेका पत्रकारहरूमाथि ज्यान मार्ने धम्की र दुर्व्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ मोरङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले वैशाख १५ गते समाचार संकलनका लागि पुगेका पत्रकारहरूमाथि ज्यान मार्ने सम्मको धम्की दिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको ...
ग्रामथानका अध्यक्षसहितले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

ग्रामथानका अध्यक्षसहितले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

विराटनगर । जथाभावी उत्खनन गरी नदीजन्य सामग्री चोरी निकासी भइरहेको विषयमा समाचार संकलन गर्न ग्रामथान पुगेका मोरङका पत्रकारहरूलाई उत्खननकर्ताहरूले ज्यान मार्नेसम्मको धम्की दिएको घटनाविरुद्ध प्रशासनलाई ज्ञापनपत्र बुझाइएको छ । नेपाल पत्रकार महासंघका कोशी प्रदेश र मोरङ शाखाका प्रतिनिधिसहितको टोलीले आज जिल्ला प्रशासन कार्यालय, मोरङमा ज्ञापनपत्र बुझाउँदै पत्रकारहरूको सुरक्षाका विषयमा गम्भीरतापूर्वक ध्...
मोरङको बेलबारीबाट १७ वर्षबढी कैद सजाय तोकिएका दाजुभाइ पक्राउ

मोरङको बेलबारीबाट १७ वर्षबढी कैद सजाय तोकिएका दाजुभाइ पक्राउ

विराटनगर । मोरङको बेलबारीबाट दाजुभाइ पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएको लामो समयसम्म फरार रहेका दाजुभाइ मंगलबार साँझ पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बेलबारी नगरपालिका-५ का ५७ वर्षीय धनपाल भगत थारू र उनका दाजु भूपाल भगत थारू छन् । उनीहरूलाई जनही १७ वर्षभन्दा बढी कैद सजाय तोकिएको छ । मोरङ प्रहरीका निमित्त सूचना अधिकारी, इन्स्पेक्टर लेखनाथ दाहालका अनुसार दुवै जना जबरजस्ती ...
विराटनगर जुट मिल्सको जग्गामा अनधिकृत रूपमा बसोबास गर्नेलाई हटाइँदै

विराटनगर जुट मिल्सको जग्गामा अनधिकृत रूपमा बसोबास गर्नेलाई हटाइँदै

विराटनगर । विराटनगरस्थित जुट मिल्सको जग्गामा अनधिकृत रूपमा बसोबास गर्दै आएका व्यक्ति तथा भाडा नतिरी व्यापार गरिरहेका व्यापारीहरूलाई हटाइने भएको छ । आगामी एक साताभित्र त्यस्ता व्यक्ति तथा व्यापारीलाई हटाउने योजना बनाइएको हो । हटताली हाट, दक्षिण गेट र हरिनगरा भट्टा आसपासका क्षेत्रमा अवैध रूपमा बसोबास गर्दै आएका करिब ६ सय परिवार र सडक किनारमा भाडा नतिरी सञ्चालन भइरहेका झन्डै ३० वटा पसललाई खाली गरा...
धनकुटाको विश्रान्तिधाम गुरुकुललाई २ लाखको पुरस्कार प्रदान

धनकुटाको विश्रान्तिधाम गुरुकुललाई २ लाखको पुरस्कार प्रदान

विराटनगर । शिक्षा, भाषा र सनातन संस्कृतिको संरक्षणमा सक्रिय संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिँदै आएको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति पुरस्कार–२०८३’ यस वर्ष धनकुटास्थित विश्रान्ति संस्कृत गुरुकुललाई प्रदान गरिएको छ । सुनसरीको इटहरीमा रहेको सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल प्रतिष्ठानले धनकुटाको विश्रान्तिधाम मूलघाटमा आयोजित विशेष समारोहबीच गुरुकुललाई नगद २ ...
सुनसरीमा अनलाइन जुवा खेल्ने र खेलाउनेसहित १० जना पक्राउ

सुनसरीमा अनलाइन जुवा खेल्ने र खेलाउनेसहित १० जना पक्राउ

सुनसरी । सुनसरीको धरान-१३ बाट अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न १० जना पक्राउ परेका छन् । गएराति विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार धरान-१३ स्थित एक क्याफेबाट उनीहरू अनलाइन जुवा खेलिरहेका थिए । पक्राउ पर्नेमा धरान-१३ का ४६ वर्षीय हेमन राई, २७ वर्षीय योगेश लिम्बु, २९ वर्षीय मिलन लिम्बु, ३१ वर्षीय शुसान्त घिमिरे र ४२ वर्षीय कुमार तामाङ ...
धनकुटा प्रशासनले भन्यो: गाँजा खेती नगर्नु, गरेको भटिए कारवाही गरिन्छ

धनकुटा प्रशासनले भन्यो: गाँजा खेती नगर्नु, गरेको भटिए कारवाही गरिन्छ

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले गाँजा खेती नगर्न जिल्लावासीलाई सचेत गराएको छ । प्रशासन कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै गाँजा खेती गर्ने, ओसारपसार गर्ने तथा बेचविखन गर्नेलाई कारवाही हुने भन्दै सचेत गराएको हो । लागूऔषध नियन्त्रण ऐन २०३३ ले गाँजा खेती, ओसारपसार तथा बेचबिखनलाई पूर्ण रुपमा प्रतिवन्ध लगाएको छ । तरपनि धनकुटाको सहिदभूमिसहित विभिन्न क्षेत्रमा ठूलो मात्रामा गाँजा खेत...
सुनसरीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी । सुनसरीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत इटहरी-५ कलंकीमा निर्माणाधीन ‘डाइभर्सन’मा को २२ प ४५८९ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ का ३५ वर्षीय राजवीरेन उराउको मृत्यु भएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यव...
जेनजी आन्दोलनमा ध्वस्त विराटनगरका ट्राफिक लाइट पुनः सञ्चालनमा

जेनजी आन्दोलनमा ध्वस्त विराटनगरका ट्राफिक लाइट पुनः सञ्चालनमा

विराटनगर । जेनजी आन्दोलनमा तोडफोड गरेर ध्वस्त पारिएका विराटनगरका ट्राफिक लाइट मर्मतपछि पुनः सञ्चालनमा आएका छन् । गत भदौ २४ गते भएको आन्दोलनमा ध्वस्त पारिएका ट्राफिक लाइट मर्मतपछि सोमबारबाट सञ्चालनमा ल्याइएको हो ।  महानगर क्षेत्रभित्र जडान गरिएका ६ मध्ये ५ स्थानमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ । अब कञ्चनबारीमा जडान गरिएको ट्राफिक लाइट सञ्चालन हुन बाँकी छ ।  आन्दोलनका क्रममा...
गुफापतालमा पर्यटकलाई स्वागत गर्दै ढकमक्क एजेलिया (फोटो फिचर)

गुफापतालमा पर्यटकलाई स्वागत गर्दै ढकमक्क एजेलिया (फोटो फिचर)

इलाम । इलामको सूर्योदय नगरपालिका-४ मा पर्ने गुफापताल ढकमक्क एजेलिया फूलले सजिएको छ । नेपाल-भारत सीमा नजिकैको यस स्थानमा एजेलिया फूलको सौन्दर्य हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको छ । बैशाख पहिलो साताबाट एजेलिया फुल्न सुरु गरेको हो । यो फूल बैशाख महिनामा मात्रै फुल्ने गर्दछ । यो फूल ‘रोडोडेन्ड्रोन’ प्रजाति अन्तर्गत पर्दछ । नेपालीमा यसलाई गुराँस प्रजातिको रूपमा चिनिन्छ । यो स्थानम...
पर्यटन प्रवर्द्धनका लागि चोत्लुङ पार्कमा साहित्यिक गोष्ठी

पर्यटन प्रवर्द्धनका लागि चोत्लुङ पार्कमा साहित्यिक गोष्ठी

धनकुटा । तेह्रथुमको लालीगुराँस नगरपालिका-३ वसन्तपुरमा अवस्थित चोत्लुङ पार्कमा दुई दर्जन बढी स्रष्टा गुञ्जिएका छन् । लालिगुराँस नगरपालिकाले आयोजना गरेको लालीगुँरास महोत्सवको साहित्यिक गोष्ठीमा आ-आफ्ना सिर्जना प्रस्तुत गरेका हुन् । कार्यक्रममा वरिष्ठ साहित्यकार तथा लेखक उपेन्द्र सुब्बालगायत २७ जना स्रष्टाहरूले रचना वाचन गरेका थिए । कार्यक्रममा कवि चन्द्र गुरुङ, राज माङ्लाक, प्रदिप मेन्याङ्वो, हेम...
तेह्रथुमको बसन्तपुरमा लालीगुराँस महोत्सव

तेह्रथुमको बसन्तपुरमा लालीगुराँस महोत्सव

धनकुटा । तेह्रथुमको लालीगुराँस नगरपालिकाको बसन्तपुरमा रहेको चोत्लुङ पार्कमा लालीगुराँस महोत्सव आयोजना गरिएको छ । गुराँसको राजधानी भनेर चिनिने तिनजुरे-मिल्के-जलजले अर्थात ‘टिएमजे’ क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न वैशाख १० देखि १४ गतेसम्म महोत्सव आयोजना गरिएको हो । टीएमजे क्षेत्रको प्राकृतिक, संस्कृतिक र स्थानीय पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले महोत्सव आयोजना गरेको लाल...
धनकुटामा अब हुलाकमार्फत घरमै राहदानी पुर्‍याइने

धनकुटामा अब हुलाकमार्फत घरमै राहदानी पुर्‍याइने

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले अब घरमै राहदानी पठाइदिने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय आएर लिनुपर्ने राहदानी अब हुलाकमार्फत घरमै पठाइने भएको हो । यसका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच शुक्रबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । सरकारले सेवाग्राहीको सहजतालाई ध्यान दिदै घरमै राहदानी पुर्याउने योजना बनाएपछि धनकुटामा पनि यसलाई कार्यान्वयन गर्न लागिएको हो । सरक...
राजारानीमा वैशाख १८ गतेदेखि १३ औं रारा गोल्डकप हुने

राजारानीमा वैशाख १८ गतेदेखि १३ औं रारा गोल्डकप हुने

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा यही बैशाख १८ गतेदेखि १३ औं संस्करणको रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक रारा फुटबल क्लबले बिहीबार राजारानीमा पत्रकार सम्मेलन गरेर वैशाख १८ देखि २२ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएको हो । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिमबीच प्रतिष्पर्धा हुने आयोजक रारा फुटबल क्लबका सचिव जीवन कटु...
चौतर्फी आलोचनापछि गृहमन्त्रीले दिए राजीनामा

चौतर्फी आलोचनापछि गृहमन्त्रीले दिए राजीनामा

विराटनगर । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानमा तानिएका व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको विवरण सार्वजनिक भएर चौतर्फी आलोचना बढेपछि गृहमन्त्री गुरुङले राजीनामा दिएका हुन् । छानविनका लागि सहज बनाउन आफूले नैतिकताका आधारमा राजीनामा दिएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उल्लेख गरेका छन् । ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस्...
विराटनगरमा फुटपाथ अतिक्रमण गर्नेमाथि कडाइ गरिने

विराटनगरमा फुटपाथ अतिक्रमण गर्नेमाथि कडाइ गरिने

विराटनगर । विराटनगर बजार क्षेत्रको अव्यवस्थित फुटपाथ अतिक्रमण रोक्न विशेष अभियान चलाइने भएको छ । विराटनगर महानगरका मेयर नागेश कोइरालासहित सरोकारवालाको बैठकले वैशाख ११ गतेदेखि मुख्य बजार तथा आसपास क्षेत्रमा कडाइका साथ फुटपाथ व्यवस्थापन गर्ने निर्णय गरेको हो । बैठकले प्रारम्भिक चरणमा दुई दिन माइकिङमार्फत व्यवसायी, सर्वसाधारणलाई सचेत गराउने र त्यसपछि पूर्ण रूपमा कार्यान्वयनमा जाने निर्णय गरेको छ ।...
विराटनगरबाट चार महिनाअघि हराएको मोटरसाइकल धनकुटामा भेटियो

विराटनगरबाट चार महिनाअघि हराएको मोटरसाइकल धनकुटामा भेटियो

धनकुटा । धनकुटामा वेवारिसे अवस्थामा भेटिएको मोटरसाइकल प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ । धनकुटा नगरपालिका-९ मार्गामा फेला परेको बजाज कम्पनीको २२० सीसीको पल्सर मोटरसाइकल विराटनगर-३ हलेसी टोलका मोटरसाइकल धनी विवेक रेग्मीलाई बुझाइएको हो । सो मोटरसाइकल गत मंसिर २१ गते राती विराटनगरको सहिद रंगशाला गेट अगाडि पार्किङ गरेको ठाउँबाट हराएको थियो । हराएको चार महिनापछि मोटरसाइकल फेला परेको हो । ...
विराट गाेल्डकप : घरेलु टाेलीलाई स्तब्ध पार्दै झापाले जित्याे उपाधि

विराट गाेल्डकप : घरेलु टाेलीलाई स्तब्ध पार्दै झापाले जित्याे उपाधि

विराटनगर । विराट गाेल्डकपकाे उपाधि झापा-११ ले जितेकाे छ । घरेलु टाेली सम्राट स्पाेर्टिङ क्लबलाई २-१ गाेल अन्तरले पराजित गर्दै झापा-११ ले उपाधि जितेकाे हाे । यसअघि पनि झापाले विराट गाेल्डकपकाे उपाधि जितेकाे थियाे । घरेलु टाेली सम्राट भने पहिलाे पटक विराट गाेल्डकपमा सहभागिता जनाउँदै फाइनलमा पुगेकाे थियाे ।
पूर्वाञ्चल गट ट्यालेन्ट : गायनतर्फ सुज्ञान, नृत्यमा सुम्निमा, शिशिर र सेमिना विजयी

पूर्वाञ्चल गट ट्यालेन्ट : गायनतर्फ सुज्ञान, नृत्यमा सुम्निमा, शिशिर र सेमिना विजयी

धनकुटा । ‘पूर्वाञ्चल गट ट्यालेन्ट सिजन-७’ को फाइनलमा गायनतर्फ झापाका सुज्ञान खनाल, नृत्य जुनियरतर्फ झापाकी सुम्निमा राई र नृत्य सिनियरतर्फ पाँचथरका शिशिर नेम्वाङ र सेमिना लिम्बू विजयी भएका छन् । धनकुटाको तल्लो टुँडिखेलमा शनिबार राति सम्पन्न प्रतियोगितामा उनीहरू विजेता भएका हुन् । प्रतियोगितामा गायनतर्फ पाँचथरका पवन राई द्वितीय र झापाकी दिव्या लाम्गादे तृतीय भएका छन् । नृत्य जुनियरतर्फ झापाकी स...
विराटनगरको अरनिको कलेजका उत्कृष्ट विद्यार्थीलाई सम्मान

विराटनगरको अरनिको कलेजका उत्कृष्ट विद्यार्थीलाई सम्मान

विराटनगर । विराटनगरस्थित अरनिको कलेजले कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई बिदाइ गरेको छ । वैशाख १४ गतेदेखि सुरु हुने राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा सहभागी हुने विज्ञान संकायका करिब १ हजार २ सय विद्यार्थीलाई कलेजले बिदाइ गरेको हो । प्रिन्सिपल राजेश कार्कीले अरनिको कलेज विज्ञान शिक्षामा मुलुककै अब्बल संस्थाका रूपमा स्थापित भएको उल्लेख गर्दै विद्यार्थीको उज्ज्वल भविष्य...
विराट गोल्डकपको फाइनलअघि सम्राटका दुई खेलाडी भगाएको आरोप

विराट गोल्डकपको फाइनलअघि सम्राटका दुई खेलाडी भगाएको आरोप

विराटनगर । विराट गोल्डकपमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबविरुद्ध नेपाल फुटबल संघ (एन्फा) का एक सदस्यले षड्यन्त्र गरेको आरोप लागेको छ । उपाधिका लागि पूर्व विजेता झापा-११ र सम्राट स्पोर्टिङ क्लबबीच शनिबार हुने तय भएको फाइनल खेल वर्षाका कारण स्थगित भएपछि आजका लागि सारिएको थियो । तर आज हुने फाइनल खेलअघि नै सम्राट स्पोर्टिङका दुई जना खेलाडी ‘भगाइएको’ आरोप क्लबले लगाएको हो । भगाइएका खेलाडीको नाम भ...
error: Content is protected !!